कुमुदिनीको खोजी
प्रकाश सायमी
“..जिन्दगीमा बाँच्न जत्ति गाह्रो केही रहेनछ, कुमुदिनी बहिनी ।
यी पंक्ति हुन्, नेपाली भाषाका प्रख्यात निबन्धकार शंकर लामिछानेका । उनले निबन्धमा मदन पुरस्कार पाए, निबन्धकै निम्ति सर्वप्रियता पाए । उनैले व्यक्ति विम्ब लेख्ने परम्परा शुरु गरे नेपाली साहित्यमा, विम्ब प्रतिविम्ब नामबाट । उनैले भूमिका लेखे वापत् पारिश्रमिक लिने परम्परा बसाले । के लेखेनन् उनले कविता, कथा, गीत वा इतिहास तर उनी अन्त्यमा सर्वाधिक चर्चित भए, यिनै दुई पंक्तिले ।
“ बाँच्न जत्ति गाह्रो केही रहेनछ, कुमुदिनी बहिनी । तपाइँले पिकासोको जीवनी पढ्नु भयो भने थाहा पाउनु हुनेछ उनले बाँच्नका निम्ति कत्ति चोरी गरेका थिए । ”
यो शंकर लामिछानेले साहित्यमा चोरी गरेको आरोप लागेपछि २०२९ सालमा दिएको एउटा कन्फेशन हो ।
कन्फेशन एउटा क्रिष्टान समुदायमा चर्चित फ्रेज हो जहाँ गएर धर्मावलम्वी आफ्नो मुहारको दाग हटाउँछन् र भन्छन्, ‘यो मेरो महान् स्वीकारोक्तिमा भूल छ भने स्वीकार गर । ’
कन्फेशन चर्चको धुमिल कक्षमा गएर लिइन्छ तर बाइबल पढ्नेले पहिलो पंक्ति उज्यालोकै वारे पढ्छन्, लेट देअर वी लाइट एन्ड देअर वज लाइट ..
शंकरले पनि जीवनमा त्यस्तै उज्यालो खोजे यो चोरीको आरोप लागे पछि । नेपाली साहित्यमा यो पहिलो घटना हो कसैले आफूले गरेको चोरी सहजै स्वीकार गरेको । यस्तो हिम्मत देवकोटा, लेखनाथ वा समले गर्न सकेका थिएनन् । वाङ्गदेल, भिक्षु, रिमाल, शशी वा मैनाली पनि गर्न सकेका थिएनन् ।
शंकरले यो आँट गरे पहिलो पटक । र, यो अन्तिम नै घटना हुन गयो । उनले त्यसपछि साहित्यिक जीवनबाट संन्यासको घोषणा गरे , त्यही कुमुदिनी वहिनीलाई लेखेको पत्रबाट ।
कुमुदिनी जसले शंकरको रुपरेखा मा प्रकाशित निबन्ध ‘आभाँगार्डको सौन्दर्य शास्त्र’ माथि चोरीको आरोप लगाएका थिए । आभाँगार्ड एउटा फ्रान्सेली शब्द हो जसको अर्थ हुन्छ, जुलुस अथवा र्यालीलाई ईशारा दिन अघिअघि बढ्ने सूचक । नेपालीमा यसको शब्द नभएपनि नेवारीमा यसलाई हःपा भनिन्छ, हःपा रथा तान्दा सबभन्दा अगाडि ठूलो आवाज सहित खडा हुने व्यक्ति ।
लेखनमा चोरीलाई प्लेगरिज्म भन्ने नाम दिइएको छ, सत्रौँ शताब्दीमा ल्याटिन भाषाबाट आविष्कृत यो शब्द ग्रीसेली शब्द प्लेजिनम् बाट प्रभावित छ ।
यो १९ औँ शताब्दीको अन्त्यतिर मात्र हामी कहाँ आइपुग्यो ।
शंकर पहिलो लेखक होइनन् जसलाई प्लेगरिज्म् को आरोप लागेको तर उनले स्वीकारीदिए र उनलाई आरोप लगाउने कुमुदिनी बहिनीलाई आश्वस्त बनाए, पत्रैमा । भने, “तपाइँजस्तो बहिनीको तिलक लगाएर म कसम खान्छु अब आइन्दा चोरी गर्नेछैन, तपाइँले शिकायत गर्ने मौका पाउनु हुने छैन । अब म ..”
यसपछि उनले इमान्दारीपूर्वक साहित्यबाट संन्यास लिए र केही वर्ष लेखेनन् पनि । २०३२ माघ १० मा उनको निधन भयो तर उनलाई चोरीको आरोप लगाउने कुमुदिनीको चर्चा कहिले सेलाएन , उनी सदैव चर्चामा आइरहे जब जब नेपाली साहित्यमा साहित्यिक चोरीको प्रसँग आउँछ, जबजब शंकरका पाठकलाई उनको कृतिको कमी र खामीको नजर हुन्छ, कुमुदिनी वारम्बार झुल्कामा आइरहन्छन् ।
कुमुदिनी यस्ता पाठक थिइन् जो सदा चर्चामा रहिन्, उनको अध्ययन र अनुभवलाई लिएर । कुमुदिनी यस्तो भयावह नाम भयो , यो नाम अपनाएर कसैले साहित्यमा प्रवेश गर्ने आँट पनि गरेनन् । उपनाम सम्म राख्ने हिम्मत कसैले गरेनन् । यो एउटा पुरुष पाठकको शुभ छद्मनाम थियो । पन्थी थरका ती कमुदिनी लामो समय गृह मन्त्रालयमा आवद्ध थिए ।
कुमुदिनीलाई पनि शंकरमाथि चोरीको आरोप लगाएकोमा पीडा वोध भइरह्यो भनेर उनको गोप्य पत्र डोल्पाको दुनैबाट बोकेर आउने पत्रवाहक गोविन्द शर्माले पछि यसपंक्तिकारलाई र कुमुदिनीलाई पत्रैमार्फत् एक दैनिक अखबारमा जानकारी नै दिए ।
कुमुदिनीले शंकरको त्यो चोरी न्यूरोडस्थित अमेरिकन लाइब्रेरीमा गएर पढेको र त्यहीबाट थाहा पाएका थिए ।
पाल्पाको चिदीपानी, आर्यभञ्ज्याँगका कुमुदिनीको पाल्पाकै बर्तुङका हरि भट्टराईकी छोरीसित वैवाहिक जीवन शुरु भयो, यसपछि कुमुदिनीले आफ्नो भूमिगत जीवन अपनाए नेपाली साहित्यबाट ।
( यो पंक्ति लखिनुको मुख्य कारण यत्ति मात्र हो नेपाली पाठकमा कुमुदिनी का वारेमा विभिन्न भ्रम छन् र आरोप पनि अन्य स्रष्टालाई लगाइन्छन् , त्यसबाट स्पष्ट गराउन खोजिएको मात्र हो । )
कुमुदिनीले फेरि यही कुरा पत्र लेखेको ३२ वर्षपछि पंक्तिकारसित शेयर गरे , “यो काम सही थिएन, मैले गरेको । म शंकरको प्रतिभाको अस्त चाहन्नथेँ तर भइदियो त्यस्तै । ”
दुर्घटनाको अद्भुत स्वरुप गज्जब छ, चोर्ने यहाँ सचेत हुँदैनन् प्रभावित हुनेले चोरी स्वीकारी दिन्छन् । अनि कुमुदिनीका नाममा अरुले स्कूप मार्छन् ।
कुमुदिनीको त्यो पत्र काठमाण्डूसम्म बोकेर ल्याउने गोविन्द शर्मा त्यतिवेला सामान्य विद्यार्थी थिए, उनलाई यति पनि ज्ञान थिएन यो पत्रले नेपाली साहित्यमा यस्तो भूकम्प आउला र देवकोटा पछिका एक आशावान निवन्धकारको असमयमै अन्त होला भनेर । उनी पनि यस विषयलाई लिएर वेलावेलामा गम्भीर हुन्छन् ।
गत हप्ता नेपालगञ्जबाट फोनमा कुरा गर्दा उनले यही दुःख पोखे, “मैले गरेको त्यो काममा दुःख पनि छ, गर्व पनि छ । कसरी भन्नु ? म पनि शंकरको नाश चाहनेमा एकजना हुन पुगेँ ।”
गोविन्द केही वर्ष पहिले सिप्रदीमा काम गर्थे, अहिले साइन प्रिन्ट नामक् संस्थामा आवद्ध छन् । पत्र बाकेर आउँदा उनी काठमाण्डू झरेका मात्र थिए, काठमाण्डू हेर्न आएका थिए । उनले यो पत्र कुमुदिनीका भाइ जो पानीपोखरीमा भानुभक्त मेमोरियल स्कुलमा पढाउँथे उनलाई दिन ल्याएका थिए , सम्पादक मदनमणी दीक्षितले खामको अक्षर चिनेर छाप्न मागे र यसरी यो पत्र समीक्षा साप्ताहिकमा छापियो । कुमुदिनी छाए, शंकर हराए ।
त्यसपछि शंकर लामिछानेले रुपरेखा पत्रिका मार्फत् संन्यासको घोषणा गरे । शंकरका विरुद्ध एउटा सिन्डीकेट सफल भयो ।
शंकरका सबै कुरा सकिए, जीवन दुई भागमा विभाजित भयो उनका पाठक मौन भए । उनले कलम थन्काए घटना सकियो तर त्यस्ता घटना कहिले सकिएनन् । दोहोरि रहे ।
गोपालप्रसाद रिमालको मसान लाई इब्सेनको डल्स् हाउस बाट प्रभावित भनियो । देवकोटाको मुनामदन नेवारभाषाको ‘जि वया लच्छि मदु नि’ बाट प्रभावित भनेर चन्द्रबहादुर श्रेष्ठ, नर्मदेश्वर प्रधानले लेख नै लेखे । कवि दुर्गालाल श्रेष्ठ अझै पनि भन्छन्, “महाकविले त्यो कुरा स्वीकार्न सकेको भए दैव नै हुन्थे । ”
देवकोटाको चारु अँग्रेजीको ‘लुसी ग्रे’ बाट प्रभावित धेरैलाई थाहा छ । विजय मल्लको कुमारी शोभा अमृता प्रीतमको पिघलती चट्टान बाट प्रभावित भनेर उपन्यासकार धुस्वाँ सायमीले अन्तर्वार्तामा भनेका छन् , दुवै स्रष्टालाई कथाको वीज दिने उनकी पत्नी वसुन्धरा नै थिइन् ।
लैनसिंह बाँग्देलको मुलुक वाहिर एउटा रुसी उपन्यासबाट प्रभावित भएको कुरा समीक्षक शरद प्रधानले धेरैवर्ष अगि एक साप्ताहिकमा उल्लेख गरेका थिए । प्रज्ञाप्रतिष्ठानको कुलपतिको पदमा रहेका वाँग्देल चूप रहे, पारिजातले यसमा मुद्दा शुरु गर्नुपर्छ पनि भनिन् ।
यसमा हुन सक्ने केही छैन ।
शंकरका पाठकलाई व्युँझाउन खोज्दा शंकर नै अस्ताए । उनलाई व्युँझाउन खोज्ने कुमुदिनी आजसम्म गुमनाम बसेका छन् ।
केशवराज पिंडालीको सर्वाधिक चर्चित उपन्यास अन्त्यदेखि शुरु साझा प्रकाशनले छापेर निकै पैसा कमायो तर पुनप्र्रकाशनको डर खेप्न सकेन । पञ्चायतकालमा जब यसको शाही नेपाल चलचित्र संस्थानले नेपालीभाषामा फिल्म बनाउने घोषणा गरे पछि यो हिन्दी र बाँग्लाभाषामा बनेको कोरा कागज भन्ने फिल्मबाट प्रभावित भएको पक्डिएपछि रु ८ हजार पारिश्रमिक लिएर उनी चूप भए । निर्देशकले पटकथा लेखक चेतन कार्कीसित मिलेर कथा नै बद्लिदिए ।
यसपछि यो किताब छाप्ने कोशिश न प्रकाशकले गर्यो न न्याय सेवामा उच्च तहमा पुगेका उनका छोरा अनुपराज शर्माले नै गरे । आज उपन्यासकार केशवराज पिंडाली को अन्त्य नै भएको छ ।
शहरी परिवेशमा लेखिएको गुरुप्रसाद मैनालीको चित्ताको ज्वाला भन्ने कथा शरत्चन्द्रको बँगाली कथाबाट हुबहु प्रभावित छ ।
मदन पुरस्कार विजेता ईश्वरवल्लभको आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन् भन्ने कृति टी एस इलियटको कविताबाट कसरी चोरिएका हुन् भनेर खोजी गर्ने चन्द्रेश्वर दुवेले कुमुदिनीको जस्तो नेपथ्यको जीवन बाँच्नु परेन । उनले शानले ईश्वरवल्लभका कृतिको शवपरीक्षण भनेर खण्ड खण्डमा किताब नै निकाले । दुवेसित धेरै साहित्यकार त्रसित हुनुपर्ने स्टाटस नै आयो एक समय ।
दुवे र वल्लभको ठाउँठाउँमा कुश्ताकुश्ती पर्ने अवस्था नै आयो । तर यसलाई नेपाली साहित्य समाजले विचार हो कतै मिल्न जान्छ भनेर क्षमावरण गरे । वल्लभले यसपछि लामो कवितामा दुस्साहस गरेनन् ।
र्यान्डल झारेलले भनेका छन्, कविलाई हजारौँपटक पर्ने चट्याँगको एक दुई झिल्का परे पुग्छ, त्यसैमा ऊ चिनिन्छ ।
वल्लभ होस् वा सिद्धिचरण उनका एकसेएक कविताले उनलाई पहिल्यै चिनाइसकेको थियो र अरु आरोप प्रत्यारोपले कुनै पृथ्वी हल्लिने थिएन । सिद्धिचरणलाई वोल्गा से गंगा तक का पंक्तिले वेलावेलामा नछोएका होइनन् तर उनले हाँसेरै ज्यो ज्यो भनेर टारिदिए ।
ण्ण्

No comments:
Post a Comment