Friday 31 October 2014

Ghazal by Prakash Sayami

फूल भए पनि राम्रो काँडा भए पनि राम्रोे
विना शर्त माया गरेँ टाढा भए पनि राम्रो

तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले
नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

म विनाको एउटा संसार देख्यौ आज तिमीले
सँधै समथर कहाँ हुन्छ डाँडा भए पनि राम्रो

सिरानीमा थियौ सँधै तिमी विहानीमा गयौ
हिजो पनि अधुरो थेँ, आज आधा भए पनि राम्रो

Thursday 30 October 2014

जगदीश घिमिरे by Prakash Sayami

प्रकाश सायमी -
 जगदीश घिमिरे पोहोर आजको दिनसम्म हामीसित हुनुहुन्थ्यो, हारगुहार र पुकारका बीच । भगवान, डाक्टर, परिवार, साहित्यिक समाज, पाठक सबै सक्रिय थिए उहाँलाई बचाउन ।
माइलोमा मल्टिपल क्यान्सर उहाँका कारणले नेपालमा चर्चित रोग बन्यो । भारतमा बलिहुड अभिनेत्री लिजा रेले यो रोगलाई चर्चामा ल्याइन् । ओम हस्पिटलमा उहाँले अत्यन्त मुश्किलका साथ देह त्याग गर्नुभयो । परिवारका लगभग सबै त्यहाँ थिए, भाउज्यू दुर्गा घिमिरे, छोरा हिमाल, छोरी, बुहारी, स्वजन सबै ।
वितेको एकवर्षमा उहाँलाई उहाँको परिवारले बाहेक अरु कति साहित्यिकले, सुधीजनले सम्झे वा सम्झना गरे म भन्न सक्दिनँ तर एक पखवार (दुई हप्तापूर्व ) अन्नपूर्ण पोस्ट्मा कवि, निबन्धकार गीता त्रिपाठीले उहाँको बारेमा ‘नजाने उसपार क्या होगा..’ लेखेको लेखोट पढेपछि मलाई उहाँसितका प्रत्येक भेट स्मरणमा आए, आईरहे ।
अन्तरमनको यात्रा को लेखन, प्रकाशन र विमोचनदेखि धेरै चर्चा । काठमाडौंको बजारमा पुस्तक बिक्रीको रेकर्डमा उच्चता कायम गर्ने एक सच्चा किताब । अनि त्यसका लेखक । कार्यक्रममा बोलाउँदा मुस्किलले आउने र आए पछि आफ्नो ठूलो भारीभरकम उपस्थितिको मूल्य चुक्ता गर्न सक्ने लेखक ।
किताब लेख्न र पढ्न मनपराउने । किताब पढाउन मनपर्ने लेखक ।
फटाहा र जालीसित पर बस्न मनपराउने मान्छे जगदीश काठमाडौं उपत्यकाको किनारमा रहेको च्वबहा–(आजको चोभार)को भाजँगाः मा बस्नुहुन्थ्यो ।
किताब र औषधीको थाककाबीच उहाँसित सामान्य असामान्य कैयन् भेट भए ।
उहाँको घरमा विश्वपुस्तक दिवस पनि मनाइयो एकपटक । हामीले नेपाल–भारत पुस्तकालयमा दुई पटक उहाँसित विश्व पुस्तक दिवस पनि मनायौँ । उहाँ र मैले संयुक्त रुपमा आनी छोइङ डोल्माको फूलको आँखामा किताबको विमोचनमा अतिथिका रुपमा भाग लियौँ तर उहाँको एउटा होइन हजार विशेषता थियो जुन प्रायः नेपाली लेखकमा पाउन गाह्रो छ, पढेको कुरा शेयर गर्ने, किताब मागेर पढ्ने तुरुन्तै फर्काउने, कलमको शौकिन, कार्यक्रममा जाने तर धेरै बेर बोल्ने वा बस्ने आदत नभएको, आफूले पढेर मनपरेको लेखकलाई फोन गरेर बधाई वा शुभकामना भन्ने । जुन अहिले भएका लेखकमा चेतन कार्की, तेजेश्वर बाबु ग्वँगः र भैरवबहादुर थापामा मात्र त्यो बानी सीमित छ अरुमा खुम्चिँदै गएको छ ।
उहाँको अन्तरमनको यात्रा र लिलाम मैले कैँयौ पटक पढेको छु, अन्तरमन किनेर बाँडीदिएको पनि छु ।
अन्तरमनको यात्रा को विमोचन उहाँले थिएटरको हलमा गर्नुभएको थियो भने सकस उहाँले थिएटर बाहिर डबलीमा गर्नुभएको थियो, प्रज्ञाभवनमा । सकसको विमोचनमा भव्य उपस्थिति थियो त्यस्तो बहुविविधा व्यक्तिको उपस्थिति नेपालमा कमै देख्न पाइन्छ । त्यो भीड देखेर म चकित चकित भएँ । कोही थिएन र त्यहाँ राजनीतिज्ञ, कुटनीतिज्ञ, समाजसेवी, कानूनविद्, गायक संगीतकार, अभिनेता, प्रकाशक, होटल व्यवसायी, मानवअधिकारीकर्मी, पर्यटन व्यवसायी, संचारकर्मी सबै सबै थिए ।
त्यही दिन विमोचित किताब सहुलियत दरमा बिक्री भएको थियो, किताब किनेर म कार्यक्रम नटुँगिदै हिँडिहालेँ । बेलुका उहाँलाई फोन गरेर सोधेँ, ‘दाइ किताब त निकै गयो होला । मान्छे त हजारको हाराहारिमा थिए ।‘
जगदीशदाइले भन्नु भयो ‘किताब ३०० ओटा जति गए ।‘
आश्चर्य !
काठमाडौंजस्तो सुविधासम्पन्न शहरमा बस्ने, गाडी चढेर, पर्फ्यूम शरीरभरि दलेर आउने मान्छेले खल्तिमा २७३ रुपैयाँ पनि बोकेर आउँदा रहेनछन् । वा किताब किनेर पढ्नु पर्छ भन्ने मान्यताबाट हाम्रा बुद्धिजीवि प्रभावित नै छैनन् भन्ने बुझियो यो देशमा ।
काठमाडौंमा नबिक्ने पुस्तक के जुम्लामा गएर विमोचन गरेर बिक्ला त ?
प्रश्नका लागि प्रश्न धेरै थिए मेरा निम्ति । अन्तरमनको यात्रा पढेपछि मात्र म उहाँसित निकट भएको हो । नेपालमा वेस्ट सेलिँगको दर्जा पाएका धेरै किताब मध्ये एक उत्कृष्ट हो त्यो किताब ।
पाँच सात वा आठपटक त्यो किताब किनेको छु । वीस वा तीस पटक पाना खरर खरर पढेको छु । अझै पनि कुन पानामा के लेखिएको छ, नपल्टाइकन भन्न सक्छु । तर त्यस्ता किताब लेखकको विमोचनमा त यो हालत छ भने अरु लेखकले धाकधक्कू नलगाए भो भन्ने लाग्यो ।
गालिब, गजल, सिनेमा, नेपालको राजदरबार, इतिहास, जातजातिको भाषा र हिन्दुस्तानको रहन सहन केहि केहि पनि विषयमा कुरा गर्न सकिने जगदीश घिमिरेसित किताबको कुरा गर्न झन् गाह्रो छ, उहाँले नपढेको किताब कुनै थिएन । सबै पढेर कलमले ठाउँठाउँमा चिन्ह लगाएका वा पढेर बुक मार्कले ढाकेका । मैले एकपटक उहाँले नामै नसुनेका एक लेखकको किताब पढ्न दिएँ, पढ्नु भएको रहेनछ । काठमाडौंमा पाइन्छ ? सोध्नु भो । मैले भने ‘दशओटा मगाएर मैले धेरैलाई बाँडिदिएँ । अब सम्भव छैन दाजु । दाजुसित चिनजान थिएन र दिने आँट गरिनँ ।’
त्यसपछि उहाँले त्यो किताब पढेर भन्नुभयो ‘यो त मेरै शैलीमा लेखिएको किताब रहेछ । रोग मात्र फरक ।’
किताबको नाउँ थियो, डार्कनेस भिजीबल ।
लेखक विलियम स्टाइरन ।
प्रकाशक पिकाडोर ।
८४ पृष्ठको किताब उहाँले ३ हप्तामा पढ्नु भयो । किताब फर्काएर घर ल्याएको दिन उहाँले फोन गरेर भन्नुभयो ‘म त्यो किताब राख्न चाहन्थेँ ।’ म किताब दिन त्यति गाह्रो मान्ने मान्छे थिइँन तर त्यो किताब दिन सकिनँ । किनकि त्यो किताब पाउन अब सम्भव थिएन । पाउन त अमाजोन, डाउनलोड अन्य उपाय होलान् तर मेरो यो किताबसित आत्मीयता अर्कै अर्थमा थियो । फेरि पछि पनि उहाँले यो किताब पढ्न मन गर्नुभयो, फेरि यो किताब लिएर म गएँ । त्यो दिन उहाँको लिलाम प्रेसबाट आएको रहेछ, पहिलो कपि मोँ ब्लाँ ले साइन गरेर मलाई भाउज्यू दुर्गा घिमिरेलाई साक्षी राखेर दिनुभयो ।
भाउज्यूले नै तख्ताबाट चौबीसहजार पर्ने मोँ ब्लाँ कलम झिकेर ल्याइदिनु भएको थियो, एकवर्ष भएछ । लिलाम पढेँ । उहाँको लिलाम पढेपछि थाहा पाएँ, उहाँको पुस्तकका पंक्तिबाट केहि हरफ चोरेर वा बिना अनुमति नेपालका दुई जना कविले राम्रा कविता लेखेका रहेछन् । ती दुवै कवि नेपालको सरकारी पदमा ठूलो ओहोदामा पुगे, देश विदेश घुमे, नाम, दाम कमाए तर त्यो कविता जगदीश घिमिरको भनेर उनले भनेनन् , मैले एकदिन जगदीश दाइले सोधेँ ‘तपाइँको कविता चोरेछन् नि दाइ ?’
हाँस्दै जगदीश दाइले भन्नुभयो ‘ती दुवै मेरा फ्यान हुन् : प्रकाशजी ।’
रोगमा जिउन सकिन्छ भनेर हामीलाई वास्केटबल प्लेयर म्याजिक जोन्सन्, वसिम अक्रम, अमिताभ बच्चनले सिकाए तर रोगमाथि पनि जीवन जत्तिकै किताब लेख्न सिकाए जगदीश दाइले ।

Wednesday 29 October 2014

Ghazal by Prakash Sayami

भाउ केही छैन जिन्दगीको अभाव धेरै छ
आफूलाई बन्धकी राख्नु पर्ने दवाब धेरै छ
पहिले त दुःखमा पनि हाँसिन्थ्यो मज्जाले
अचेल सुखसयलमा पनि बदलाव धेरै छ

भाले बासेको संकेत विहानी पो हो कि

पर्खिन्छु बरु सुनामीको हावभाव धेरै छ

जिन्दगी बाँच्ने कला हो अरुबाटै सिकेँ

हारमा पनि मस्त रहने स्वभाव मेरै छ

Tuesday 28 October 2014

Pardeshma Poem by Prakash Sayami

परदेशमा

प्रकाश सायमी, (ललितपुर )


परदेशमा
धेरैवेरदेखि संघारमा कसैको आहटले
कसैको पदचापले
ढोका ढक्ढकाइरहेजस्तो
धेरैदिन देखि
आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो
कोही आउने सन्देश लिएर विहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो
हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो
वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ
यो परदेशमा ।

दैलो खोली हेर्दा संघारमा कोही रहेनछ
बलेसीमा
चैतको चञ्चल हावाले पो जिस्केको रहेछ
को आउँछ र, यहाँ ?
को आउनु थियो र ?
कसले पो मेरो नाउँमा चिठी ल्याउँछ यो परदेशमा
छिमेकीको छानामा सुकाएको पलँगको तन्नामा
मंसिरको बैँशालु घाम लडिबुडी खेल्दैछ
मेरो सिरानीमा माघको कठ्याँग्रिदो रात
लमतन्न छ

हे धरा ! मलाई एकमुठी घाम
पठाइदिनु यो परदेशमा ।
सात साल आयो
सत्र साल गयो
छत्तीस नाध्यो
छयालीससले छायो
कसैलाई नपर्खिनु भन्थ्यो समयले यो परदेशमा ।
नसम्झिनु भन्थ्यो आफ्नो घरलाई पनि ।
असारको झरीले
बगाएछ त्यो घरलाई । त्यो बालापन र त्यो बैंशलाई ।
सबैलाई साँचेर राखेको छु
यो बैंशको क्यालेण्डरमा ।

आफैलाई राखको छु यो परदेशमा
आफैलाई झुकाएर राखेको छु यो परदेशमा ।

Sunday 26 October 2014

Dibya Khaling by Prakash Sayami

गुमनाम दिव्य संगीत

  • प्रकाश सायमी
 
गत हप्ता गायक अरुण थापालाई धेरैले सम्भि्कए। अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उननलाई सांगीतिक समाजले सम्भि्कयो न कुनै प्रज्ञा प्रतिष्ठानले। जातजातिका पार्टी वा कुनै जातीय र धार्मिक संगठनबाट पनि उनलाई सम्भि्कइएन।
नेपालको रंगमञ्चमा क्रान्ति ल्याउने तीन नाटकमध्ये दुई दार्जिलिङबाट आएका थिए– अनि देवराली रुन्छ र रातको प्रथम प्रहर।
यी नाटकका निर्देशक क्रमशः मनबहादुर मुखिया र प्रताप सुब्बा हुन्। रातको प्रथम प्रहर कथा, अभिनय र निर्देशनभन्दा यसको संगीत परिकल्पनाका कारण सफल भयो। संगीत र मञ्च परिकल्पनाले नेपाली नाट्यजगतमा यसले ठूलो प्रभाव पार्योश, जसको श्रेय संगीतकार दिव्य खालिङलाई जान्छ।
गायक अरुण थापाका प्रारम्भिक गुरु अनि उनका कालजयी गीतका रचनाकार–संगीतकार खालिङ नेपाली समाजका प्रिय कलाकार हुन्। जसले नारायण गोपाल–गोपाल योञ्जनपछि दार्जिलिङ र नेपालको संगीत र नाट्यकर्मलाई जोड्ने काम गरे।
यति धेरै साहित्यिक, सांगीतिक, नाट्य संस्था भएका मुलुकमा उनको सत्कार्यको सम्झना नगरिनु अति दुःखद् कुरा हो।
नारायण गोपाल, अम्बर गुरुङ र गोपाल योञ्जन। यी तीन नामसित खालिङको नाउँ अनुस्यूत भएर आउँछ, उनले गुरु अम्बरसित संगीत सिके, गोपालको संगीतका उनी भक्त भए। नारायण गोपालले उनलाई भव्य परिचय दिलाए, गीतकार एवं संगीतकारका रूपमा।
‘नारायण गोपाललाई गीत गाउन लगाउने मेरो सपना हो' भनेर आफ्ना नयाँ–पुराना सबै गीत बोकेर खालिङ दार्जीलिङबाट सन् १९७९ मा नेपाल आए। उनको एउटै गीत ‘मायाको आधारमा सम्झौता नै हुन्छ...'ले सारा नेपालीको सपना पूरा गरिदियो।
यही गीतले नारायण गोपाल र खालिङबीच सोम–सोमको नाता जोडियो। यसपछि नै नारायण गोपाल स्वर सम्राटका रूपमा चिनिन थाले।
नारायण गोपालको सेकेन्ड इनिङ सुरुवात हुँदै गर्दा खालिङ आइपुगे। नारायण साथीभाइबाट टाढा हुँदै थिए भने हाकिमका रूपमा नाचघरका कर्मचारी रुष्ट थिए। बजारमा नयाँनयाँ गायक आएर नारायणलाई आँसु र रक्सीका गायकको संज्ञा दिन थालिसकेका थिए। अम्बर गुरुङसितको अनबनले कुनै नयाँ काम हुन सकेको थिएन। रेडियो नेपालमा लगभग नारायण बहिष्कृत थिए, र विशेषतः उनका मीतज्यु गोपाल योञ्जनसितको सम्बन्ध घाटमा आइसकेको थियो। नारायणका अजर–अमर गीत सुनेर फ्यानका रूपमा खालिङ आफ्ना गीत बोकेर नारायणको जीवनमा आए।
बाइबलमा भनेजस्तै ‘लेट देअर बी लाइट एन्ड देअर वज् लाइट।'
दुवैले कम समयमा धेरै दुरीलाई कम गरे। नारायण भर्खर नयाँ घर महाराजगन्ज सरेका थिए, त्यहाँबाट उनी खालिङको डेरा किरण भवन, कालिमाटी, कुपन्डोल सबै धाउँथे। दिउँसो दुवैको भेट रानीपोखरी अघिल्तिर पालेजस्तै झोक्राएर बसेको पुरानो र थोत्रो भवन नाचघरमा हुन्थ्यो।
साँच्चै खालिङ आएपछि नारायणको गायकी र संगीत संयोजन नै बदलियो, उनी नयाँ अवतारमा देखिए।
‘सधैं नै म हाँसे तिमीलाई रुवाइ', ‘मायाको आधारमा सम्झौता नै हुन्छ', ‘विपना नभई बाँचिदिने', ‘म त लालीगुराँस भएँछु', ‘तिमी जुन रहरले ममा फुल्न आयौ', ‘तिमीलाई भुल्दा म एक्लो परेँछु', ‘प्रेयसीका यादहरू एकान्तमा आज'जस्ता क्षेत्रप्रताप अधिकारीका शब्द र खालिङको संगीतमा वाणीपुत्र नारायण गोपाल गुन्जिएपछि रेडियो नेपालको एक्लो साम्राज्य हल्लिन बाध्य भयो।
फर्माइसी कार्यक्रममा बनाएको ऐतिहासिक आरेख नारायणकै गीत ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो'ले तोड्यो। लगभग यो गीत राष्ट्रिय गीतको स्तरमा पुग्यो। दिव्य साँच्चै दिव्य संगीतकार बने।
यी सबै गीतले नारायण एक्कासि तिनका पनि गायक भए, जो एक किसिमले नारायण गोपाललाई सुन्दैनथे। यसपछि उनले आफ्नो संगीत र खालिङको एरेन्जमा हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ' रेकर्ड गरे। यसमा बादल र बर्सातको इफेक्ट–परिकल्पना खालिङले नै गरेका थिए।
‘लार्जर देन लाइफ' भएका नारायणले दिव्यसित काम गरेपछि नवातग पुस्तालाई आफ्नो संघारमा स्वागत गरे। उनले यही समय सबै युवा संगीतकारको संगीतमा गाए। चन्दन लम्जेल, भुपेन्द्र रायमाझी, शम्भुजित बास्कोटा, शुभबहादुर, दीपक जंगम तीमध्ये यादगार नाम भए।

...
नारायणलाई नयाँ परिचय दिने खालिङको आफ्नो जीवनचाहिँ अलिक अनौठो थियो।
‘दिनुपर्ने जे छ, लिनुपर्ने छ
त्यो बराबर हुन्छ, अनुरोध भनिन्छ
मायाको आधारमा सम्झौता नै हुन्छ।'
यस्तै प्रेम सन्देश लिएर उनी अढाइ वर्षदेखि बिछोडिएकी प्रियेसी भेट्न नेपाल आए। काठमाडौं बागबजारस्थित सुपर भेन्यु लजमा प्रेमिका ग्रेसलाई पुनः पाए भने आफ्ना प्रिय गायक नारायण गोपाललाई एकैपटक भेटे– प्रेम र संगीत सँगसँगै।
पोलिस फिल्मकार आन्द्रे वाजदाले भनेझैं प्रेमविना तिमी राम्रो संगीत गर्नै सक्दैनौ। दिव्यको जीवनमा त्यही भयो। दीप श्रेष्ठका फ्यान ग्रेसले खालिङसितको प्रेम–प्रणयपछि उनकै संगीतमा नारायण गोपाल र अरुण थापा सुनिन्।
‘सुगम संगीतमा अल्पसंख्यका गीत गाएर शिखारोहण गरिरहेका अरुण थापाको स्वरितामा दिव्यको संगीतको ओत परेपछि गायनको स्तर र संगीतलाई बुझ्ने धारको फलक बदलियो,' गायक शैलेश सिंह त्यसै भन्छन्।
अरुणका प्रायः गीतमा खालिङको संगीत गुन्जिन थाल्यो। ‘पग्लेर जाने हिउँ म हैन', ‘नपोखिने नजोखिने', ‘आँखाको निद खोसी लाने', ‘साँझको जूनसँगै आउँछु तिमी भनेर' वा ‘मेरो गीत सबै तिमीलाई' प्रसारणपछि नै अरुण एकाएक लोकप्रिय भए। फलतः आफ्ना समकालीनको छाया र मायालाई छोड्नुपर्योप।
खालिङ–अरुणको सांगीतिक गठबन्धनले गायक पेमा लामा, पवन गोले, दावा ग्याल्मो, छोडेन कार्थक, ललित सुब्बाबाट खालिङ टाढिए पनि यसै बेला किरण प्रधान, प्रकाश श्रेष्ठ, तारा थापा, विमला राई, भक्तराज आचार्य, दिनेश सुब्बा, दीपक खरेल, कुन्ती सुन्दास, रोविन शर्मासित निकट बने।
विवाहपछि खालिङ आफ्नो घर नजिक किरण भवनमा बस्न आउनु नै अरुणले आफ्ना लागि आशीर्वाद मानेका थिए।
विक्रम गुरुङ, सरोजगोपाल बज्राचार्यसित गायन सुरु गरेका अरुण खालिङलाई गुरु मान्थे। खालिङका चेला राजु सिंह उनलाई ‘संगीतका व्याकरण' मान्छन्। ‘उहाँलाई पूर्वीय र पाश्चात्य संगीतको स्वरलिपि, वाद्य यन्त्रको रेन्ज, तालको विविधता, राग आदिको ज्ञानले नेपाली संगीतमा छुट्टै छाप छोडेको छ,' उनी भन्छन्।
खालिङको संगीत संयोजन पक्ष नेपाली जगत्मा सबभन्दा बलियो मानिन्छ। अम्बर गुरुङपछि संगीतको विदेशी नोटेसन लेख्न सक्ने संगीतकार उनीमात्र मानिन्छन्। अर्का संगीतकार दीपक जंगम खालिङको खुबीबारे भन्छन्, ‘उनले संगीत संयोजन गरेका गीतमा दाइ नारायण गोपालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ', भक्तराजजीको ‘हजार आँखा छेक्ने', ‘जति चोट दिन्छौ देऊ मायालु' उत्कष्टमा पर्छन्।'
संगीतकार खालिङ राम्रा गायक पनि थिए। २०३० सालतिर बागबजारको विदेशीसँग आबद्ध सांस्कृतिक केन्द्र पद्मा सदनमा नारायण गोपालको गीत गाउँदै गरेको देखेको सम्भि्कन्छन्, गायक दीपक खरेल। उनले त आफ्ना मित्र यादव अमात्यलाई ‘त्यो गीत गाउने को हो' भनेर सोधेका पनि थिए रे।
२०४१ मा प्रथमपटक रत्न रेकर्डिङ संस्थानले आयोजना गरेको गायन प्रतियोगितामा खालिङले नारायण गोपालको गीत हार्मोनियममा आफैं सुनाएका थिए। उनको हार्मोनियम फिटाइ र गायकीले महेन्द्र पुलिस क्लब एकाएक गुन्जिन पुगेको थियो। कैयौंले अर्को नारायण गोपालको आगमन पनि भने। तर, उनले आफ्नै स्वरमा कहिले गीत रेकर्ड गराउन चाहेनन्।
‘दिव्यका देब्रे हातका औंला हामोर्नियमको रीडमा नाच्दा म छक्क परेर हेर्थें। फिट्नु भन्ने शब्द पहिलोचोटि सुनेँ,' खालिङको हार्मोनियम फिटाइबारे उनकै कान्छा काका एनसी खालिङको सम्झना यस्तो छ, ‘म गीत गाउँथे तर त्यही बेलादेखि बाजा बजाउन छोडिदिएँ।'
बाह्र वर्षको उमेरमै दार्जिलिङस्थित सेन्ट कोलम्बस चर्चमा कान्छा काकाबाट ब्रेक पाएका दिव्यले नेपाली संगीतका धेरै कान्छा गायक–गायिकालाई ब्रेक दिए। जसमध्ये उदय सोताङ, कुन्ती सुन्दास, ओम गुरुङ, राजेशपायल राई, कुबेर राईको नाम आउँछ। रामकृष्ण ढकाललाई गायनमा ब्रेक दिने दिनेश सुब्बालाई पनि उनैले ब्रेक दिएका थिए।

...
सन् १९५२ मार्च २८ का दिन पश्चिम बंगाल दार्जिलिङको मिसन कम्पाउन्डमा श्यामसन खालिङ र मार्थाका माइला छोराका रूपमा जन्मेका दिव्य सात महिनामै पोलियोले ग्रस्त भए। शारीरिक अशक्तताका कारण हिँडडुल गर्न नसक्ने भएपछि उनको चकचके जीवनमा बाबुले उपहार दिएको हार्मोनियम नै साथी भयो। पंक्तिकारले २०३९ सालमा लिएको अन्तर्वार्ताक्रममा उनले खुलाएका थिए।
नारायण गोपालजस्तो गायकलाई गीत गाउन लगाउँदा कस्तो महसुस भयो?
खालिङले भनेका थिए, ‘२०२४ सालताका नारायण गोपाल दार्जिलिङ आएका थिए। उनी दार्जिलिङ आउँदा गीतकार, गायक र संगीतकारको जमघट हुने गर्थ्यो। हामी त सानै थियौं। अम्बर सरका पछाडि डुल्न पाउँदा दंग पर्थ्यौं। गोपाल दाजु सिनियर। केही वर्षअगाडि भूपि शेरचनको शब्दमा गोपाल दाजुको संगीतमा ‘अल्झेछ क्यारे पछ्यौरी' हिट थियो। त्यही साल नारायण नयाँ नेपाली फिल्मको गीत कलकत्तामा रेकर्ड गराएर आएका थिए, ‘बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाखा' हामीले त्यही बेला सुन्यौं। र, त्यति बेलैको मेरो सपना हो नारायण गोपालसित काम गर्ने। आज १५ वर्षपछि पूरा भएको छ। एउटा नेपाली संगीतकारको योभन्दा ठूलो सपना के होला?'
दार्जिलिङको हिमालय कला मन्दिरमा गायक कुमार सुब्बा, दावा ग्याल्मो, पेमा लामा, वाँगेल लामा, मान मोक्तान, बद्रीदुर्गा खरेल, वसन्त क्षत्री, कमल दर्नाल, मेनुका प्रधानसित वर्षौंसम्म हार्माेनियमको नियमन जिन्दगी बिताएर उनले अन्ततः नव कलाकार संघ खोले।
नाटक देखाउन नेपाल आएका खालिङले आफ्नै शब्द–संगीतमा रेडियो नेपालमा मीरा राणाको स्वरमा पहिलो गीत ‘बिर्सिएर मैले फेरि तिमीलाई सम्भि्कदिएँ' रेकर्ड गराए। यो गीतले उनलाई रेडियो नेपाल भिœयायो। तर यसअघि नै आकाशवाणी खर्साङमा दावा ग्याल्मोको स्वरमा दिव्यको रचना–संगीतको पहिलो गीत ‘पहाडजस्तो बनिदेऊ तिमी कहिले पनि नझुक्ने, तर सबको बाटोमा पत्थर बनी ठोकर नदेऊ' हिट भइसकेको थियो।
यसपछि ०३६ सालमा रत्न रेकर्डिङ संस्थानले नारायण गोपाललाई एलपी (लङ प्लेइङ) रेकर्ड गर्ने मौका दिएको बेला खालिङका चार गीत रेकर्ड भए। चारै गीतमा उनकै संगीत, उनकै शब्द।
नारायण गोपालले अम्बर, गोपाल, चन्द्रराज शर्मा, शिवशंकर, नातिकाजी, शान्ति ठटालपछि पछिल्लो पुस्ताका संगीतकार खालिङसित गरेको सहकार्यले पहाड, तराई अनि सीमापारि पनि तहल्का मच्चायो।
‘फाँटहरूले कसलाई पुग्छ
भीरमा पनि फुलिदिन्छु
खुसीमात्र कहाँ हुन्छ
पीरमा पनि भुलिदिन्छु।'
दिव्यले क्षेत्रप्रताप अधिकारीको शब्दमा भरेको यो संगीत साँच्चिकै लालीगुराँस बनेर फुल्यो। यसपछि उनले श्रीपुरुष ढकाल, दिनेश अधिकारी, चेतन कार्की, कञ्चन पुडासैनी, राममणि रिसाल, रवीन्द्र शाह, जस योञ्जन प्यासी, शुद्धि नेपाली, सावित्री खड्का पाण्डे, विश्वम्भर प्याकुरेल, रमण घिमिरे, मदनकृष्ण श्रेष्ठ, अमृतलाल श्रेष्ठ, वीरेन्द्र राई, भूपाल राई, भावेश भुमरीका गीतमा संगीत गरे।
दार्जिलिङ छँदै क्रिश्चियन युवा झुन्डका निम्ति मिनी क्यान्टेटा गरिसकेका दिव्यले नेपालमा आएर कृष्णप्रसाद पराजुलीको कृति ‘जूनतारा' र राष्ट्रकवि माधव घिमिरेको ‘सुनपंखी चरी'मा शृंखलाबद्ध संगीत गरे। राष्ट्रकवि खालिङका दुई गुण सम्झन्छन्, ‘सही स्वर ज्ञान र शीघ्र रचना। उनले फुटकर गीत र अपेराको निम्ति प्रशस्त स्वर रचना गरे। उनको संगीतमा दिव्य स्पर्श छ।'
०३५ सालमा ‘रातको प्रथम प्रहर'मा संगीत गरेपछि उनले ‘अतृप्त आत्मा', ‘आघात', ‘कुहिरोभित्र अल्मलिँदा' नाटकमा संगीत गरे। आघात नाटकका निम्ति गीत गाउन अरुणा लामालाई भारतदेखि बोलाए उनले। पहिलोपटक यही नाटकका लागि नारायण गोपालको गीत रेकर्ड गराए।
नाटकबाहेक उनले विभिन्न नेपाली फिल्ममा पनि संगीत दिएका छन्। ‘दिदी'मा संगीत गर्दा उनले राष्ट्रियताको नमुना नै देखाए। मुम्बईमा रेकर्ड गरिने गीतमा उनले भारतीय स्वर प्रयोग नगर्ने निर्णय गर्दै सारा कलाकार नेपालबाट लिएर गए। उनको यस कार्यका निम्ति नेपाली फिल्मका प्राविधिक र उद्योग सदैव खुल्ला हृदयले प्रशंसा गर्छन्।
नेपालमा पहिलोचोटि आयोजित अन्तर्राष्ट्रिय स्तरको नेपाल स्काउटको प्रथम ज्याम्बोरीका लागि खालिङले ०४६ सालमा गीत–संगीत तयार गरे। यसका निम्ति उनी सदैव स्काउट जगतमा स्मरणीय छन्।
वैवाहिक जीवनपछि उनी ०३८ सालदेखि ग्रेससँग नियमित रूपमा काठमाडौं बस्न थाले पनि सानेपा, झम्सिखेल, जाउलाखेल, कालिमाटी, कुपन्डोल, लगनखेल, धोबिघाटको चक्रमा जीवन चलिरह्यो।
शारीरिक रूपले धेरै चलमल गर्न नसक्ने खालिङले नारायण गोपाललाई लिएर घुमिरहे– दार्जिलिङ, सिलिगुडी, सिक्किमतिर।
नारायण गोपाललाई एकल साँझका लागि पहिलो पटक उतार्ने खालिङ नै थिए। प्रकाश श्रैष्ठका साथ नारायणको एकल साँझ ०३९ मा दार्जिलिङमा भएको थियो। यसपछि पोखरा र काठमाडौंमा नारायणका एकल साँझ हुन थाले, जसको प्रमुख श्रेय खालिङ नै हुन्।
नारायण गोपाललाई दार्जिलिङ लगेजस्तै उनले दार्जिलिङबाट अरुणा लामा, शंकर गुरुङ, पेमा लामा, कर्म योञ्जन, डेजी बराइली, कुन्ती सुन्दासलाई नेपाल ल्याएर ०३९ सालमा ‘स्मृतिका कोसेली हाम्रा गीतहरू' आयोजना गरे। जसमा नेपालबाट अभिनेत्री भुवन चन्दसँगै यो पंत्तिकार पनि सहभागी थियो। कार्यक्रम आयोजना नारायण गोपालले गरेका थिए, जसको संयोजक दिव्य खालिङ।
यसबाहेक ०४४ सालदेखि करिब दुई दशक ज्ञानोदय स्कुलमा खालिङ संगीत शिक्षक बने। केही समय धोबीधारास्थित आफ्नै संगीत सिर्जनालयमा संगीतको प्रशिक्षण पनि दिए।
०६० को सुरुवाततिर अचानक मेजर स्ट्रोक भएपछिका दुई वर्ष चानचुन खालिङको चलायमान जीवन संगीतमा होइन, शैय्यामा नै स्तब्ध भयो। उनको निम्ति कोही भएनन्, आफ्नो पुरानो साथी हार्मोनियमले पनि उनको साथ छोड्यो। समय उनको लागि तस्बिरजस्तै स्थिर भयो।
तीन छोरा र एक छोरीका पिता दिव्य अचानक पूर्णतः ग्रेसमाथि निर्भर हुन पुगे। उनलाई चिकित्सा विज्ञान र औषधोपचारले काम नगरेपछि मौनतापूर्वक २५ जून २००६ मा यस धरतीबाट बिदा लिए। काठमाडौंबाट दार्जिलिङ र दार्जिलिङबाट काठमाडौं एउटा शोकको लहर छरियो। उनको आफ्नै शब्दमा भनिएजस्तै उनी सर्वत्र यसरी गुन्जिए–
विपना नभई बाँचिदिने मभित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना।
दिव्यले नारायण गोपाललाई ब्लुजभित्र समेटेका ब्ल्यु नोट्सका कारण सदा स्मरणीय छन् भने नारायणको गीति यात्रामा उनको उपस्थिति सदैव छ, सोमको रूपमा। गायक किरण प्रधानले गाएका ‘पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदेऊ', ‘बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ', भक्तराजको स्वरमा ‘जून लाग्यो लेक ढाकी, जून आउँछ रातिराति' वा दीप श्रेष्ठले गाएको टेलिशृंखला ‘अविरल बग्दछ इन्द्रावतीका' गीत हुन्; बिर्सन गाह्रो छ। फरक यति हो, हामी कतिको सम्भि्कन्छौं!
दिव्यबारे नगेन्द्र गोर्खाले लेखेका छन्,
‘दिव्य खालिङको नाउँलाई एकपटक दार्जिलिङले सोचेको हुन्छ।
दिव्य खालिङको नाम हजारपल्ट नेपालीले सोचिरहेकै हुन्छ।'

Thursday 23 October 2014

Woman Power in Literature

प्रेरणास्रोत नारी
मिति : २०७० फागुन २४, शनिबार [1055 पटक पढिएको]
प्रकाश सायमी |


आई एम म्याड्म् बाभोरी ! बहुआलोचित यो स्वीकारोक्तिपछि विश्व साहित्यमा गुस्ताभ फ्लेबर्ट निकै चर्चित भएका थिए। फ्लेबर्ट महिला थिएनन्, न त उनले जीवनमा कहिल्यै विवाह गरे। नायिका बाभोरीसित न उनको चरित्र मिल्थ्यो न त कथा। बरु केही हदसम्म उनका संवेदना वा भावानुभूतिले उनको जीवनसित साक्षात्करण गर्थ्यो यस कृतिमा।
म्याड्म् बाभोरी गुस्ताभ फ्लेबर्टको सर्वाधिक चर्चित कृति थियो र उनी यसका निम्ति नै कालजयी भए। कृतिको सफलतापछि उनले हिम्मत गरेर भने, 'म नै हुँ, त्यो नायिका।' नायिकाप्रतिको शतप्रतिशतवादी उनको धारणा कृतिप्रतिको न्यायमात्र नभई महिलाको दु:ख, पीडा वा आक्रोशप्रति सम्मान नै थियो।
विश्वका धेरै राम्रा कृति, धेरै राम्रा सिनेमा वा धेरै राम्रा गीत पुरुषले लेखे पनि त्यसमा महिलाको उपस्थिति वा महिलाको ऊर्जा औं अस्मिताको सफल छायांकन भएको पाइएको छ। त्यसैले कहिलेकाहीँ यस्ता कृतिमाथि सन्देहास्पद भएर हेरिने समाज पनि यथावत् छ।
कृतिको सफलतापछि वा त्यसले उचाइ हासिल गरेपछि स्रष्टा हराएर स्रष्टाको लिंगीय पहिचान खोजिने गरिन्छ।
हलिउडका तीन अपार सफल चलचित्र टेक्विला सनराइज, डिस्पोजल र इन्डिसेन्ट प्रपोजलमा यस्ता प्रश्न नआएका होइनन्। यद्यपि इन्डिसेन्ट् प्रपोजल्‌मा त यो सिनेमा निर्देशक महिला हुन् कि परुष भन्ने घातक प्रश्न बारम्बार आएका थिए। यस फिल्ममा जुलिया रोबर्टस्को भूमिका र टेक्विला सनराइज्‌मा मिचेली फ्रिफायरको भूमिकामा महिला सर्जक हावी भएको समीक्षकले दाबी गरेपछि निर्देशक प्रकट भएर प्रस्टीकरण दिएको थियो।
नेपाली गीति समाजका अत्यन्त आदरणीय गीतकार किरण खरेलका चर्चित गीतमा धेरै नै महिलाको प्रसंग र चर्चा आएको बारेमा उपन्यासकार डा. ध्रुवचन्द्र गौतमले प्रश्न गर्दा गीतकार खरेलले भनेका थिए, 'म बच्चैदेखि महिलाकै वरिपरि हुर्कें। मलाई मामाघरकी हजुरआमाले पाल्नुभयो, काठमाडौं आएपछि फुफू दिदीहरूसित बसेँ। गीतसंगीतमा लागेपछि पनि मलाई महिला कलाकारले बढी स्नेह र साथ दिए। त्यसैले मेरा प्राय: गीतमा महिलाका कुरा आउनु स्वाभाविक हो, म यसमा गर्व पनि गर्छु।'
बालबालिकासम्बन्धी पत्रिका 'कोपिला'का निम्ति लिइएको यो अन्तर्वार्तामा गीतकार खरेलले जे कुरा स्वीकारेका छन्, यस्तै हुबहु विचार केही वर्षअघि भारतका चर्चित फिल्मी गीतकार जावेद अख्तरले पनि राखेका थिए- मेरो रचनामा सदैव महिलाको सम्मान वा इज्जत नै हुने गर्छ कारण म आमा, सानीमुमासित हुर्कें।
बाबुले आमालाई छोडेर गएपछि मलाई मामाघरकी हजुरआमाले नै हुर्काउनुभयो। मेरी आमा बित्दा मलाई मेरी हजुरआमाले लासमाथि माटो छर्ने बेला कठालो पक्डेर 'आमाको मुख हेरेर कसम खा, आमाले पाएको दु:खको बदला लिन्छु, भन् भन्।' मैले त्यसरी नै कसम खाएँ र मेरा सारा रचना, कृति आमाजस्ता महिलाप्रति नै समर्पित भए।
जावेदले आफ्ना धेरै सिनेमामा, गीतमा महिलालाई पुरुषको प्रेरणा वा विजितको भूमिका दिएका छन्। उनका रुमानी गीतमा महिलाको बयान गर्दा ईश्वरको अनुकम्पा वा प्रकृतिको शक्तिसित समतुल्य मानिएको यथेप्सित पंक्ति पाइन्छन्।
पूर्वीय होस् वा पश्चिमा, सबै स्रष्टाका लेखनमा वा विषयवस्तुमा प्रेरणाको स्रोत प्राय: महिला नै भएको पाइन्छ। अझै धेरै स्रष्टाका चर्चित कृति महिलाका विषयमा नै प्रधानताका साथ अगाडि छन्। टोल्सटायको अन्ना केरेनिना वा म्याक्सिम गोर्कीको मदर, डी एच लरेन्स्का लेडी च्याटर्जिज लभलेटर, शरतचन्द्रको परिणीता वा व्सेवोल्द पुडोवकिनको सन् १९२६ को महान् रुसी चलचित्र मदर वा एसियाली भूखण्डमा अत्यधिक सफल मानिएको महबुब खानको मदर इन्डिया वा हाम्रै नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमा यसमध्येका केही गुणनीय उदाहरण नै हुन्।
यी धेरै कारणले वा प्रमाणले गायक, लेखक, चित्रकार, फिल्मकार वा खेलाडीको जीवनको सफलतामा महिलाको भूमिका अहम् रहेको पाइन्छ। फरक यतिमात्र हो- कतै आमाको भूमिकामा, कतैकतै दिदीको भूमिकामा, कतै प्रेमिकाको भूमिका, कतै पत्नीको भूमिकामा। वा कसैकसैलाई छाडेर गएकी प्रेमिकाले र कसैकसैलाई बितेर गएकी पत्नीले पनि रचनाकालमा ठूलो प्रभाव पारेको पाइन्छ।
विश्वविख्यात फुटबल खेलाडी क्रिस्टिना रोनाल्डोकी दिदी अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनका फ्यान थिए। उनले आफ्नो भाइलाई यही नामले जन्म दिए। आज रोनाल्डोसित फुटबल र दिदीले दिएको नाम सँगसँगै टाँसिएको छ, निशानीमा।
गायक अरुण थापालाई आफ्नी प्रेमिका विमलाले छोडेर गएपछि उनले उनकै सम्झनामा राम्राराम्रा गीत गाएका छन्, स्वस्थ सम्बन्धको चर्चा गर्दै। राष्ट्रकवि माधव घिमिरेले पहिली पत्नी गौरी को सम्झनामा गौरी शोककाव्य लेखेर आफू पनि रोएका छन् र अरूलाई पनि अझैसम्म रुवाइरहेका छन्।
भारतीय साहित्य जगत्का शक्तिशाली गद्यकवि डा. हरिवंश राय वच्चनले आफ्ना दिवंगत पत्नी श्यामाको सम्झनामा निशा निमन्त्रण लेखेर कैयौंलाई रुवाए र उनले वाचन गर्दा कैयौं रोए। त्यही कविता सुनेर रुने उनका पाठकमध्ये एक तेजी सुरीले 'आजसम्म तिमी एक्लै रोयौ अब तिमीसित म पनि रुन्छु' भनेर वच्चनलाई जीवनसाथीका रूपमा स्वीकारेर दुई सन्तान अमिताभ र अजिताभको जन्म पनि दिए।
पहिले प्रशंसकका रूपमा पछि प्रेरणाका रूपमा तेजी वच्चन उनका कृतिमा रहिन्।
शब्द वा अक्षरमा जेसुकै खेलबाट गरे पनि कैयन् स्रष्टा साधकले आफ्नो नामको अगाडि सरु वा पछाडि मधु राखेको स्मरणीय हिस्सा पाइन्छ।
अम्बर गुरुङका गीतमा 'उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला' भन्ने गीतमा कैयौं प्रेरक महिलाको नाम सगर्व गाँसिएर आउँछ। गोपाल योञ्जनका सदाबहार गीतमा उनको प्रारम्भिक जीवनमा साथ दिने उनकी महिला मित्र मदन प्रधानको भूमिका कति पाश्र्वतर भएर झल्किन्छ।
हरेक सफल कवि, लेखक, कलाकार वा उद्यमी सबैको जीवनमा महिलाको भूमिका पाश्र्वभूमिबाट अग्रभूमिमा सरेको देखिन्छ। त्यो चाहे चित्रकार पाब्लो पिकासोको बारेमा भनौं या संगीतकार विथोभिन। गायक जोन लेननको जीवनमा उनकी पहिली पत्नी सिन्थिया लेननदेखि उनको जीवनमा योको ओनोसम्मको फरकफरक भूमिका छ तर पनि उनले आफ्ना हरेक गीतमा स्त्रीको वामाशक्तिलाई सहर्ष स्वीकारेर कैयन् गीत रचेका र गाएका छन्।
गीत, कविता, कथा वा जेसुकै रचनामा महिलाको शक्तिलाई स्मरण गर्दै लेखिएका प्रसंगमा स्रष्टाले सदैव आफ्नो प्रेमलाई भन्दा प्रेमिकाको नामलाई ताकत मानेका छन्। मराठी भाषाका सर्वसम्मानित लेखक विजय तेन्दुलकरले महिलाकै समस्यामाथि लेखेर नाटक र मञ्चमा स्त्रैन्यवादी लेखकको खिताब नै पाएका छन्, उनले भारतको आदिवासी जातिमा देखिएको महिलाको समस्यामा कमला वा राजनीतिक वृत्तमा महिलामाथि शोषण भएकोमा गिद्धाडे लेखेर आफ्नो पहिचान बनाएका छन्।
महिला यस अर्थमा धेरै लेखकको प्रेरणाको मुहान त अवश्य बनेका छन् तर कहिलेकाहीँ महिला पात्रमाथि भएका कैयन् कुरालाई विवृत्त गर्ने प्रसंगमा हाम्रो समाज वा हाम्रो अर्धबौद्धिक चिन्तन चुकेको पनि पाइन्छ।
नेपाली गीतमा प्रयोग हुने साइँली र माइली पोइल गएछन् वा निष्ठुरीले छाडेर गई हाली, ओ संगीता वा सेक्सी सीताजस्ता गीत विम्बले कहिलेकाहीँ स्रष्टा साधकले महिलाको शारीरिक बनोटको उपल्लो भागलाई गैरमूल्यांकन गरेर शारीरिक अवयवलाई मात्र हेरेका हुन् कि भन्ने भान पनि हुन्छ। यहाँनिर स्मरण गर्नुपर्ने हुन्छ, संयोगले आजकै दिन (मार्च ८ तारिख) सन् १९२१ मा भारतको लुधियानामा जन्मेका क्रान्तिकारी कवि गजलकार साहिरले लेखेका छन् :
लोग औरत को फकत जिस्म सभझ लेते हैं
रुह भी होती हैं उसमें यह कहाँ सोचते हैं
साहिरले उठाएको यो प्रश्न सन् पचास दशकको भए पनि अहिलेसम्म एसियाली समाजमा स्त्रीलाई रुह भएको (आत्मा र आत्मसम्मानको द्वार भएको ) पुर मान्न यो गठबन्धनको समाज डराउँछ। यो वैश्विक समाजमा विज्ञापन निर्माणदेखि प्रशंसाको पत्र बाँध्ने घडीमा समेत स्त्रीको बौद्धिक शक्ति वा धरातलाई न्युनाधिक्य मानेको पाइन्छ।
रक्सीको बोटलको विज्ञापन होस् वा कारको सिटको छालाको नरमपनामा महिलालाई समतुल्य मानेर बनाइने विज्ञापन र हेर्ने दर्शकमा त्यो नकारात्मक धारणा कायम हुनुमा त्यही सोचको अपसोचनीयताको कमाल छ।
आजको कस्मेटिक्स दुनियाँमा रूप, गुण र सौन्दर्यको दाबेदारीमा कुनै चीजको यथतामाथि चर्चाको चर्खा चलाउँदा महिला नै महिलाको विरुद्ध हास्य पात्र बनेको उदाहरण प्रशस्त पाइन्छ।
हरेक सफल पुरुषको पछाडि महिलाको भूमिका हुन्छ भन्ने बहुलोकप्रिय भनाइमा आजकाल यस्तो व्यंग्योक्ति भरेको उद्धरण पढ्न पाइन्छ, हरेक सफल पुरुषको पछाडि महिलाको भूमिका हुन्छ तर हरेक असफल पुरुषको पछाडि अर्को महिलाको भूमिका हुन्छ।
यो भनाइ सुन्दा जति हल्का लाग्छ तर यसमाथि गरिने तार्किक विमर्श सही हुन आउँछ प्राय:जसो। महिलालाई वेश्याको आरोप लाग्नु वा महिलामाथि सौता लाग्नु वा महिलाकै कारणले महिला बेचिइनु यी र यस्ता धेरै घटना प्रतिघटनामा अर्को महिलाको धेरै हात हुन्छ, त्यहाँ पनि पुरुषलाई परिचालित गरिने कारण महिला नै हुन्छ।
हाम्रा मिथक कथामा महिला यसरी पात्र बनेका धेरै उदाहरण त छन् तर त्यो देखेर जानेर बुझेर पनि घरसमाजमा महिलाको सत्ताशक्ति खोस्न अर्को महिला नै शत्रु बनेको उदाहरण प्रशस्त पाइन्छ। यसबारे महिलाले पुरुषविरोधी भएर सोच्दा त्यति न्याय भएको पाइँदैन।
आज हाम्रो छिमेकी मुलुकमा महिला अधिकारकर्मीको अगुवाइमा मुजरा प्रथा त हटेको छ तर त्यससित गाँसिएको एक सामाजिक एवं सांस्कृतिक परम्परा पनि नष्ट भएको छ। फेरि यसविरुद्ध आन्दोलन चल्दैछ।
हाम्रै समाजमा महिलाले महिलाको समर्थनमा बिना झन्डा बोकेर एकल महिला आन्दोलन सफलतापूर्वक चलाएको स्पष्ट उदाहरण हाम्रासामु घामजत्तिकै छर्लंग छ। भारतको गाजियाबादमा गुलाब ग्याङ अर्को उदाहरण बनेको छ जसमाथि अब प्रसिद्ध अभिनेत्रीद्वय माधुरी दीक्षित नेणे र जुही चावलाको प्रमुख भूमिका देखिँदैछन्।
गुलाब ग्याङ पुरुष निर्देशकले नै परिकल्पना गरेको विषयवस्तु हो जसरी आदिवासी महिला कमलामाथि बनेको नाटक र सिनेमा दुवै पुरुषले नै लेखन, निर्माण एवं निर्देशन गरेका हुन्, विजय तेन्दुलकर र जगमोहन मुन्धरा यसका बधाईका पात्र हुन्।
सामान्यतया कविको कल्पना वा चित्रकारको रंगदर्पणभन्दा बाहिर गएर पनि हाम्रो सामाजिक चिन्तन धराशयी बनेको पाइन्छ, जहाँ महिलाले पुरुषलाई नै दोषी मानेको पाइन्छ। पुरुष यस्ता काममा महिलाकै कारण अग्रसर भएको बुझिनुपर्छ, प्राय: भारतमा चलाइने वेश्याकोठी महिलाद्वारा नै सञ्चालन भएको पाइन्छ तर त्यहाँसम्म महिलालाई पुर्‍याउने र त्यहाँका महिलालाई प्रयोगमा ल्याउने प्रमुख पात्र प्रस्ट रूपमा पुरुष नै बनेका छन्।
पुरुषसत्तात्मक यो समाजमा महिला कामकाजी हुन नसक्नु, पहिला इस्तेमालको मात्र वस्तु हुनु पुरुषको दानवीय सोच पनि हो जसलाई कवि गीतकार साहिर लुधियानवीले यसरी व्यक्त गरेका छन् आफ्नो कालजयी रचनामा :
औरत ने जनम दिया मर्दोंको, मर्दों ने उसे बाजार दिया
जब जी चाहा मसला कुचला, जब जी चाहा दुत्कार दिया
महिलाकै प्रेम, प्रेरणा र प्रशंसाले कति महानतम् कृति लेख्ने पुरुष केही तुच्छ कारणले लोभिएका छन् तर त्यो क्षणिक हो भनिए पनि त्यसले दूरगामी असर पारिरहेकै हुन्छ।
पाकिस्तानकी चर्चित लेखिका तहमिना दुर्रानीले माई फ्युडल लोर्डमा धर्मको बहानामा इस्लामी महिलामाथि दमन गरिएको जनाउ दिएर पुरस्कृत कृति नै जन्माइन् भने शिक्षाका कारण तालिवानीको आँखाको तारो बनेका मलाला युसुफजाई आज विश्वचर्चित उदाहरणमात्र बनिनन्, नोबेल पुरस्कारका निम्ति आजसम्मकै कम उमेरकी मनोनयनमा परेकी अभियन्ता भएकी छन्।
यी र यस्ता उदाहरणबीच भर्खरै पहिलो फिल्म वाद्ज्दा बनाएर इराककी पहिलो महिला निर्देशकको उपाधि पाएकी हाइफा अल मन्सौरले भनेकी छन्- अब महिला साधन होइन, शक्ति हुन सक्नुपर्छ।
महिलालाई हाउस वाइफबाट होम मेकरसम्म बनाउन हाम्रो समाज सदैव दुई कारणले सजग हुनुपर्छ- शिक्षा र सहभागिताले। अवसर त्यसपछि आउने प्रकरणमात्र हो। कवि आलोकधन्वा लेख्छन्, मुख्यमन्त्री एउटा मुस्किलले सत्ता चलाउँछन् कैयन् जत्था लिएर।
तर, मेरी उनी एक्लैले घर चलाउँछिन्। के यो कम कुरा हो र?

Saturday 18 October 2014

Article on Dharma Raj Thapa

सपना विपना भो
प्रकाश सायमी
धर्मराज थापाको युग गायनको युग थिएन, त्यो प्रचारको युग थियो ।
सन् १९१६ मा रुस राष्ट्रियकरण भइसकेपछि लेनिनले सिनेमालाई आफ्नो हतियार बनाएर भनेका थिए, “अब सिनेमाले मात्रा समाजभित्रको आत्मलाई बचाउन सक्छ ।”
र उनले त्यसवेला सिनेमामा कला भन्दा प्रोपोगान्डा हुनुपर्छ भनेर बल गरे त्यही मुताविक सर्जेई आइजेन्स्टाइन, लियो कुलेशाव र अन्य निर्देशकले प्रोपोगान्डा सिनेमा बनाए जसले लेनिनको वृहत्तर छवि बनायो ।
यही सूत्र पछि भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुलाई पनि फाप्यो, उनले पनि बलिऊड सिने उद्योगका हस्तिसित हात मिलाए र सिनेमामा नयाँ सन्देश  दिन आग्रह गरे । देवआनन्द, राजकपूर र दिलीपकुमारलाई उनैले थ्री विगको नाम दिए उनी बलिऊडका स्वतःस्फूर्त प्रिय भए । नेहरुले सिनेमा र संगीतलाई आफ्नो अस्त्र बनाए ।
यही आत्मसत्यलाई स्वीकारेर तत्कालीन नेपालका तत्कालीन नयाँ नरेश महेन्द्र पनि मैदानमा आए, उनले पनि संगीत र साहित्यमा आफ्नो आत्मीयता जगाए र महेन्द्रवाद फैलाए । यस लहरमा रेडियोमा गाउने गायक गायिका देखि जिल्लाजिल्लामा बसेर साहित्य, संगीतको सेवा गरेर बसेका साधक महेन्द्र लहरमा होम्मिए ।
महेन्द्रले आफ्नो राज्याभिषेकको लगत्तै पहिलो पटक नेपालमा पञ्चै बाजा महोत्सव गरे, यसले नेपालका धेरै अन्य लोकबाजालाई देशसित जोड्यो । काठमाण्डू बाहिर पूर्व पश्चिमका थुप्रै वाद्यवादक राजधानीसित तानिए । नेपालको इतिहासमै पहिलो पटक –(अहिलेसम्मको इतिहासमा पनि पहिलो नै मानिने ) आयोजनाले  नेपाल बाहिरका संगीत साधकलाई पनि राष्ट्रिय संगीतको मूलप्रवाहमा जोड्यो । धर्मराज थापा यसै अभियानका खातिर नेपालवाहिर भारतको डुवर्स, शिलाङ, देहरादून, दार्जीलिँग पुगे ।
उनले भारतका नेपाली बाहुल्यता भएको प्रान्तमा गाएका नेपाली राष्टवादी गीतले अन्य ठाउँमा भन्दा पश्चिम बंगालको पर्वतीय राज्य दार्जीलिँगमा मान्छेलाई जगायो । उनको गीत नेपालीले माया मार्यो बरु लै, जन्मेको  देशलाई, त्यो आफ्नो भेषलाई  गीत सुनेपछि जवाफमा दार्जीलिँगकै कवि गीतकार अगम सिंह गिरीले तत्काल प्रत्युत्तर लेखे,
नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको
 छैन र कहाँ पहाडी फूल काँडाको माझ हाँसेको 
धर्मराज थापाको राष्ट्रिय मूल प्रेरणाको गीतमा बँगालीसित थिचोमिचो खाएर नेपाली भाषाको निम्ति पराई भूमिमा लडिरहेका जातीय आन्दोलनका हिमायतीले आक्रोश, आँसु र पीडा एकसाथ पोखे, त्यही गीतमा ।
त्यो गीत पछि अम्बर गुरुङको स्वर र संगीतमा सचिन्द्रमणी गुरुङको लगानीमा रेकर्ड भएर अगम्य गीत भएर गुञ्जियो,
नौलाख तारा उदाए
धरतीमा आकाश हाँसेछ
शरद् लाग्यो वनमा फूलले प्रीति गाँसेछ ।
धर्मराज थापा दार्जीलिँग नपुगेको भए शायद यो गीत जन्मिँदैन थियो, यो गीत नजन्मेको भए नेपालीले अम्बर गुरुङको स्वरमा यति मिठो गीत रेकर्ड हुँदैन थियो वा अम्बर गुरुङ जस्ता गायक नै हामीसित हुँदैन थियो कि ? वा सचीन्द्रमणी गुरुङले यो गीत सुनेर उत्साही नभएको भए भारतीय नेपालीले कति पछि नेपाली गीत रेकर्ड गर्थे होला यसको अनुमान लगाउन कठीन छ ।
कुरा सत्य हो, अगम अम्बरको यो गीतले एउटा चेतनशील नेपाली जाग्यो र एक झमकमै म यो गीत रेकर्ड गराउँछु भाइ भन्यो । गीतको रेकर्ड पछि भारतमा नेपालीको लहर जाग्यो अनि गीतलाई लिएर भारतीय प्रशासन अलि सतर्क पनि भयो । अन्ततः यही गीत सुनेर दार्जीलिँग पुगेका राजा महेन्द्र भावुक भए र उनले आफ्ना नेपाली दाजुभाइ प्रति सम्मानपूर्वक आग्रह राखे, नेपाल आउन ।
सुनको सपना आँसुमा किन पो बाँधी ल्यायौ नि ,
घरको माया विर्सेर किन पो यहाँ  आयौ नि ?
मुटूको रगत एउटै हो पीरको बह वेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि मनको चोट वेग्लै छ
...
महेन्द्रको यो दार्जीलिँग भ्रमणपछि अम्बर नेपाल आउन कर लाग्यो । अम्बरसित एक लश्कर संगीतकर्मी नेपाल आए र नेपाली संगीतको मुहार बदल्न सफल भए जसको श्रेयको हकदार जानीनजानी  धर्मराज थापाको प्रवास मुभमेन्टलाई नै जान्छ ।
भानुभक्तले भाषाको आधारमा  देशलाई जोड्ने धार बनाए, धर्मराज थापा त्यसका अर्को चक्का वा चक्र थिए । उनले अलि अलि अपूरो अवस्थामा छोडेको अभियानमा दार्जीलिँगबाट अम्बरले अनि नेपालबाट नारायणगोपाल गुरुवाचार्यले पहल गरेपछि नेपाली संगीतको स्वर्णिम युग शुरु भयो ।
यो नेपाली संगीतको स्वर्णिमयुगमा धर्मराज थापा लोकगीत र लोकाधुनिक परम्परामा अलि अलि ओझेल परे पनि उनले आफ्नो ट्रेडमार्कलाई झ्याउरेबाट उकासिसकेका थिए । विसं १९८४ मा भारतको बम्बई र कलकत्तामा स्थापित भारतीय रेडियो प्रसारले नेपाली गीतलाई झाम्रे भनेर नेपाली गीत बजाउँदा देवकोटाको मुनामदनले यसको जवाफ दिइसकेको थिएन । देवकोटाको मुनामदन नआउँदै भारतको धर्मशालामा विसं १९५२ मा जन्मेका  मित्रसेन थापा मगर र विसं १९७० मा काठमाण्डूमा जन्मेका रत्नदास प्रकाशले नेपाली गीतको छवि निरुपण गर्ने काममा करामत गरिसकेका थिए, यसपछि सातसालमा स्थापित रेडियो नेपालले समृद्ध स्वरका धनी र संगीतका ज्ञाता उस्ताद् भैरववहादुर थापा, हरिप्रसाद रिमाल, कोइलीदेवी माथेमा, नातिकाजी श्रेष्ठ, उही गोविन्दबहादुरको आगमन स्वीकारी सकेको थियो ।
यसपछि सामान्य स्वरिता र औसत सांगीतिक ज्ञानमा धर्मराज थापा देखिए । उनका निम्ति असाध्य ठूलो चुनौति थियो, उनकै सामू ख्यातनामा भइसकेका मास्टर रत्नदास प्रकाश ।
अभिनय, स्वर शैली र सांगीतिक संरचनाले भरपूर व्यक्तित्व बनाइसकेका रत्नदास प्रकाश राणाको दरवारमै एक नायकीय छवि बनाइसकेका एक दिगन्त पुरुष थिए । र, कविवर माधव घिमिरेका गीत रचनाका गुरु पनि भइसकेका थिए ।
रत्नदास प्रकाशको गायनका अगाडि धर्मराज थापाले नयाँ ट्रेन्ड दिन नसकेपनि भएकै शैलीमा शिल्पता हासिल गर्नु जरुरी थियो । लोकशैलीका गीत गाउँदा मित्रसेन थापा मगर र उस्ताद साइँलाको रेकर्ड तोड्नु गाह्रो थियो त्यसैले धर्मराज थापाले त्यही बाटो भएर फरक गन्तव्य जानु भन्दा गन्तव्य त्यही बनाएर उनले बाटोमा अलि सुधार ल्याएर जसलाई पछि लोकाधुनिककरण भनियो, उनी त्यसमा कामयाब पनि भए ।
उनले आफ्ना त्यसगीतमा पर्व चर्चा, देशप्रेम, मातृवोध, वनजंगलका बखान अनि महेन्द्रवादको नयाँ उद्वोधनलाई अलि अलि जोडे जहाँ उनी नजानिँदो पाराले तत्कालीन नेता केआइं सिंह र विवादास्पद् पर्वतारोही तेन्जिँग नोर्गे शेर्पाको उच्चाकर्षणलाई थप्न पुगे ।
कतिपय भारतीय नेपाली लैनसिंह बाँग्देल देखि हरिप्रसाद प्रधानसम्म नेपालीयता भित्र समाहित पुग्न लागेको वेला भारतीय हुन पुगेका तेन्जिँग नोर्गे शेर्पा भूलवश नेपाली गीत गणीतका नायक हुन पुगे, यो यस्तो किसिमको पहिलो घटना वा घटक मानिन्छ ।
तेन्जिँग नोर्गे शेर्पालाई नेपाली समाजमा यस्तो उच्चार्षण दिने धर्मराज थापाले पनि यसपछि जनकवि केशरी जस्तो गरिमामयी पद पाए, राजकीय स्वरुपमा । यो उनको निम्ति ठूलो उपलब्धि नै थियो । धर्मराज थापा यसका लागि लायक पनि ठहरिए, इतिहासले यही भन्छ ।
धर्मराज थापाले आफ्नो युगमा पोखरा बाटुले चौरका गान्धर्वजातिलाई सारङ्गीसहित राष्टियता संगीतको मूलप्रवाहमा ल्याउनमा अहम् भूमिका निभाएकोमा दुई मत हुन सक्दैन । उनकै पहलमा दुर्गावहादुर गन्धर्वको संकलनको कालजयी लोकगीत आम्मैले सोध्लिन् ख्वै छोरा भन्लान् ..परियारकै छोरा झलकमान गन्धर्वको स्वरमा रेडियो नेपालमा रेकर्ड हुन सम्भव भयो । यसमा आँखा चिम्लेर धर्मराज थापालाई पूर्णांँक दिए हुन्छ । विक्रमाब्द २०१३ मा रेडियो नेपाल २५० मिडियम हर्ज थपिएर ५०० वाटको ट्रान्समिटर भएपछि धर्मराज थापाले राष्टिय स्तरमा लोकगीतको भूइँचालो नै ल्याए जसमा पश्चिमाञ्चलका लोक गीत वाहेक पूर्वेली लोकभाका पनि विद्युतीय तरङमा समाहित भए । झाम्रे गीतलाई विस्तारै उनले लोकगीतको दर्जामा ल्याएर उत्कृष्ट पहिचान दिलाए ।
रत्नदास प्रकाश र हरिप्रसाद रिमालको जस्तो गायनमा अभिनयको शैली नभए पनि उनले लोकलहरी मार्फत् आफ्नो नायकीय छविलाई रेडियोमा उतारे ।
बाइससालपछि जन्मेका नवकला कुञ्ज, लेकाली परिवार, राल्फाली समूह यसै लोक लहरी मार्फत् विद्युतीय तरंगमा देखा परेका हुन् भने गायिका तारादेवीलाई जनकवि केशरी धर्मराज थापाले नै रेडियो नेपालको आँगन टेकाएका हुन् र उनैको पहलमा उस्तद् भैरववहादुर थापाको संगीतमा तारादेवीले रेडियो नेपालमा पहिलो गीत तिमी र हामी भेटौँला फूलवारी छेवैमा भन्ने रेकर्ड गराएकी थिइन् । तिनै तारादेवीलाई पछि नेपाली जनसमाजले स्वरकिन्नरीको रुपमा स्वीकारेको इतिहास छ ।
तारादेवीलाई रेडियो नेपालमा ल्याउने वाहेक धर्मराज थापाले नेपाली संगीत क्षेत्रमा गरेको अमूल्य कार्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको आँशिक रेकर्डिँग पनि महत्वपूर्ण पाटो हो । देवकोटाको गीति नाटकलाई रेडियो सम्म पुर्याउन उनलाई उनकी प्रिय गायिका उर्मिलादेवी श्रेष्ठले पनि प्रशस्त योगदान पुर्याएकी थिइन् ।
सन्ध्या तिम्रो रिमझिमतामा, जीवनको आशा त्यो जस्ता गीतका कारण लोकप्रियताको शिखरमा भएकी गायिका उर्मिलादेवी श्रेष्ठ संगीतकार गोपाल श्रेष्ठकी भाञ्जी थिइन् । धर्मराज थापा उनको गलाका  फ्यान नै भए र उनीसित केही युगल गीत रेकर्ड गराए जुन नेपाली संगीतको अमूल्य खजाना भएको छ ।
 मित्रसेनले शुरु गरेको नेपाली लोकलयका गीतमा लालबहादुर गुरुङ, काली पन्त, मास्टर जीतु सिंह, उस्ताद जीतु सिंह, हवल्दार मानवीर राणा, भवानी चरणदास, उस्ताद खेमचन्द, उस्ताद साइँला पछि रत्नदासले बनाएको माइलस्टोनमा धर्मराज थापा आफ्ना समकालीन गोकुल जोशी र लोककवि अली मियाँ भन्दा द्रुतगतिमा  स्थापित भए, यो उनको कलाकुशलतको पहिचानको अर्को भाव हो भन्दा अत्युक्ति नहोला ।
गायिका तारादेवी र आफ्नी छोरी ज्ञानु राणाको गलाको कलालाई चिनेर रेडियो नेपालसम्म ल्याउनु र झलकमान गन्धर्व, बुद्धि परियार जस्ता ठेट नेपाली गीतका सर्जकलाई माइक्रोफोनसम्म पुर्याउने साहस गरेका थापा लोक लहरी कार्यक्रम चलाउँदा केही विवादमा पनि आए विशेषतः लेकाली समूहका कलाकारसित ।
रेडियो नेपालको जालझेल र प्रपञ्चभित्र परेर उनले आफ्ना नाममा भएका अरुका गीत जीवनकालैमा मौलिक सर्जकको नाममा फर्काउन ठूलो साहस गरेका छन्, त्यसमध्ये पुण्यप्रसाद सुवेदीको साँघुरी वारी नि हो त्यो धारापानी अनि सुवेदीकै शीतलुमाथि नि शीतलु पर्यो है जस्ता गीतबाट उनले आफ्नो स्वामीत्व झिकेर समयमै महानता देखाएका छन् जसले गर्दा यी गीतमाथि भैरहेको विवाद अन्त्य भएका छन् ।
जनकवि केशरी धर्मराज थापाले आफ्नो संकलनमा धेरै गीत अरुको आवाजमा रेकर्ड गराएका छन्, तीमध्ये तारादेवीले गाएको कालीपारे दाइ कति राम्रो, ढाकाटोपी काँधैमा गलवन्दी होस् वा नारायणगोपाल र ज्ञानु राणाले गाएको ढुँगाको छानो नि कान्छीको ढुँगाको छानो नौतल्ले घरको सुनमाया जस्ता लोकप्रिय गीतका कारण उनी सदास्मरणीय छन् ।
राष्ट्रले दिनुपर्ने र राष्ट्रबाट पाउनु  पर्ने सबै सम्मान र पुरस्कार सही समयमा पाएका स्रष्टा मध्ये पर्नुहुन्छ जनकवि केशरी धर्मराज थापा । तर उनै धर्मराज थापाको नाउँको रचनाको पारिश्रमिक गोरखापत्रको एक साहित्यिक प्रकाशनका उपसम्पादकले खाइदिएकोमा अपमानित महशुश गर्ने जनकवि केशरी आफूले काम गरेको संस्थामा आफैँ अपमानित भएको पीडा खूब पोख्थे अन्तिमकालसम्म । विक्रमाब्द २००३ मा आफ्नो पहिलो गीति साहित्य पहाडी जीवन लिएर साहित्यमा आएका धर्मराज थापा अँग्रेजीमा प्रकाशन भएको लिरिकल नेपाली पोय्ममा आफू नपरेकोमा खूब दुःखी हुन्थे, यसवारे यसका अनुवादक रोविन शर्मा, सम्पादक दिनेश अधिकारी वा प्रकाशक जीवा लामिछानेप्रति उनको अन्तिमकालसम्म गुनासो यथावत् रह्यो ।
उनी अन्तिम पटक गायिका देविका वन्दनको राष्टिय गीतमा एक मोडलका रुपमा सातमहिना अगि देखिएका थिए ।
लोकगीतका  संरक्षक धर्मराज थापालाई अन्तिम पटक उनकै जन्मस्थल पोखरामा गोर्खाली रेडियोले सम्मान गर्दा उनले भनेका थिए, “सपना विपना भो ..
फेरि उनले थप केही बोल्न सकेनन्, बल गरेर दोहोर्याएर  बोले फेरि उही वाक्य, “सपना विपना भो ..
पोखरावासीले उनको गलाबाट सुनेको  अन्तिम वाक्याँश यही थियो । शायद सम्पूर्ण नेपालीका निम्ति उनको अन्तिम सन्देश यही थियो ।
००
Published @aanapurnpost today

Tuesday 14 October 2014

My view on Nepali Cinema

View on Contemporary Nepali Cinema by Prakash Sayami





Nepali Contemporary Cinema : Its Influences and Strengths

By Prakash Sayami




When Nepali cinema emerged as an art form, it had to contend with two challenges, language and technicality. And both were influenced by Indian trends of filmmaking. Mehboob Khan’s film, ‘Mother India’ was a significant influence on Nepal's first film ‘Aama’ [1965]. Most of the actors in this film were Indian rather than Nepalese and most of the technical work like editing, recording and mixing were implemented in India. It was only after 18 years, that Nepalese directors and producers established an organisation called Royal Nepal Film Corporation [RNFC] and began creating their own cinema. The film, 'Maan Ko Baadh’ was made soon after by the RNFC within Nepal, employing its own pre and post-production technical facilities. Although not well received, RNFC continued making films like ‘Kumari’, ‘Sindoor’ and ‘Jivan-Rekha’ creating a much-required space for nurturing filmmaking in Nepal.


Beginning my career in cinema as an assistant director in 1986, I embarked as an independent filmmaker post 1993 with my first film ‘Prithivi’ which, released in 1994. was a commercial success. My second film ‘Seemana’ eluding to the Maoist movement, was released in1996, and again, was also commercially successful. Thereafter, I made films that were received with critical acclaim like ‘Avatar’ or was a complete

commercial disaster, like ‘Rani Khola’. And then I went on to making a Maithili film like ‘Hansa Chalai Pardes’ in 1995. The magic of cinema had sunk under my skin and while not making films, I would keenly follow the trends in filmmaking, soaking in the tentative yet vibrant energy of what was emerging as Nepali Cinema.


While the late 80's found RNFC very slow in making movies, other ventures like ‘Basudev’, ‘Kusume Rumal’ and ‘Samjana’ brought a huge change in the Nepalese movie market. ‘Basudev’ was based on the award-winning Nepali novel ‘Kattel sir ko chotpatak’ by Dr. Dhruva Chandra Gautam and ‘Kusume Rumal’ and ‘Samjhana’ were commercially successful, attracting new directors and producers in the market. One learnt the importance of strong narratives and precision of character-evolution through these films.


After Nepal became a SAARC member, several films were made in collaboration with with Sri Lanka, Bangladesh and Pakistan. These films however, they did not take off commercially and in the early 90s new filmmakers emerged, meeting challenges of creating new plots with a wider creative vision, from which Ugyen Chopel's ‘Saino’, Tulsi Ghimire's Lahure, Prakash Thapa's Santaan could be considered as significant creations.


In ‘Saino’, for instance, songs, music, location and casting were unique; the story, influenced by Freudian psychology, gave a new dimension to the female lead, rarely projected in Nepali society. This was the first Nepali film where Freud's interpretive psychology was employed as a narrative tool. ‘Lahure’ was about a Nepali man travelling overseas and to become a Gurkha, a plot that reflected the reality and struggle of the migrant Nepali. ‘Santaan’, directed by Nepal’s senior-most filmmaker Prakash Thapa, was a run-of-the-mill subject but since the treatment was new, it was a runaway success in the market.


By the end of the late 90s, a new cluster of filmmakers introduced more contemporary plots and concepts. Of these, Rabi Baral, Kishor Rana, Ujjwal Ghimire, Tshering Ritar Sherpa and Nabin Subba were prominent, addressing issues on youth, socio-political or as musicals. Tshering Ritar’s film on superstition and the serious issue of ‘witch’ killing was internationally recognised. Subash Gajurel made a film based on the novel ‘Basai’, Gyanendra Deuja's ‘Moona Madan’ [adaption of poet Laxmi Prasad’s novel ‘Devkota’] Yadav Kharel's ‘Adi kabi Bhanu bhakta’s. However, The these novel-based films were unable to do justice to the novels due to budget constraints and lack of research on the popularity of the subject.


Post 2000, a promising effort made by producers influenced the viewing preference of the audience. The new shift in its approach for smaller productions with more compact cameras like the Red Eye encouraged young filmmakers to work efficiently on science fiction and war films that drew a young audience to the theatres in droves.


Tulasi Ghimirey's 2001 film ‘Darpan Chhaya’ however, deviated from the new trend to create a time-tested narrative of triangular love. Well cast, with a soothing music score, Ghimire’s deft experience as a director is reflected in its mellow treatment, choice of exquisite locations in Darjeeling, and a mature handling of the narrative. As a filmmaker, I have admiration low-budget films that can portray much with limited resources and Ghimirey excels in this area.


Today’s filmmakers


Views on Jhola,

A recently made film, Yadav Bhattarai’s ‘Jhola’ is based on Krishna Dharabasi's story of the same name, which critiques the ancient Indian and Nepali tradition of Sati in India and Nepal. While recounting a novel on film has its own risk factors, director Yadav Bhattarai seems to have won the gamble!


Besides the storytelling, its cinematography is of a high order with excellently composed long shots and close-ups. A realistic depiction of location and costumes lent authentication to the film along with an understated acting that marked the mature handling of director Bhattarai.


Although the subject of Sati and violence against women has been in discourse in earlier films, never before has it been handled with the sensitivity and attention to detail as it has been done by the entire crew of this film. Some debatable situations prevail, for example, the opening and ending of the film. While the shaking camera scenes in the opening are meant to reflect the unstable age of the 50s, it did not impact viewers with its metaphor, but rather, left them confused. The treatment of the ending is more like that of a documentary with a feminist-activist stance. Thus, it has a docu-drama quality to it, rather than that of a feature film. Another way to approach the film would be to situate it as a “historical fiction film”. In that, yes, it has clearly secured a high position.


‘Loot’ a crime story by by Nischal Basnet offers a new twist to filmmaking. A narrative with six engaging characters keep you gripped until the end. The script is refreshingly original and the actors selected from theatre are profficient, especially Saugat and Dayahang. The high-voltage crime situations are comparable to those made in Hollywood and Bollywood.

Technically pulled off with aplomb, Nischal and his team have done justice to their learning at cinema school. While the screenplay has been well-crafted, there are voids in the evolution of the characters. Beside Saugat and Reecha, the other actors do not emerge satisfactorily. We can say it is a trend-breaker amidst the plethora of stereotypical films and stories.


‘Chapali Height’ Dipendra K. Khana, with all its efforts is just an average film with a limited plot with actors like Binita Baral who lures you with her youthful confidence but there is much left to be desired in the music score, the unimaginative screenplay and the cutting edge pace required in a thriller.


Change has visited us sporadically. Political change determines much of the creative flow in the arts but in Nepal, it is culture that dominates our society. Cinema has often transgressed political limitations and generated instead, a climate of hope and new beginnings in Nepali Cinema.


Prakash Sayami [b. 1965] is a poet. writer, media guru and filmmaker. Graduating from Ratna Rajya Laxmi Campus, he embarked as a film director since 1990. He writes in Hindi, Newari, Nepali and English. and has published more than 10 books in Nepali and one in English titled 'Ray: The Man of Cinema' in 1992. He lives and works in Bhainsipati, Lalitpur.

Ghazal

गजल

प्रकाश सायमी , (गोधूली संसार, सैँबु, ललितपुर ।)



एउटी दुःखी रुँदै गई आज यो नगरबाट
फूल खसे कि आँसु खै, उनको नजरबाट
जिन्दगी संगरमरमर होला अरुका लागि
ढुँगा कहिले मोति बनेन तिनको बगरबाट
ऊनको सपना सुनको हुन्न भन्थे कोही
घाउलाई स्याहारी रहिन् सँधै खञ्जरबाट
बाटो नै बरबादीको पहाड भो यात्रामा
अमृत कहाँ हुनु तिनी जलिरहिन् जहरबाट
आउँदा तिनी सबलाई रिझाउँछु भन्थिन्
आज आफै काँडामाथि हिँडिन् यो शहरबाट

Nepali Cinema 60 Years.

सिनेमाको मानचित्रः नेपाली सिनेमाको साठीवर्ष

प्रकाश सायमी, (ललितपुर)

विश्वमा पहिलोपटक देखाइएको सिनेमा 'द ट्रेन अराइभल इन स्टेशन' कुनै भाषाको नभएपनि यसलाई फ्रान्सेली दाजुभाइले बनाएका थिए । यो सिनेमा सन् १८९५ को डिसेम्बर महिनाको २८ तारिखका दिन प्रदर्शन हुँदा एसियाका धेरै मुलुक सहभागी भएका थिए । यसको ठीक एकवर्षपछि नेपालको छिमेकी मुलक भारतको मुम्बईस्थित होटल वाट्सनमा प्रदर्शन हुँदा केही नेपाली उद्योगपति पनि सो सिनेमाको प्रदर्शनमा सहभागी भएको प्रमाण पाइन्छ तर त्यसको लगत्तै भारतमा सिनेमा बने पनि नेपालीमा बन्न सकेको थिएन । तर सन् १९१३ मा भारतको मुम्बईमा बनेको पहिलो सिनेमा राजा हरिश्चन्द्रको प्रभावमा कोलकता निवासी दिव्येन्द्रविक्रम परियारले सत्य हरिश्चन्द्र सन् १९५७ मा बनाए । हालसम्म पाइएको पुष्ट अपुष्ट प्रमाणका आधारमा सत्य हरिश्चन्द्र नै पहिलो नेपाली सिनेमा मानिन्छ । केही भारतीय नेपाली केही भारतमा संघर्षरत नेपाली सहभागी भएको सो सिनेमाको स्थिर चित्र बाहेक प्रमाणका रुपमा अन्य केही भेटिएको उदाहरण छैन । पंचायतकालमा शाही नेपाली चलचित्र संस्थानका महाप्रबन्धक हुँदा सो सिनेमाको रिल चालीस हजार रुपियाँमा किनॆको चलचित्रकर्मी यादव खरेलले दावी गरेपनि त्यसको निशानी अब केही बाँकी छैन ।
सत्य हरिश्चन्द्र बन्दा तत्कालीन राजा त्रिभुवन भारत प्रवासमा रहेको हुनाले प्रमुख अतिथिका रुपमा उनले शुभ मुहुर्त गरेको उल्लेख पाइन्छ र उनले सम्मानपूर्वक नेपाली जातिको एडेप्टेबिलिटीप्रति गर्व गरेको कुरा स्व। दिव्येन्द्रविक्रम परियार सम्झना गर्दथे ।
सत्य हरिश्चन्द्रको प्रदर्शनका वेला नेपालीको सहभागिता शुन्य बराबर भएपनि यस सिनेमाको प्रदर्शन पछि नेपाल र नेपालीका निम्ति आफ्नै भाषाका वारेमा सिनेमा बन्नु पर्ने आवश्यकता महशुस हुन्छ । तर पनि यस सिनेमाको प्रदर्शन पछि आशातीत सफलता नदेखिएकोले निजी क्षेत्रबाट कुनै किसिमको उत्साह देखिएन ।
सत्य हरिश्चन्द्र प्रदर्शनको दसवर्षपछि नेपालभित्रैबाट सरकारी लगानीमा आमा नामक सिनेमा बन्ने घोषणा भएकै समय निजी क्षेत्रबाट सुमनान्जली फिल्मस्को व्यानरमा माइतीघर नामक सिनेमाको निर्माणको घोषणा भयो ।
यी दुवै सिनेमाका निर्देशक नेपाली मूलका भारतीय भएपनि दुवैजना सिनेमा निर्माणका ज्ञाता थिए । आमा सिनेमामा सम्पूर्ण कलाकार नेपालभित्रैबाट लिइएका थिए भने माइतीघरमा नायक नेपाली भएपनि नायिकामा भारतीय अभिनेत्री माला सिन्हा, चरित्र अभिनेता सुनील दत्त, राजेन्द्र नाथ आदि समाहित थिए । दुवै सिनेमामा प्राविधिक पक्ष भारतीय प्राविधिकले सम्हालेका थिए भने माइतीघर मा संगीतकार देखि गायनमा समेत भारतीय कलाकारको सहभागिता थियो । आमा सिनेमाका निम्ति नातिकाजी शिवशंकरले संगीत दिएका थिए भने पुष्प नेपाली तारादेवी शिवशंकरले पाश्र्वस्वर दिएका थिए । माइतीघरका निम्ति तीनजना संगीतकार चयनमा भएपनि जयदेव एक्लैले यसमा व्यावसायिक रुपले असफल भएपनि माइतीघरका गीतमा भारतका चर्चित गायक गायिका लता मंगेशकर, मन्ना डे, आशा भोंसले, गीता दत्त आदिले स्वर दिएका थिए । यस चलचित्रका निम्ति प्रेमध्वज प्रधान, नारायणगोपाल र अरुणा लामा चयन भएपनि नारायणगोपालले मुम्बई गएर गीत गाउन सकेनन् ।
आमा भारतको सर्वाधिक चर्चित सिनेमा मदर इन्डियाबाट प्रभावित थियो भने माइतीघर बङ्गाली सिनेमा ममताबाट प्रभावित मानिन्थ्यो । दुवै सिनेमा जे अर्थमा बनिएको भए पनि यसले नेपाली जनस्थानमा एककिसिमको प्रभाव पार्यो । निर्माणको हिसाबले पहिलो मानिएको माइतीघरको प्रदर्शनमा ढिलाई भएपछि निर्मातामा निराशा देखियो भने यसका निर्देशक बीएस थापा लामो समय नेपालबाट पलायन भए । तर आमाको प्रदर्शन पछि यसका निर्देशक हीरािसंह खत्री नेपालमै बसेर अन्य सिनेमा बनाउन थाले उनले क्रमशः 'हिजो, आज, भोलि' बनाए । बीसको दशकमा बनेको परिवर्तन साहित्यिक कृतिमा आधारित पहिलो नेपाली सिनेमा मानिन्छ । जनार्दन समको नाटक 'चेतना'मा आधारित यस सिनेमामा गायकको रुपमा नारायणगोपालले प्रवेश गरे भने गीतकारको रुपमा चेतन कार्की ले प्रविष्टी पाए । चलचित्रमा संवाद लेखकका रुपमा चेतन कार्कीले यसै समय प्रवेश गरे । यसै सिनेमाबाट अभिनेता नीर शाह, शैल्यान केसीले प्रवेश गरे ।
निर्देशनका दृष्टिकोणले हीरािसंह खत्रीको 'परिवर्तन' अन्तिम चलचित्र भएपनि उनले नेपाली चलचित्र जगतका निम्ति राम्रा निर्देशक चेतन कार्कीलाई जन्माएर गए ।
तीसको दशकः प्रवेशको युग
तीसको दशक नेपाली चलचित्रको निम्ति एक आकर्षक समय मान्न सकिन्छ यसै दशकमा नेपाली चलचित्रको विकासको निम्ति शाही नेपाल चलचित्र संस्थानको स्थापना भयो । यस संस्थानले राजाका कथानक चलचित्रको रुपमा पहिलो सिनेमा मनको बाँध बनायो । मनको बाँध भारतमा भर्खरै बनेको बी. आर. चोपडाको नयाँ दौरबाट प्रभावित थियो तर यसले व्यावसायिकतको पुट दिन सफल भएको भान हुन्छ । २०३२ प्रदर्शित यस सिनेमाका निर्देशक प्रकाश थापा जो भारतमा संघर्षरत कलाकार थिए । उनले प्राविधिक ज्ञान नभए पनि नेपाली छायाकार बैकुण्ठ मास्केको सहयोगमा सफलतापूर्वक परिणाम दिए । आमा पछि नातिकाजी-शिवशंकरले यसमा छापलाग्दो संगीत भरे । यसै चलचित्रमा पाश्र्वगायनमा तारादेवी नारायणगोपाल गुरुवाचार्य, बच्चुकैलाश ,मीरा राणा देखापरे । गीतकारका रुपमा पहिलोपटक माधव घिमिरे चलचित्रमा देखापरे भने माइतीघर पछि किरण खरेलले यसमा चमत्कार देखाए । तर पनि प्रदीप रिमालको कस्तुरी है बास आउँछ भन्छन् र माधव घिमिरेको फूलको थुँगा बगेर गयो गीतले चलचित्रको ज्यानलाई बचायो । यसै चलचित्रबाट शैल्यान केसी, सुषमा शाही, मीना िसंह, आनन्द थापा, हरिप्रसाद रिमालजस्ता कलाकारले ठूलो सम्भावना दिए । तर चलचित्र लेखकका रुपमा आएका श्रीधर खनालको यो पहिलो र अन्तिम चलचित्र सावित भयो भने क्यामेराम्यान बैकुण्ठ मास्केको पनि यो अन्तिम चलचित्र नै सावित भयो । तर छायाकार मास्केले दुई असल सहायक मुरारि ठाकुर, मञ्जु कुमार श्रेष्ठलाई उज्ज्वल भविष्य दिएर गए ।
शाही नेपाल चलचित्र संस्थानबाट दोस्रो व्यावसायिक सिनेमा 'कुमारी' बन्यो । नेपाली भाषामा बनेको पहिलो रंगीन चलचित्र कुमारी बिजय मल्लव्दारा लिखित उपन्यास कुमारी शोभा मा आधारित थियो । फिल्म निर्देशनमा मस्कोबाट अध्ययन गरेर आएका प्रेमबहादुर बस्नेतले निर्देशन गरेको यस चलचित्रमा नायिकाको रुपमा चैत्यदेवी िसंहले प्रवेश पाए भने यो नै उनको अन्तिम चलचित्र हुन पुग्यो । नायकका रुपमा आएका शैल्यन केसी पनि यो अन्तिम सिनेमा बन्न पुग्यो । तर खलनायक गौतमरत्न तुलाधर, हास्य कलाकार आनन्द थापा, नयाँ कलाकार लक्ष्मी श्रेष्ठले राम्रो प्रभाव पारे । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सहाभागिता जनाएको यस चलचित्रमा संगीतकारका रुपमा शिवशंकर र चन्द्रराज शर्माले संयुक्ति दिए भने गायनमा प्रतिभाशाली गायक माणिकरत्न स्थापितले ख्याति कमाए । व्यावसायिक सोचको न्यूनतम अपेक्षा राखिएको यस सिनेमाबाट निर्देशक प्रेमबहादुर बस्न्यातले पनि निर्देशनबाट विदा लिए ।
तीसको दशकमा भारतबाट प्रवासी नेपालीको तर्फबाट दार्जीलिङमा प्रताप सुब्बाले परालको आगो बनाए । कथाकार गुरुप्रसाद मैनालीको कथामा निष्कपट रुपमा न्याय गरिएको यस चलचित्रले नेपाली सिनेमाको मुहारलाई बदल्ने कोसिस गर्यो रंगमंचको प्रशस्त अनुभव बोकेका परिष्कृत कलाकार टंक शर्मा, बसुन्धरा भुषाल, विश्वमणि हिङमाङ, मेनुका प्रधान, आइ के प्रधान आदिलाई समाविष्ट गरेर बनाइएको परालको आगो धेरै किसिमले नेपाली सिनेजगतमा एक अब्बल दर्जाको सिनेमा मान्न सकिन्छ । पहिलो पटक नेपाली चलचित्रमा महिला संगीतकार रुपमा शान्ति ठटालले उत्कृष्ट संगीत संरचना गरेकी छिन् भने निर्देशकका रुपमा प्रताप सुब्बाले कोसेढुङ्गा बनाएका छन् । यस चलचित्रको निर्माणपछि प्रताप सुब्बाले प्रवासको बजारलाई खोलिदिएकाछन् ।
तीसदशकको मध्यतिर निर्देशक प्रकाश थापा दौलतविक्रम विष्टको कथामा सिन्दुर चलचित्र लिएर देखापरे । उनले नयाँ नायक विश्व बस्नेत, नयाँ नायिका मिनाक्षी आनन्दलाई पर्दामा सशक्त रुपमा प्रस्तुत गरे भने यही चलचित्र मार्फत् दार्जीलिङबाट नेपाल आइ बसेका गोपाल योाजनलाई नातिकाजीसित संयुक्त रुपमा संगीतकारको जोडीमा प्रस्तुत गरे । दुबैले सफल संगीतमा आफ्नो पहिचान दिए । यसै चलचित्रबाट नवगायक उदीतनारायण झा, नवगायिका सुषमा श्रेष्ठ पर्दामा आए भने नारायणगोपाल र तारादेवी मनको बाँध पछि फेरि जमे । व्यावसायिक रुपमा अत्यन्त सफल मानिएको पहिलो नेपाली चलचित्र सिन्दुरले काठमाण्डूको हलमा बाउन्न हप्ता चलेर अभिलेख कायम गर्या । यस चलचित्रबाट मञ्जु कुमार र मुरारि ठाकुर छायाकारको रुपमा स्थापित भए भने अभिनेता नीर शाह, सुवर्ण पोखरेल, सुशीला केसीले आफ्नो पहिचान बनाए । पहिलो पटक पर्दामा देखापरेका हरिहर शर्मालाई सुब्बा साहेबको रुपमा र शान्ति मास्केलाई बोक्सी बुढीको रुपमा अनि गोपालराज मैनाली र बसुन्धरा भूषाललाई चँखे-नक्कलीको जोडीमा सदैव सम्झिने बनाए । यसै चलचित्रबाट अभिनयमा शम्भुजित बाँसकोटा, श्रीमाला शर्मा, हरिवंश आचार्य, प्रदीप रिमाल, राजन बस्न्यात, शशि पाठक, हिमालय लोहनी आदि देखापरे ।
यस चलचित्रको प्रदर्शनपछि निर्देशक प्रकाश थापा सफल निर्देशकका रुपमा देखापरे भने शाही नेपाल चलचित्र संस्थानले पुनः सक्रियता देखायो । यस चलचित्रको प्रदर्शनसँगै भारतबाट प्रताप सुब्बाको निर्देशनमा बाँच्न चाहनेहरु प्रदर्शन भयो । नवनायक किरण ठकुरी, नायिका पुण्यप्रभा लोहार सहित दार्जीलिङका एक जत्था कलाकारले आफूलाई प्रस्तुत गरेको सो फिल्मले राम्रो बजार लिन सकेन ।
तीसदशकको अन्त्यसम्म आइपुग्दा नेपाली सिनेमामा विस्तारै व्यावसायिकता देखा पर्यो । यसैवेला प्रकाश थापाले अर्को व्यावसायिक सिनेमा जीवन रेखा बनाए । नयाँ नायक शिव श्रेष्ठ र परिचित नायिका मीनाक्षी आनन्दको मूलभूमिका रहेको जीवन-रेखामा पहिलो पटक संगीतकार अम्बर गुरुङले संगीत दिए । पाश्र्वसंगीतकारको रुपमा यो अम्बर गुरुङको पहिलो र अन्तिम चलचित्र हुनपुग्यो । यसै सिनेमाबाट अर्जुनजङ्ग शाही, हरिबहादुर थापा, बलमानिसं स्वाँर, जयनेन्द्र चन्द ठाकुर पहिलो पटक देखापरे । यसै सिनेमाबाट पर्दामा व्दन्द पस्किने परम्परा शुरु भयो । व्यावसायिक रुपमा सफल मानिएको यस सिनेमाले नेपाली सिनेमाप्रेमीलाई चलचित्र निर्माण प्रति आकर्षित गर्यो । यसपछि मात्र निजी क्षेत्रबाट सिनेमा बनाउने लहर नेपालभित्र पनि देखा पर्यो । यसक्रममा सुजाता प्रोडक्शनले भारतीय निर्देशक शरद् पालेकरको निर्देशनमा जूनी बनाउने घोषण गरे । जुनी असफल भएपनि यस चलचित्रबाट नयाँ नायक भुवन केसी स्थापित हुन पुगे ।
यसपछि हेम लामाले आदर्श नारी र बी एस थापाले कान्छी बनाए । कान्छी बाट नवनायिका शर्मिला शाह नायिकाको रुपमा आए भने आदर्श नारीबाट बिजय लामा नायकको रुपमा र अँशुमाला शाही नायिकाको रुपमा देखा परे । निर्देशकीय रुपमा आदर्श नारी हेम लामाको पहिलो सिनेमा थियो भने अन्तिम पनि हुन पुग्यो । कान्छी बीएस थापाको पुनरागमन थियो माइतीघर पछि । उनले यसपालि सफलताको झन्डा गाडे । यस चलचित्रबाट कृष्टि केसी, ऋद्धिचरण श्रेष्ठ, गोपाल भुटानी, गौतम तुलाधर स्थापित भए । कान्छी बाट गायनमा प्रकाश श्रेष्ठ, बिमला राई पर्दामा आए भने नारायणगोपाल र अरुणा लामाले स्तम्भ बनाए । पुराना गायक प्रसाद श्रेष्ठ यसै चलचित्रबाट पुनः गायनमा देखापरे ।
गोपाल योंजनले यसपछि शाही नेपाल चलचित्र संस्थानको अर्को चलचित्र बदलिँदो आकाशमा संगीत दिए । यसमा शिव श्रेष्ठ, सुषमा शाही लगायत टीका पहारी, रबीन्द्र खड्का, नीर शाह आदि देखापरे । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ् इन्डियाबाट प्रशिक्षित लक्ष्मीनाथ शर्मा निर्देशित यो सिनेमाबाट चलचित्र संस्थानले कुनै सम्भावना दिन सकेन ।
चलचित्रको तीस दशकको इतिहासमा सरकारी र गैरसकारी लगानीमा बनेका चलचित्रको प्रभुत्व रहयो भने यसै दशकमा नेपाली चलचित्रमा प्रेम रोमान्स र संगीतप्रधान सिनेमा बने पनि केही चलचित्रमा स्पष्ट रुपमा राजनीतिक सन्देश भएका सिनेमा पनि बने ।
तीसको दशकमा बनेका सिनेमामा कथा र संगीतको महत्वका साथै नेपाली प्राविधिकीको प्रयोग प्रशस्त भएको पाइन्छ र यस समय बनेका धेरै सिनेमाको छायाँकन नेपालको पश्चिमी भेग पोखरा, पाल्पा र स्याङ्जामा बढी भएको पाइन्छ भने केही चलचित्रको छाँयाकन भारतको मुम्बई र दार्जीलिङमा पनि भएको देखिन्छ ।
तीसको दशकमा नेपाली सिनेमा संगीतमा नेपालीय स्वरमा नारायणगोपाल, तारादेवी, अरुणा लामा र प्रेमध्वज प्रधानको स्वर बढी प्रयोग गरिएको छ भने संगीतकारका रुपमा बीसदशकका लोकपि्रय संगीतकार नातिकाजी, अम्बर गुरुङ, शिवशंकरका साथै अम्बर गुरुङकै चेलाका रुपमा परिचित शान्ति ठटाल र गोपाल योाजनले कान्छी मार्फत केही कालजयी गीत प्रस्तुत गरे भने चेतन कार्कीको शब्दमा रहेको कान्छी हे कान्छी बोलको गीतले लामोसमय दर्शकपंक्तिमा छाप राख्यो । अम्बर गुरुङको स्वरमा 'कहिँ आफ्नै भुँवरीमा आफै पर्या' कि जस्ता गीतले अमीट छाप छोड्न सफल भयो भने प्रेमध्वज प्रधानको स्वरमा हाँस्ने रहरहरु ले लामो समय ओठमा बसाइँ सर्यो
सरकारी सुविधाका वावजुद पनि यस समय बनेका सिनेमा ३५ मिलिमिटरको प्रतिस्पर्धायुक्त प्रविधिमा छायाँकन हुने गथ्र्यो भने छायाँकारले त्यही सुविधा अनुरुप चलचित्रको गुणस्तरको परिणाम दिनसक्थ्यो । बजारको उचित व्यवस्था नभए पनि चलचित्रको विपणनको निम्ति सरकारी नीति तय थिएन ।
चालीस दशकको शुरुवातः निजी क्षेत्रको रुचि
चालीस दशकको शुरुवातमा प्रवासबाट खगेन्द्र सुब्बाको अर्को जन्म, तुलसी घिमिरेको बाँसुरी र प्रताप सुब्बाको कहिँ अँध्यारो कहिँ उज्यालो प्रदर्शनमा आए । तर ती कुनै चलचित्रले मापदण्ड बनाउन सकेनन् । बाँसुरीबाट नयाँ निर्देशक तुलसी घिमीरे आएजस्तै सङ्गीतकारका रुपमा रन्जीत गजमेर पर्दामा आए । उनले केही सम्भावना देखाए । अर्को जन्मबाट सङ्गीतकार गोपाल योाजन मैदानमा आए ।
आदर्श नारीको असफलता र कान्छीको सफलताको लगत्तै प्रगति प्रोडक्शनले नयाँ निर्देशक चेतन कार्कीको निर्देशनमा विश्वास को निर्माण शुरु गर्यो । यसै सिनेमाबाट दुई नयाँ नायिका राजश्री क्षेत्री र रोशी कार्की पर्दामा आए भने शिव श्रेष्ठ पुनः नायकमा दोहोरिए । यसै चलचित्रले चेतन कार्कीको लामो अनुभव र अध्ययनलाई पर्दा सजीव ढङ्गमा पोख्ने काम भयो उनले यसै चलचित्रबाट अभिनेत्री मिथिला शर्मालाई प्रविष्टि दिए भने रंगमाचका कीर्तिस्तम्भ रत्नदास प्रकाशलाई सम्मानपूर्वक अभिनय गराए । विश्वास चलचित्रबाट संगीतकार गोपाल योन्जन र उनका मित नारायणगोपालको सम्बन्ध तोडियो भने प्रकाश श्रेष्ठ उनका प्रिय गायक भए ।
चालीस दशकको थालनीमै दुई सम्भावनावान निर्देशक देखापरे शम्भु प्रधान र तुलसी घिमिरे । यी दुवै निर्देशकमा धेरै कुराको समानता थियो । शम्भु प्रधानले सम्झना र तुलसी घिमीरेले कुसुमे रुमाल दुइटै सिनेमा भारतको पहाडी राज्य पश्चिमी बङ्गालको दार्जीलिङमा छायाँकन गरेका थिए । दुवै चलचित्रका नायक जुनीबाट असफल भएका भुवन केसी थिए भने दुवै सिनेमाका नायिका तृप्ती नाडकर थिइन् । दुवै चलचित्रका संगीतकार रन्जीत गजमेर र छायाँकार विनोद प्रधान थिए । यी दुवै निर्देशक भारतमा बसेर प्रशिक्षित भए पनि नेपालमा आएर भविष्य बनाउन चाहन्थे । शम्भु प्रधानले नेपालको छात्रवृत्तिमा पुणे गएर अध्ययन गरेका थिए भने घिमिरेले सिक्किमबाट श्याम प्रधानको फिल्म रोमियो इन सिक्किम बाट फिल्मजगत्मा प्रवेश मात्र पाएनन् त्यहीँबाट आफ्ना गुरु पाए ।
यी दुवैले एकै समय सिनेमा मात्र बनाएन् यी दुवै फिल्म सम्पादनमा भारतमा कार्यरत थिए । यी दुवैका पछाडि छायाकार विनोद प्रधान र संगीतकार रन्जीत गजमेर थिए । सम्झनाबाट मुरलीधरले आफ्नो स्थान बनाए भने कसुमे रुमालबाट विश्वमणि हिङमाङ स्थापित भए । यी दुवै चलचित्रबाट प्रवासीय भूमिमा संघर्षरत गायनकर्मी उदीतनारायण झा, दीपा गहतराज, निर्मला गजमेर, भारती गजमेर प्रख्य भए । गायनका हिसाबले उच्चता देखिएको दुवै सिनेमामा गीति लेखन अति कमजोर र फितलो मानियो ।
चालीसको दशकमा भारतको बाइसौँ राज्य सिक्किमबाट प्रताप सुब्बाको निर्देशनमा मशाल बन्यो । किशन रोकाको कथामा आधारित मशाल मा नयाँ नायक तेज रसाइली देखापरे भने मुम्बईका स्थापित कलाकार डैनी र रजनी शर्माले अभिनय गरे । यस चलचित्रले कुनै पनि किसिमको प्रभाव नेपाली दर्शकलाई दिन सकेन । मशालको असफलतापछि सिक्किममा लामो समय सिनेमा बन्न सकेन ।
चालीसको अन्त्यतिर अभिनेता नीर शाहले साहित्यिक कृतिमा आधारित सिनेमा बासुदेव बनाए भने प्रकाश थापाका सहायकका रुपमा कार्यानुभव बटुलेका प्रदीप रिमालले के घर के डेरा नामक सिनेमा बनाए । बासुदेवबाट नयाँ नायक कृष्ण मल्ल र के घर के डेराबाट पुरण जोशी पर्दामा आए । बासुदेवमा नीर शाहको निर्देशकीय क्षमता उच्चकोटिको देखियो भने उनले कठिन विषयवस्तुलाई सरल ढङ्गले पर्दामा रुपायित गरे यस चलचित्रले नेपालको व्यापारी घराना चौधरी परिवारलाई आकर्षित गरे पनि सफलताको स्वाद दिन सकेन । के घर के डेरा ले अत्यन्त व्यावसायिक कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गोपालराज मैनालीलाई समेटे पनि असफलता भोग्नु पर्यो । यस चलचित्रले नयाँ संगीतकार शुभबहादुर सुनाम र शम्भुजित बाँसकोटालाई पर्दामा प्रस्तुत गर्ने बाहेक नयाँ कार्यानुभूति केही हुनसकेन । यसमा गायक ओमविक्रम विष्ट र दीपक खरेलले आफ्नो स्वर पहिलो पटक पर्दामा प्रस्तुत गर्ने मौका पाए । बाँसुरी बाट अभिनयमा उदाएका बन्नी प्रधानले झोडा नामक सिनेमा यसैवेला बनाए ।
चालीसको दशक नेपाली सिनेमामा हेम लामा, तुलसी घिमीरे, शम्भु प्रधान, बन्नी प्रधान, शरद् पालेकर, चेतन कार्की, लक्ष्मीनाथ शर्मा, नीर शाह आए पनि व्यावसायिक रुपमा बीएस थापा प्राविधिक रुपमा निकै सफल देखिए । उनको स्तरमा पुग्न नसकेपनि शम्भु प्रधान र तुलसी घिमीरेले छुट्टै पहिचान बनाए ।
यी दुई निर्देशकको आगमन पछि तीस दशकका सक्रिय निर्देशक प्रकाश थापा र प्रताप सुब्बा अलि सुस्त भएको देखिए पनि चालीस दशकको मध्यतिर प्रकाश थापाले सन्तान बनाए भने यस चलचित्रले नयाँ नायक अर्जुनजङ्ग शाहीको युग शुरु हुनुका साथै नवनायिकाव्दय करिश्मा के.सी र गौरी मल्ललाई पर्दामा प्रस्तुत गर्यो भने यही सिनेमाबाट भारतका चर्चित वाद्यवादक मनोहरि िसंहले संगीतकारको रुपमा प्रवेश गरे ।
चालीस दशकमा राजनीतिक रुपले प्रभावित भएर नीर शाहले पच्चीस बसन्त नामक सिनेमाको निर्देशन गरे पंचायती व्यवस्थाको अवसानको समय बनेको यस सिनेमाले आशातीत व्यापार गर्न सकेन । यसै समय भारतको सिक्किमबाट छाँयाकन शुरु गरेर नेपालमा निर्माण सम्पन्न भएको साइनो ले नयाँ प्रयोग र प्रस्तुतिमा बजार बनायो । नयाँ निर्देशक उग्येन छोपेलले पहिलो पटक नेपाली चलचित्रमा सिग्मन्ड फ्रायडको यौन मनोविज्ञानलाई साङ्केतिक रुपमा प्रविष्टी दिए भने यही चलचित्र मार्फत् पहिलो पटक नेपाली भोटे लाप्चे र इस्लामिक पात्रको पर्दामा एकरुपता पनि दिए । मशालबाट नेपाली चलचित्रबाट पलायन भएका डैनी यसपटक यस चलचित्रमा राम्ररी जमे भने सम्झना पछि मुरलीधर यस चलचित्रबाट स्थापित भए । दार्जीलिङेली रंगमंचका होनहार प्रतिभा पुकार गुरुङ, विमला राई, के बी मोक्तान, अजय शर्मा, ध्रुव लोहगान, प्रदीप पाखि्रन आदि देखापरे ।
शम्भु प्रधानले निष्ठुरी बनाउने घोषणा गरे तर मायालु बनाए । तुलसी घिमिरेले लाहुरे बनाए । लाहुरेबाट श्रवण घिमीरे नायक भए । बी एस थापा पुनः नयाँ चलचित्र मायाप्रीति मार्फत् पर्दामा आए । उनले नव नायक रबीन्द्र खड्कालाई पर्दामा ल्याए भने कृष्ण मल्ल र शर्मीला शाह -मल्ल लाई पुनः दोहार्याए ।
यसैदशक नेपाली चलचित्र उद्योगमा संयुक्त लगानीका सिनेमा निर्माणको क्रम शुरु भयो जसले गर्दा नेपाली कलाकार विस्तारै विदेश पलायन हुनथाले । त्यसमध्ये शिव श्रेष्ठ, सुषमा शाही, डली गुरुङले नेपालको भूमि छोड्न थाले । भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्काले आपसमा मिलेर शुरु गरेको यो अभियान लामो समय चल्न सकेन ।
चालीसको दशकको अन्त्यतिर नयाँ निर्देशकमा दीपक रायमाझी- भाग्य रेखा, चन्द्रप्रकाश घिमिरे –पिरती, प्रदीप उपाध्यायले -झुमा लिएर आए । भाग्यरेखा पछि झुमामा अभिनय गरेकी मौसमी मल्लले त्यससमय सबैभन्दा बढी पारिश्रमिक लिएकी थिई भने नयाँ निर्देशक फूर्वा छिरिङ्ग शेर्पाले आफ्नो पहिलो चलचित्रमा नवनायिका मनीषा कोइरालालाई दिनको हजार रुपिया दिएर नायिकाको पारिश्रमिको रेकर्ड तोडेका थिए ।
चालीसको दशकको उत्तर्राद्धमा राजेन्द्र शलभको निर्देशनम विजय पराजय बन्यो । यसमा संगीतकारको रुपमा शम्भुजित बाँसकोटा आए भने श्याम राईको चोटबाट भूपेन्द्र रायमाझी आदि अगाडि आए । यी दुवै चलचित्रमा नवनायक सरोज खनालका साथमा नवनायिका रुपा राना सक्रिय रहे । यसैसमय नयाँ निर्देशक यादव खरेल चेलीबेटी लिएर आए भने पुराना निर्देशक चेतन कार्की भुँवरी लिएर देखा परे ।
चालीसको दशकमा नयाँ नायक नायिकाको लहरमा पिरतीबाट नबीना श्रेष्ठ आए भने गौरी मल्ल, कृष्टि केसी, करिश्मा केसी, रुपा राना देखापरे ।
निर्माणका दृष्टिकोणले चालीसको दशकमा बनेका प्रायः सिनेमामा प्रविधिको परिचय संकुचित हुँदै गयो । यसवेला बनेका सिनेमा १६ मिमीमा खिचेर ३५ मिमीमा ब्लो अप गरेर देखाउने किफायती प्रविधि सुरु भयो जसले गर्दा खुल्ला बजारमा अन्य सिनेमासित प्रतिस्पर्धा गर्न नसकिने भयो । यसैसमय पंचायती सरकारले नेपाली सिनेमामा संरक्षण दिने घोषणा गरेपछि निजी क्षेत्रमा निर्माणको होड चल्न थाल्यो र यो सुविधाले नेपालबाहिर बन्ने सिनेमा पनि नेपालभित्रै बन्न थाल्यो ।
साङ्गीतिक पक्षमा यस दशकमा पनि अम्बर गुरुङकै चेलाव्दय गोपाल योन्जन र रन्जीत गजमेर नै मैदानमा सक्रिय रहे । दार्जीलिङबाट आएका दुवै संगीतकारले फरक फरक परिचय दिए नेपाल भास्सिएका गोपाल योन्जनले सक्दो नेपाली गायनकर्मीलाई गाउने मौका दिए भने उनकै सहकर्मी रन्जीत गजमेरले सक्दो अनेपाली स्वरलाई नेपाली सिनेमामा प्रविष्टी दिए ।
तुलसी घिमीरेले चिनो नामक सफल सिनेमा बनाए भने शम्भु प्रधानले निरन्तरता दिइरहे । प्रकाश थापाले कन्यादान, अधिकार जस्ता नयाँ सोचका सिनेमा बनाए । चिनोबाट सुनील थापा, कन्यादानबाट मुरलीधर खलनायकमा स्थापित भए भने नायिका गौरी मल्ल र कृष्टि केसी सर्वप्रिय भए । चालीसको दशकमै गायकबाट नायक बनेका उदीतनारायण झाले पिरती को असफलतापछि अभिनय छोडिदिए भने गायकबाट नायक बनेका भुवन केसीले निरन्तरता दिइरहे ।
पचासको दशकः युवाको स्वर
चलचित्र बनाउन कपाल पाकेको, तालु खुइलिएको हुनुपर्छ भन्ने मान्यतालाई त्यागेर तेईस वर्षीय उग्येन छोपेल आएपछि उनको सफलताका पछाडि नीर शाहका सहायक भएर काम गर्दै गरेका श्याम राई आए भने श्याम राईका सहायक भएर काम गरेका नारायण पुरी पनि निर्देशक भएर देखापरे । पचासको दशकमा धेरै युवा निर्देशकले चलचित्रमा प्रवेश गरे ।
त्यतिवेला दुई किसिमका निर्देशक पर्दामा आए । सरकारले स्थापना गरेको टेलिभिजनबाट प्रशिक्षित टेलिसचारकर्मीहरु र भारतका मुम्बईमा संघर्ष गरेर काम सिकेका युवा जमात । मुम्बईबाट आएका युवा पुस्तामा किशोर राना, राजविक्रम शाह, प्रकाश सायमी थिए भने नेपाल टेलिभिजनबाट प्रशिक्षित श्याम राई, रमेश बुढाथोकी, तीर्थ थापा, नारायण पुरी, महेन्द्र श्रेष्ठ, राजेन्द्र शलभ आदि थिए । ती दुवै धारका निर्देशकको सिनेमा निर्माण र प्रस्तुतिमा पृथकता अवश्य थियो ।
छयालीस सालको आन्दोलन पछि प्रहरी सेवामा रहेका नायक अर्जुनजङ्ग शाहीलाई वहिष्कार गरिने घोषणा भएपछि उनी चलचित्रवृत्तबाट विस्तारै बाहिर भए । उनले खेल्ने शैलीका सबै सिनेमामा नवनायक राजेश हमाल देखापरे । दीपक रायमाझी निर्देशित युगदेखि युगसम्म बाट आएका राजेश हमालले भुवन केसी र शिव श्रेष्ठको ठाउँमा आफूलाई विस्तारै ठाउँ बनाए ।
पचासको दशकको शुरुवातमै किशोर रानाको कर्जा, प्रकाश सायमीको पृथिवी, तीर्थ थापाको सडक, रेशराज आचार्यको बोगसको निर्माण शुरु भयो । तर यही दशकमा बनेको किशोर रानाको राँको ले प्रविधिमा नयाँ छलाङ त लगायो तर यो व्यावसायिक रुपमा अफापसिद्ध भयो । नेपाली चलचित्र जगतका सिनेमास्कोपमा बनेको यो पहिलो फिल्मबाट निर्माता निराश भए ।
पचासको दशकमा आएका युवा निर्देशकले विचार विषयवस्तु र प्रस्तुतिमा नयाँ नयाँ शैली र शिष्टता अपनाए । नेपाली सिनेमाका गीतको रेकर्डिङ भारतको मुम्बईमा हुन थाल्यो भने प्राविधिक कार्य पनि विदेशतिर हुन थाल्यो । यही क्रममा केही चलचित्रको छायाँकन बेलायतमा समेत हुनथाल्यो । बेलायतमा छायाँकन गरिएको किरण प्रधानको पहिलो सिनेमा कस्तुरी बाट नयाँ नायक अजयशेखर देखापरे भने विदेश पलायन भइसकेकी नायिका करिश्मा केसी पुनः फर्केर नेपाल आए ।
पचासको दशकमा बनेका प्रायः सिनेमामा मानवीय आक्रोश र मान्छेभित्र दबिएको हिँसालाई पर्दामा प्रष्ट्याउने काम दिग्दर्शकले गरे । नेपाली रंगीन पर्दामा रगत बाहेक केही देखिएन भने त्यही रक्तिम पर्दामा केही आशालाग्दा गीत पनि सुनिए राम्राराम्रा कवि गीतकारको । तीमध्ये रत्नशम्सेर थापा, मनबहादुर मुखिया, दिनेश अधिकारी, चेतन कार्की आदि पर्दामा मुद्रित भए ।
नेपाली सिनेमाको पाँचौदशक नेपाली सिनेमामा द्वन्द्वको युग भएपनि केही सम्भावना भएका संगीतकार यसैवेला चलचित्रमा आए । दिव्य खालिङ, शक्तिवल्लभ, प्रकाश गुरुङ, शुभबहादुर, राम थापा, शिलाबहादुर मोक्तान, युजिन लामा, न्ह्यू बज्राचार्य, सचिन िसंह आदिले आफ्नो स्पष्ट धार बनाए । यसैसमय नेपाली रजतपटमा धेरै भारतीय गायकले पर्दामा स्वर दिए । कुमार सानू, विनोद राठौर, अभिजीत, साधना सरगम, सोनू निगम, अनुराधा पौडवाल, अनुपमा देशपाण्डे, अनूप जलोटा आदिले गीत गाए ।
यसैदशक तुलसी घिमिरेको बलीदान, प्रकाश सायमीको सिमाना, प्रताप सुब्बाको भीष्मप्रतीज्ञाले नयाँ रेखा कोर् यो । सिमानाबाट राजेश हमालको बराबरीमा धीरेन शाक्य देखापरे भने बलिदानबाट हास्यकलाकार हरिवंश आचार्य नायकका रुपमा देखापरे ।
पचास दशकको अन्त्यतिर नया सोचका साथ निर्देशकका रुपमा रवि बराल चमेली मार्फत् देखापरे भने उज्ज्वल घिमिरे गोठालो लिएर पर्दामा आए । उज्ज्वल घिमिरेले यसपछि केही व्यावसायिक सिनेमा पनि बनाए- जिन्दगानी, विश्वास आदि । तृष्णा चलचित्रपछि पलायन भएका उग्येन पुनः चलचित्रमा यसैदशक फर्केर आए तर उनी सफल हुन सकेनन् ।
साठीको दशकः आशा र भरोसाको नयाँ मार्ग
साठीको दशकमा नेपाली सिनेमा हाइभिजन हलबाट विस्तारै माथि उठेर ठूला हलको निम्ति बन्ने अभियान शुरु भयो । तर त्यो अनुरुपको विषयवस्तु पाउन नसकेर ती चलचित्र नेपथ्यमै हराए । नेपाल चलचित्र निर्माणक्रममा भारतबाट कथा आयात गरिने कुपरम्परा यस दशक देखि विस्तारै छोडियो । धेरै लामो समयदेखि मुलुकमा चलिरहेको सशस्त्र द्वन्द्वको आभाष पर्दामा स्पष्ट देखियो । यसबेला बनेका धेरै चलचित्रमा माओवादी छापामार युद्धको प्रभाव र असर प्रष्ट देखियो ।
साठीको दशकमा विशेष गरेर नेपाली सिनेमामा केही प्रयोगात्मक शैली र नयाँ धारका सिनेमाको निर्माणको थालनी भयो । सन् १९७० पछि भारत सरकारले उपलब्ध गराएको पुना इन्स्टिच्युटको फिल्म अध्ययन सम्बन्धी छात्रवृत्तिले त्यस अध्ययन संस्थामा पढ्न गएका नेपाली शिक्षार्थीहरुलाई कला चलचित्र सम्बन्धी चासो र उत्सुकता दिलाएको छ । बिशेषतः पुना इन्स्टिच्युटबाट अध्ययन सकेर नेपालमै चलचित्रसम्बन्धी काम गर्न थालेका फिल्मका विद्यार्थीले यसका लागि धेरै मलजल गरे । पहिलो चरणमा अध्ययन सकेर आएका प्रेम उपाध्याय, प्रदीप उपाध्याय, लक्ष्मीनाथ शर्मा, एल. एन. भट्टराई प्रवृत्तिका सिनेमकर्मीले यस किसिमका चलचित्र निर्माण नगरेपनि यस्ता खाले सिनेमा बन्नुपर्छ भन्ने बहस चलाए ।
दोस्रो चरणमा नेपालमा आई कला चलचित्र छायाँकन गर्न आउने बिदेशी मूलका फिल्मकर्मीहरुले पनि यहाँका सिनेमा अनुरागीहरुलाई नयाँ धारका चलचित्रप्रति आकृष्ट मात्र गरेनन् त्यसतर्फ बाटो देखाए । त्यसमध्येमा हलिऊडका मध्यममार्गी सिनेनिर्माता निर्देशक जापानी, फ्रान्सेली, जर्मनी सिनेमाका भ्रमणटोलीमा आएका सिनेकर्मीहरुले यसप्रति अझ बढी सकारात्मक सोच बनाइदिए । नेपाली सिने विधामा चलचित्रको चर्चा अन्तरकि्रयाको पहल राजधानीमा खुलेका फ्रान्सेली सांस्कृतिक केन्द्र, जर्मन राजदूतावासको गोयथे इस्टिच्युट, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र भारतीय राजदुतावासको नियन्त्रणमा रहेको नेपाल -भारत सांस्कृतिक केन्द्रले बेला बेलामा मौसम अनुसार आयोजना गरिने त्यस मुलुकका चलचित्र महोत्वसव वा गोष्ठिले पनि गर्यो । त्यसको प्रत्यक्ष देन नेपाली रंगकर्ममा सक्रिय युवा रंगकर्मी तथा युवा स्रष्टा र त्यसप्रतिको नेपथ्यमा रहेर सघाइरहेका पुस्तालाई वैचारिक रुपले आकर्षित गर्यो र तिनै पुस्ताले भारतीय कला चलचित्र, जापानी, चीनिया, फ्रान्सेली, चलचित्रको ज्ञान प्रवद्र्धन गर्ने माध्यमका रुपमा यस किसिमको आयोजना उत्सवधर्मितालाई एक अवसरका रुपमा लियो ।