एउटा सिनेमाको कथा
प्रकाश सायमी
००
नेपाली सिनेमा बन्न थालेको धेरै वर्ष पछि मात्र मैले हिन्दी सिनेमा हेर्न थालेको हुँ, हिन्दी सिनेमामा विशेषतः मलाई एक्कासि तानेको दिलीप कुमार अभिनीत क्लासिक फिल्मले नै हो । दिलीप कुमारका ती सफल र सार्थक सिनेमासित निर्देशकीय विज्ञता घनिष्ठतापूर्वक जोडिएको हुन्छ भन्ने कुरा उनले अभिनय गर्ने चरित्र, मनोभाव र सम्वाद् प्रकट गर्ने शैलीबाट थाहा हुन्थ्यो ।
अभिनेता दिलीप कुमार अघिल्लो चरणमा विमल रायका फिल्मबाट विख्यात भए ।
विमल रायका तीनजना सहायक ऋषिकेश मुखर्जी, वासु भट्टाचार्य अनि गुलजार पछि स्वयम् निर्देशक भएर आए, यी तीनैले फरक फरक धारका विशिष्ट शैलीका सिनेमा बनाए, जसले समानान्तर सिनेमाको नाम दिइयो । यी तीनैजना राजेश खन्नाको सुपर स्टारडमको युगमा आएका थिए निर्देशकीय छविमा । सबैले राजेश खन्नासित काम पनि गरे । तर वासु भट्टाचार्यले राजेश खन्नासित बनाएका कुनै पनि सिनेमा त्यतिवेला सफल भएनन् तर अचाक्ली राम्रा थिए भन्ने मलाई लाग्यो । र, मैले त्यसैवेला धर्मवीर भारतीको सम्पादनमा प्रकाशन हुने धर्मयुग मा वासु भट्टाचार्यका सिनेमा असफल हुुनुका कारण वारे उनको राम्रो लेख पढेँ ।
साहित्यसित भन्दा साहित्यकारसित निकटता भएका भट्टाचार्यले प्रसिद्ध हिन्दी नाटककार मोहन राकेश लिखित आषाढ के एकदिन लाई पनि त्यो वेला फिल्माँकन गरिसकेका थिए तर रिलीज भएको थिएन ।
वासु भट्टाचार्यका कम बजेटमा बन्ने समानान्तर सिनेमा हेर्ने सुयोग त्यतिवेला काठमाण्डूका ठूला हलले भन्दा बढी वटु, प्युखा, मिखाबहालका भिडिओ पार्लरले दिए । तिनैको सौजन्यमा वासु भट्टाचार्यका राम्रा नराम्रा सबै सिनेमा हेर्ने सौभाग्य मिल्यो । हो, त्यही समय वासु भट्टाचार्यले निर्माताको रुपमा बनाएको सई पराञ्जपे निर्देशित स्पर्श पनि त्यही वेला हेर्ने मौका मिल्यो । तर स्पर्श रिलिज नुहुनुका पछाडि भट्टाचार्य नै प्रमुख कारण थिए भन्ने पनि त्यही वेला थाहा भयो ।
वासु भट्टाचार्य निर्देशकका रुपमा कतिपय ठाउँमा अति मनपथ्र्यो , कतिपय ठाउँमा समस्यामूलक । कतिपय ठाउँमा उनको अभिव्यक्ति स्वतन्त्र र स्पष्ट हुन्थ्यो कतिपय ठाउँ आश्चर्यास्पद् । उनका सबै सिनेमाप्रति मेरो रुटिन चेक अप स्कुले जीवनदेखि नै शुरु भइसकेको थियो । उनका वारेमा पनि मलाई प्रशस्त जानकारी भइसकेको थियो, चाहेर मात्र होइन नचाहेर पनि ।
उनी विमल रायका छोरी रिँकी भट्टाचार्यका पति । प्रसिद्ध फिल्म समीक्षक रिन्की र भट्टाचार्यका सम्बन्धका वारेमा बलिऊडका प्रायः सिने खबरकागजमा केही न केही मसलादार शीर्षक आइरहेका हुन्थे । हिन्दी सिनेमामा विवाहेतर सम्बन्धमा सिनेमा बनाउने भट्टाचार्यको आफ्नो वैवाहिक जीवन कहिले राम्रो भएन भन्ने पाठ्य सामग्री पनि हाम्रो भान्साकोठामा आइसकेको थियो ।
यस्तै खबर खातका वीचमा एकदिन वासु भट्टाचार्य एकदिन काठमाण्डू आए , एकदम मौनतापूर्वक ।
भद्रकाली मन्दिर छेवमा ट्याक्सीमा उनी छायाँकन गर्दै थिए, एउटा फिल्म पञ्चवटी । अभिनेता अकबर खान र दीप्ति नवल यसका नायक नायिका थिए । उनका क्यामेराम्या अदीप टण्डन व्यस्त थिए, सिंहदरवार अगाडिको सुनसान सडक खिँच्नमा । एकचालीस सालको काठमाण्डूमा सिंहदरवार मध्यान्हमा प्रायः जनहीन नै देखिन्थ्यो ।
पञ्चवटी नेपाल र भारत मिलेर बन्न लागेको संयुक्त लगानीको पहिलो फिल्म थियो,े निर्माता भारतका तर्फबाट शोभा डाक्टर र नेपालका तर्फबाट शाही नेपाल चलचित्र संस्थानका निम्ति टीका सिंह ।
टीका सिंह चलचित्र संस्थानका महाप्रवन्धक भएर आए लगत्तै बन्दै गरेको यो सिनेमा पञ्चवटी हिन्दीका प्रख्यात उपन्यासकार कुसुम अन्सलको एक और पञ्चवटीमा आधारित थियो । यस सिनेमामा नेपालबाट कलाकारका रुपमा शान्ति मास्के, जयनेन्द्र चन्द ठाकुर, श्रीकृष्ण पौडेल, झलकमान गन्धर्व आदि सहभागी थिए भने बाँकी कलाकार र शुटिँगस्थल भारतको दिल्ली नै थियो ।
पञ्चवटी छायाँकन गर्न आएका वासु भट्टाचार्यलाई भेट्ने र अन्तर्वार्ता गर्ने नियतले एकदिन पत्रकार पुष्करलाल श्रेष्ठ र म उनी बसेको होटल शंकरमा पुग्यौँ । भट्टाचार्य खैरेनीमा शुटिंगक सकेर भर्खरै फर्केका थिए र थाकेका हुनाले उनले अन्तर्वार्तामा कुनै रुचि नै देखाएनन् । सामान्य भेटघाट पछि हामी फक्र्यौँ ।
हामीलाई लाग्यो, समय ठीक थिएन ः हामी फक्र्यौँ तर पुष्करजीले नायिका दीप्ति नवलसित छोटो भलाकुसारी गरे जुन पछि कतै प्रकाशित पनि भयो तर मलाई वासु भट्टाचार्यसित उनको समग्र सिनेमाका वारे भव्य कुराकानी गर्नु थियो ।
त्यसको केही दिन पछि वासु भट्टाचार्य र उनको टोली मुम्बई फर्के । तर वासु भट्टाचार्यसित त्यो भेट त्यहीँ टुँगिएन । त्यसपछि म सिनेमा अध्ययनको काममा मुम्बई गएँ ।
मुम्बईमा करीब आठनौमहिनापछि एकदिन मलाई मेरा एक गैरभारतीय मित्रले टीका सिंहले भेट्न खोज्दैछ भन्ने खबर ल्याए, टीका सिंह ब्यान्ड् स्टाय्न्डको होटल सी रकमा बसेकीथिइन् , म त्यहीँ पुगेँ उनलाई भेट्न । उनी शानेचसंले संयुक्त लगानीमा बनाएको सिनेमा पञ्चवटी को नेपाली रुपान्तरण कामका निम्ति नै आएकी थिइन् ।
म उनलाई भेट्न त्यहाँ पुग्दा गायक उदीतनारायण झा र गायक मुरलीधर मिजार पनि पुगिसकेका थिए ।
त्यहीँ थलोमा टीका सिंहसित कसले के काम गर्ने कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल चल्यो , उदीतनारायणले नायक अकवर खानको नेपाली आवाजमा स्वर लिप्यान्तरण गर्ने र मुरलीधरले अर्का नायक सुरेश ओवेरायको स्वरलाई भर्ने काम पाए । मेरो काम चैँ थपियो , म वासु भट्टाचार्यको सहायक भएर पूर्ण रुपमा महिना दुई महिना काम गर्ने । तर यो काम चैँ वासु भट्टाचार्यसित भेटे पछि मात्र निश्चित हुने पनि बताइन् ।
त्यही दिन त्यही होटलको प्रिभ्यू थिएटरमा वासु भट्टाचार्यसित भेट भयो, अँध्यारो स्टुडिओमा । भट्टाचार्य मलाई नै पर्खिरहेका थिए यसपालि ।
परिचय पछि उनले मलाई अँग्रेजीमै सोधे, हिन्दी बोल्न आउँछ ?
मैले भनें, वासुदा । तपाइँहरुकै फिल्म हेरेर सिकेको हुँ ।
त्यो त ठीक छ तर साहित्यको कति ज्ञान छ ?
उनले यो प्रश्न सोध्दासोध्दै टीका सिंहले हतारमा मेरो परिचय दिइ हालिन् , हि इज् भर्वल्ली पोय्ट अल्सो ।
मेरो कविता पनि नपढेका टीका सिंहजीले मेरो कविको परिचय दिँदा मलाई हुनुनहुनुको लाज भयो । भट्टाचार्यले भने, हामीलाई कविता किन चाहियो र ? भाषा हेर्नु पर्यो हिन्दीलाई नेपालीमा । बस् ।
बम्बैया स्टाइलमा उनले कट टु कट शैलीमा कुरा गरे । मलाई ठीक लागेन कुरा मैले भनें, वासुदा म निर्देशनको विद्यार्थी हुँ तपाइँसित बसेर काम सिक्न पाउँछु भनें मात्रै यो काम गर्छु ।
उनले मलाई कुन्नि किन पत्याए, हाँ हाँ ।। भन्दै उनले बाँकी सबै सम्वाद् हिन्दीमा बोले र आफ्ना निर्माण नियन्त्रक कुकी अनि फिल्मका संवाद् लेखक नवेन्दु घोषलाई भेट्न सल्लाह दिए ।
त्यसपछि म विदा लिएर ढोका छेवमा पुगेँ, उनले सोधी हाले अरु के गर्छौ ?
म इप्टामा काम गर्दैछु ।
ए त्यो इप्टा हामीले नै बनाएको हो । तिमी त्यहाँ छौ, वेरी गुड ।
मैले त्यही वेला उनका वारेमा जानेका सुनेका एकदुइटा कुरा भनें जुन उनका निम्ति अप्रत्याशित थिए , उनी जुरुक्क उठ्दै मेरा सामू आएर भने अरे ये तो एल् ई है । वाह रे वाह ।
एल ई को अर्थ थियो, लिविँग इन्साइक्लोपेडिया ।
दोस्रो दिन देखि उनको मुखमा मेरो बोलाउने नाउँ एलई नै हुन गयो कुनै अजीव जीवको नाउँ जस्तै र उनी मेरा वासु दा भए धेरै पुराना परिचित गुरुजस्तै ।
त्यसपछि करीब पैँतीसदिन म उनका पछि पछि फाइल, कलम, टेप, स्पूल बोकेर दौड्न थाले । मुम्बईमा मेरो व्यस्तता देखेर मेरा साथीभाइ छक्क पर्न थालेँ ।
वासुदासित हरेक भेटमा म केही न केही नयाँ कुरा सिकीरहन्थे , केही न केही नयाँ कुरा बुझिरहन्थे । उनलाई लाग्दो हो, मलाई काममा राखेर उनले ठीक निर्णय गरेनन् तर म चैँ लाभान्वित थिएँ ।
उनका दायाँ वायाँका मान्छे मलाई यति चैँ भन्थे, तिमी दादालाई धेरै दुःख नदेऊ है ।
म पनि आधा काम वीचमा पुगिसकेको भएर निहुँ खोज्थेँ, ठीक छ मलाई निकाली देऊ , अरु कसैलाई खोज न ।
त्यो मुम्बईमा सम्भव थिएन, किनकि त्यहाँ गाउने बजाउने र अभिनय गर्ने नेपाली कलाकार त धेरै थिए तर भाषा हेर्ने, अनुवाद गर्ने निर्देशकीय फाँट सम्हाल्ने मान्छे कमै थिए ।
वासुदा स्पष्टवक्ता थिए, आवश्यकता भन्दा बढी स्पष्ट । उनले एकदिन गायक उदीतनारायण झालाई भने, तिम्री फियान्सी एयर होस्टेस हो ?
हो, दादा । उदीतले भने ।
हो भने लिएर यहाँ लिएर नआऊ है, एयर होस्टेस मेरो कमजोरी हो ।
त्यो कुरा सुनेर उदीतको सातो पुत्लो उड्यो । साँच्चै उनले दीपालाई गीत रेकर्डिँग , डविंगतिर लिएर आउन छोड्यो ।
फिल्म निर्देशन र प्रविधिका अपार ज्ञानी वासु दा ससानो कुरामा पनि सतर्क भएर काम गर्थे तर उनलाई यो फिल्म पञ्चवटी नेपालमा चल्छ र दर्शकले मनपराउला भन्ने कुरामा पटक्कै विश्वास थिएन ।
पञ्चवटीको पोस्टप्रोडक्शनको कामको सिलसिलामा वासु दासित म निकै आत्मीय भएँ भने वासुदा पनि फिल्मप्रति आदर राख्ने र फिल्मका वारेमा ज्ञान राख्ने एक नेपाली विद्यार्थीसित भलीभाँती परिचित भए भन्ने कुरामा मलाई शंका भएन ।
एकदिन उनले मलाई भने, मलाई कसैले प्रिमियरमा बोलाए भने कि त म कसैलाई लाँदिन । कि त मलाई एकदम मनपर्ने मान्छेलाई लान्छु । आज तिमीलाई लान्छु कसो होला ?
मैले जीवनको एउटा ठूलो उपलब्धि ठानेको त्यो पल गुम्न नदिन वासु दालाई कुनै असर र कसर पर्न दिइँन ।
म उनीसित बलिऊडका ठूल्ठूला हस्तिले प्रिमियर हेरिने हलमा पुगेँ, शबाना आजमी अभिनीत अञ्जुमन नामको सिनेमा थियो त्यो । मुज्जफर अलीले निर्देशन गरेको । यो उमराव जान पछिको उनको अर्को एटेम्प्ट फिल्म थियो । यस फिल्ममा शबानाले फैज अहमद फैजका गीत पनि गाएकी थिइन्, खैय्यामको संगीतमा ।
अञ्जुमन हेरेर आएपछि वासुदाले भने, हाम्रो सिनेमा यत्तिको मात्र हुन्छ तर नेपालमा यत्तिको सिनेमा चल्दैन ।
लगभग त्यस्तै भयो, नेपालीमा पञ्चवटी तयार भयो तर टीका सिंहले नेपालमा यसलाई रिलिज गर्न सकेनन् ।
दरवारसँग निकटता भएकी टीकासिंहको ‘पञ्चवटी’ निर्माण पछि दरवारसितै दुश्मनी बढ्यो । बुहारी र जेठाजुको सम्बन्धलाई लिएर यो फिल्म नेपालमा अत्यधिक विवादमा पर्यो भने त्यही समय फोटोग्राफर चक्रवहादुर कार्कीको आत्महत्याको कारणले टीका सिंह झन् विवादको घेरामा परिन् । सिनेमा डब्बा बन्द भएर बस्यो, कुनै नेपालीले यसलाई नेपालको कुनै हलमा हेर्नै नपाइकन हाम्रो नौलाख रुपैञा नेपाली पैसा पनि डुब्यो ।
एउटा राम्रो मेकरले बनाएको सिनेमा यसरी नाश भयो ।

No comments:
Post a Comment