Tuesday 14 October 2014

Jana Kavi Keshari Dharma Raj Thapa

जनकवि केशरी धर्मराज थापाका पाँच कुरा विर्सिनसक्नुका छन्,
१ उनले गीत गाउँदै भारतको डुवर्स, भाक्सु, देहरादूनमा नेपाली गीतलाई फैलाए, उनी नै नेपाली गीत फैलाउने एक महान् अभियन्ता थिए ।
२ लोककवि अलि मियाँ र उनले मिलेर पश्चिमका धेरै लोकगीतलाई गज्जबको उँचाई दिए तर दुईमा पछि किन के कारणले शीतयुद्ध चल्यो ।
३ पोखराका बाटुले चौरका गाइने सम्प्रदायका कलाकारलाई काठमाण्डूमा ल्याएर प्रस्तुत गर्ने श्रेय केवल उनलाई मात्र जान्छ ।
४ मुनामदन गीतिनाटकका गीत पनि गाउन सकिन्छ भनेर रेकर्ड गर्ने उनी पहिलो गायक थिए ।
५ रेडियो नेपालमा धर्मराज थापाको प्रवेश पछि नै लोकलयका आधुनिक गीतले प्रवेश पाएका हुन् ।
(उनकी छोरी गायिका ज्ञानु राणा पनि गायिका नै हुन् ।
(उनको सबभन्दा मनपर्ने गायिका कोलकत्ताकी उर्मिलादेवी श्रेष्ठ वीच प्रणयप्रसँग पनि चलेको उनी बताउँथे ।

4 comments:

  1. Awesome information prakash dai...!

    ReplyDelete
  2. गुरु उनै थिए जसले बाटुलेचौरका झलकमान गन्दर्भ , खिमबहादुर गन्दर्भ , धनबहादुर गन्दर्भहरुलाई रेडियो नेपाल पुर्याए र गीत रेकर्ड गर्न प्रेरित गरे अनि झलकमानलाई रेडियो नेपालमा जागिरे बन्नका लागि प्रोत्साहन दिईरहे |

    ReplyDelete