Tuesday 1 September 2015

Miss Nepal by Prakash Sayami

निर्णायकको नजरमा मिस नेपाल

निर्णायकको नजरमा मिस नेपाल
प्रकाश सायमी
 88  3  1  0  0
साहित्यकार, चलचित्र निर्माता तथा समीक्षक प्रकाश सायमीले यसअघि मिस नेपाल प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरेका छन् । प्रतियोगिताका प्रतिस्पर्धी तथा मिस नेपालबारे सायमीको बुझाइ :
सन् २०११ को ‘मिस नेपाल’की सहभागी
संयुक्ता तिम्सिनाले भारतीय टिभी च्यानलका ‘सिरियल’मा पाइला चालेकी छिन् । सोनी च्यानलको सिरियलमा मुख्य पात्रको भूमिकामा संयुक्ताले अभिनय गरिन् ।
सन् २०११ मा काठमाडौंको आर्मी क्लबमा भएको १९औँ मिस नेपाल प्रतियोगितामा उनी ‘सेकेन्ड रनर अप’ भएकी थिइन् । त्यो वर्ष सदीक्षा श्रेष्ठले मिस नेपालको ताज पहिरिइन् । साहना बज्राचार्य संयुक्ताभन्दा अगाडि रहिन्, ‘फस्र्ट रनर अप’का रूपमा ।
त्यो प्रतियोगितामा यो पंक्तिकार निर्णायक थियो । संयोग, प्रतियोगितामा चुनिएका पाँच सर्वाेत्कृष्टमध्ये संयुक्तालाई प्रश्न यही पंक्तिकारले गरेको थियो । प्रश्न ‘लभ म्यारिज’ र ‘एरेन्ज म्यारिज’बारे थियो । संयुक्ताले उत्तर दिएलगत्तै दर्शकदीर्घाबाट जोडदार ताली बज्यो । त्यो ताली बजाउनेमा थिए, उनकै पिता प्रहरी अधिकृत कल्याण तिम्सिना र आमा सुशीला पनि ।
कार्यक्रम सकियो । संयुक्ता ‘सेकेन्ड रनर अप’ घोषित भइन् । हामी बाहिर निस्कियौँ । बाटैमा भेटिएका कल्याणले भने, ‘आज दिएको उत्तर त छोरी संयुक्ताको व्यक्तिगत विचार हो । विवाह र जीवन त गहिरा कुरा हुन् ।’ स्मरण रहोस्, संयुक्ताले प्रतियोगितामा प्रेम विवाहको समर्थनमा उत्तर दिएकी थिइन् ।
संयुक्ताको उत्तर र उनका बाबुले दिएको प्रतिक्रियाले मलाई अतीत सम्झायो ।
०००
सन् १९९४ मा पहिलोपटक नेपालमा मिस
नेपाल प्रतियोगिता आयोजना भयो । रुबी राणाले पहिलो मिस नेपालको ताज पहिरिइन् । अन्तिम पाँचमा छानिएकी रुबीलाई प्रमुख निर्णायकबाट प्रश्न सोधिएको थियो, ‘तपाईं एरेन्ज म्यारिजको पक्षमा कि लभ म्यारिजको ?’ रुबीले जे उत्तर दिइन्, त्यसले उनलाई पहिलो मिस नेपालको ताज दियो, डोल्कर डेचेन हारिन् ।
त्यतिवेला दर्शकदीर्घामा थिए, रुबीका बाबु क्याप्टेन जनकबहादुर राणा । रुबीले उत्तर सक्दा–नसक्दै जनकले चर्को थप्पडी लगाएका थिए ।
वीरगन्जलाई प्रतिनिधित्व गरेर आएकी रुबी राणाको उत्तरले आश्चर्यमा परेका थिए, जनक । रुबीको त्यो उत्तरअघि सायद अरूको जस्तै क्याप्टेन राणाले पनि सोचेका थिए होलान्, पहिलो मिस नेपाल हुँदै छिन्, डोल्कर डेचेन । तर, रुबीको उत्तरले इतिहासलाई पल्टाइदियो । रुबी पहिलो मिस नेपाल भइन् ।
मिस नेपालको ताज पहिरिँदा रुबीको उत्तरमा गर्व गरेका क्याप्टेन राणा आश्चर्यमा परे, जब छोरीले वास्तविक जीवनमा पनि ‘लभ म्यारिज’ नै छानिन् । त्यो एउटा ठूलो ‘सक’ थियो, राणा परिवारका लागि । रुबीले क्याप्टेन राणाकै साथी जयप्रकाश शाहका छोरा प्रजयसँग विवाह गरेकी थिइन् । यो विवाहसँगै उनका लागि माइतीको ढोका बन्द भयो ।
जब क्याप्टेन राणाले रुबीलाई माइती ढोका बन्द गरिदिए, तब रुबीको माइती अचम्ममा पर्नु स्वाभाविक थियो । केही समयअघि मन्चमा त्यही पक्षमा बोल्दा क्याप्टेन राणा खुसी भएको परिवारलाई पनि थाहा थियो ।
रुबीले पहिलो सन्तानलाई जन्म दिँदासम्म माइतीको ढोका ढकढक्याउन पाइनन् । पहिलो सन्तान जन्मिएपछि उनको पक्षमा आमा कमला, दिदी किरण र ममताले रुबीलाई माइती त पुर्‍याए, तर क्याप्टेन राणा अझै सहज भइसकेका थिएनन् ।
क्याप्टेन राणाले यसबारे भनेका छन्, ‘मिस नेपालले मञ्चमा त्यो उत्तर दिनु एउटा अभिनय थियो । अभिनय र वास्तविक जीवन फरक हुन्छ, छ । म त्यही बाबु हुँ, जसले रुबीको उत्तरलाई ताली बजायो र रुबीको निर्णयलाई विरोध गर्‍यो । मलाई वीरगन्जमा नाक जोगाउनु थियो । पिताको अहम् ढल्न दिनु थिएन । मन्चमा अभिनय गरेर रुबीले मेरो त्यो अहम् र नाक जोगाएकी थिई, कदम उठाएर गल्र्याम्म ढालेकी थिई ।’
दुई बाबुछोरीको वर्षौँपछि मात्र सम्झौता भयो । संयोग मानौँ, रुबीको त्यो आरोहणमा उनका बाबुसँग एउटै हलको दर्शकदीर्घामा म पनि थिएँ । र, सँगसँगै हेर्न पाएँ, क्याप्टेन राणाको हिटलरीय शैलीको बहिष्कारवाद ।
०००
जेजस्तो भए पनि रुबीलाई आदर्श मानेर त्यसपछि मिस नेपालको प्रतिस्पर्धामा नेपाली युवती मैदानमा आए । पुनम घिमिरे, सुमी खड्का, नीलम गुरुङ, झरना बज्राचार्य, ज्योति श्रेष्ठ क्रमश: मिस नेपाल भए । ज्योति अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन गइन् । तर, फर्केर आइनन् । उनको ताज खोसियो र नीरू श्रेष्ठलाई दिइयो ।
पाइलटका रूपमा परिचय स्थापित गर्न सफल निरूलाई झरना बज्राचार्यले ताज पहिराइन् । झरना बज्राचार्य नेपाली र हिन्दी चलचित्रमा सफल अभिनेत्रीका रूपमा चिनिइन् ।
झरनाको सिको भन्दा अतियुक्ति नहोला, सुमीले पनि चलचित्रमा पाइला राख्ने कोसिस गरिन्, चलचित्र ‘सुपर स्टार’बाट । झरनाले ‘हतियार’, ‘चाहन्छु म तिमीलाई नै’, ‘शुभकामना’जस्ता चलचित्रमा अभिनय गरेपछि रुबी पनि फिल्मी दुनियाँमा प्रवेश गरिन् ।
क्रमश: मिस नेपालको ताज चलचित्र दुनियाँमा प्रवेश गर्ने एउटा खुड्किलोजस्तो लाग्न थाल्यो । चलचित्रमै जान नसकेका मिस नेपालहरू म्युजिक भिडियोमा देखिए । चलचित्र निर्माणमा पनि लागे ।
तर, मिस नेपाल भएपछि पाइने परिचय र ग्ल्यामरलाई सामाजिक सक्रियतामा मात्र सीमित गरियो । त्यो पनि कतिपय सन्दर्भमा सही सावित हुन सकेन । बियरको विज्ञापन र क्यालेन्डरमा प्रयोग गरेर आयोजकले खुम्च्याउन खोज्दा धेरै अर्थमा मिस नेपाल संकुचित बने ।
रुबी राणा र झरना बज्राचार्यपछि मिस नेपालका रूपमा परिचय बनाउने अर्की सुन्दरी हुन्, उषा खड्गी ।
तराईबाट रुबीपछि अर्को पहिचान बोकेर आएकी उषा खड्गीले वीरगन्जको नाम र पहिचान राख्न सफल भइन् । नेपाली साहित्य, संगीतमा पृथक् पहिचान बनाएको वीरगन्ज केही समयदेखि साहित्य, संगीत र कलाबाट अपरिचितजस्तै बनेको थियो । त्यतिवेला रुबी, जल र उषाले आ–आफ्नो माध्यमबाट वीरगन्जलाई चिनाए ।
वीरगन्जको नेवार परिवारमा जन्मिएकी उषा खड्गीले लामो समय टेलिभिजनमा कार्यक्रम उत्पादक र प्रस्तोता भएर काम गरिन् । पछि उनले म्युजिक भिडिओको बाटोबाट आफूलाई पर्दामा ल्याइन् ।
गायक उदीतनारायण झाको ‘कहिले तिम्रो पछ्यौरी’लाई गीतबाट पर्दामा आएकी उषाको कार्य क्षमता र बोलीको स्पष्टताबारे धेरै मानिस प्रशंसक पनि छन् । विवाद र चर्चामा आउन नरुचाउने उषा अरू मिस नेपालजस्तो ‘ग्ल्यामर’, ‘ग्लिट्ज्’मा रमेको कमै देखिन्छिन् । कालान्तरमा शृंगारसम्बन्धी व्यवसायमा आफूलाई समर्पित गरिन् ।
प्रीति सिटौला, माल्भिका सुब्बापछि खुब चर्चामा आएकी अर्की मिस नेपाल हुन्, सुगरिका केसी ।
सुगरिकाको नामको संयोजन रोचक छ, उनका पिता सुदर्शनको नामबाट सु र उनकी आमा गमलाको नाम ग सापट लिएर उनको नाम सुगरिका राखिएको रहेछ, बलिउड सिनेउद्योगकी नायिका रविना टण्डनले आफ्ना पिता रवि र आमा वीणा टण्डनको नामबाट रविना राखेजस्तै ।
सुगरिकालाई मैले पहिलोपटक ‘द रेयुकाई’ नेपालको उद्घोषण तालिममा उनकी आमा गमला केसीका साथ भेटेको हुँ । गमला पनि सो तालिममा सहभागी थिइन्, एक प्रतिस्पर्धीका रूपमा । र, प्रथम भएकी थिइन् ।
छोरीलाई पनि प्रथम बनाउँछु भन्ने सपना बोकेर आएकी गमलाले सुगरिकालाई मिस नेपालको मन्चसम्म पुर्‍याएर प्रथम बनाइन् नै । कविता लेख्ने, उद्घोषण गर्ने कला भएकी सुगरिकामा अन्य मिस नेपालमा भन्दा फरक गुण थियो, नेपालीपन । ललितपुरस्थित धापाखेलको सामान्य जीवनबाट मिस नेपालको ताज पहिरिएकी सुगरिका मिस नेपालका अन्य प्रतिस्पर्धीका निम्ति चुनौती बनिन् । त्यो चुनौती थियो, उनको सादा जीवन । उनी ‘लाइम लाइट’मा कमै रहिन्, तर जति दिन रहिन्, विवादबाट टाढा र ‘स्क्यान्डल’बाट परै रहिन् ।
सन् २००७ मा म निर्णायकका रूपमा मिस नेपाल प्रतियोगितामा सहभागी थिएँ । प्रतिस्पर्धी शीताष्मा चन्द मिस नेपाल भइन् । म उनीबाट प्रभावित थिएँ, शीताष्माले आफ्नो प्रतिभा प्रदर्शनका क्रममा रुसी सांस्कृतिक केन्द्रको मञ्चमा गिटार बजाएर ‘एयरप्लेन’ बोलको गीत गाएकी थिइन् । प्राय: नेपाली युवतीले ‘गैह्री खेतको शिरै हान्यो’मा नाचिरहेका वेला शीताष्मा चन्दले फरक शैली दिइन्, ‘पर्फमेन्स’मा ।
मोडल आमाकी छोरी शीताष्माले मिस नेपालपछि विमान परिचारिकाका रूपमा अन्तर्राष्ट्रिय विमानसेवामा आबद्ध भइन्, यसपछि उनी कुनै मिस नेपालसम्बन्धी कार्यक्रममा सहभागी भएको देखिइनन् ।
शीताष्मा मिस नेपाल भएकै साल भूमिका श्रेष्ठ, मानवी ढकाल, बबिता मानन्धर, ऋचा शर्मा, रश्मि केसी, विभा प्रजापतिजस्ता आकर्षक व्यक्तित्व आएका थिए मैदानमा । यस वर्ष मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्लेले यस्तो सन्देश पठाएकी थिइन्, ‘हार्नु पराजय होइन । सबैमा आ–आफ्नो विशिष्टता छ, खोज्दै जानुुस् ।’
१९ वर्षमा मिस नेपालकी प्रतिस्पर्धी बनेकी कैलालीकी ऋचा शर्माले यो भनाइ पुष्टि पनि गरिन् । ‘भिडियो मोडलिङ’बाट करिअर सुरु गरेर ठूलो पर्दामा जमिन् । अहिले पनि नेपाली चलचित्र जगत्मा उनको बेग्लै व्यक्तित्व छ, नायिकाका रूपमा । ‘भिसा गर्ल’ फिल्म बनाएकी ऋचाले ‘टलक जंग भर्सेस टुल्के’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्रीको सम्मान पनि पाइन् ।
२०११ की मिस नेपाल सदीक्षा श्रेष्ठपछि आएकी सृष्टि श्रेष्ठले बलिउड चलचित्र ‘ज्याकपट’मा ‘आइटम’ गीतमा नाचेकी छिन् । त्यस्तै, सुदिन लिम्बू र इभाना मानन्धर पनि रुबी राणाले बनाएको विरासतमा आफ्नो उपस्थिति खोज्दै छन् भन्दा फरक नपर्ला ।
- See more at: http://www.enayapatrika.com/2015/09/25031#sthash.yhli8YAR.cih8ZFh4.dpuf

- See more at: http://www.enayapatrika.com/2015/09/25031#sthash.yhli8YAR.cih8ZFh4.dpufv

No comments:

Post a Comment