Wednesday, 8 August 2018
Singer Ramesh Tamrakar
नेपथ्यका गायक रमेश
प्रकाश सायमी
##
नेपाली रंगमञ्चमा आफ्नो मातृभाषामार्फत भाषा, कला, संस्कृतिको सेवा गर्ने केही प्रमुख जातिमा नेवारभाषी कलाकार पनि हुन् । नेपालभाषाको माध्यमबाट आफूलाई मञ्चमा सक्रिय बनाउने कलाकारमध्ये प्रेमध्वज प्रधान, भृगुराम श्रेष्ठ, नारायणगोपाल, नगेन्द्र हाडा, सत्यनारायण राजभण्डारी, द्वारिकालाल जोशी आदि प्रमुख हुन् ।
त्यसमध्ये एउटा नाम जोडिएर अगाडि आउँछ, रमेश ताम्रकार ।रमेश ताम्रकारको जन्म काठमाडौंको मुटु मानिने मरुटोलमा २००७ सालमा भएको हो । उपत्यकाको प्रमुख मानिने यो ठाउँ मरुटोल, जसको चर्चा ‘राजमति कुमति’ गीतमा समेत ठँहिटी र कोहिटीबीचको एक प्रमुख नगर मरुहिटीको व्याख्या गरिएको छ । यस गीतमा चर्चा गरिएको यो प्रख्य सहर मरुटोल कुनै समय राजनीतिको केन्द्रबिन्दु पनि मानिन्थ्यो । आजसम्म पनि काठमाडौं उपत्यकामा हुने केही विशेष कार्यक्रम यही परिसरमा हुने क्रम जारी छ ।मरुटोल नेपालभाषा जागरणमा प्रमुख भूमिका निर्वाह गर्ने एउटा विशेष ठाउँ हो । रमेश ताम्रकार यही ठाउँबाट उदाएका एक कलाकार हुन् ।
२०२७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर गायनमा आफ्नो विशिष्ट छाप बनाउन सफल रमेश ताम्रकारलाई उनका आफन्त पर्ने अग्रजगायक माणिकरत्न स्थापितले संगीतकार हुतराज शर्मासित गायन सिक्न अभिप्रेरित गरेको भन्ने गर्थे ।गायक माणिकरत्नले दीपतारा ताम्रकार, रमेश ताम्रकार, अनि केही नयाँ कलाकारका निम्ति सदैव प्रेरणाको पात्र बने ।
२०३१ असोज २८ गते रेडियो नेपालमा रेकर्ड भएको राजेन्द्र थापाको शब्द र शिवशंकरको संगीतको एउटा गीतले रमेश ताम्रकारको गायनलाई फरक धारमा पुर्याइदियो, त्यो गीतको बोल थियो– दिन सुनका रात चाँदीका, तिम्रो मेरो माया मिलनका ।शब्दमा अलग्गै भाव भएको यस किसिमको गीत त्यो समय नयाँ किसिमको थियो र आज पनि यस किसिमको रचना नयाँ मानिन्छ । रमेश ताम्रकारको यो गीत र यसै भावशैलीको गीत अहिले भारतमा भर्खरै गायक कैलाश खेरले पनि ‘दिन है सोने का रात है चाँदीका’ भनेर गाएको सुन्दा यो गीतको अतीतमोह भएर आउँछ ।
गायक भक्तराज आचार्यभन्दा तीन वर्षअघि रेडियो नेपाल प्रवेश गरेका रमेश ताम्रकारले भक्तराजको संगीत, भोला रिजालको शब्दमा ‘मैले आँखाको भाखा बुझिनँ’, पुरुषोत्तम सापकोटाको शब्द, सिके रसाइलीको संगीतमा ‘रोजी–रोजी हिँड्छौ किन’ तीसको दशकमा रेकर्ड गराइसकेका थिए ।शुभबहादुर र रोज कपुरको संगीतमा, उत्तमलाल श्रेष्ठको शब्दमा ‘जिन्दगीमा’ बोलको उनको गीत त्यो समय लोकप्रिय मानिएको थियो । संगीतकार शिवशंकरका प्रिय गायक रमेश ताम्रकारले प्रेमध्वज प्रधान, ज्ञानबहादुर श्रेष्ठ, गणेश रसिक, चन्द्रराज शर्मा, शम्भुजित बासकोटाका आदिका संगीतमा धेरै चर्चित गीत गाएका छन् ।
संगीतकार शम्भुजित बासकोटाको संगीतमा उनले ‘यादैयादमा अल्झ्यो मेरो जिन्दगानी’, ‘माया के हो चिन्नलाई’ जस्ता लोकप्रिय गीत गाएका थिए ।रमेश ताम्रकारको हिट गीत ‘यादैयादमा अल्झ्यो मेरो जिन्दगानी’ पञ्चायतकालमा प्यारोडी बनेर हिट लिस्टमा पनि परेको थियो । यसै गीतमार्फत संगीतकार शम्भुजित बासकोटा गाईजात्रा महोत्सवमा प्यारोडी गायकका रूपमा चर्चामा आएका थिए ।
अर्थशास्त्र विषयमा अध्ययन गर्न लन्डन पुगेका रमेश उताबाट फर्केपछि अभिनयमा पनि रुचि लिन थाले, उनले आफ्नो एउटा गीतमा अभिनय पनि गरे । गीतकार नीर शाहको शब्द, चन्द्रराज शर्माको संगीतमा अभिनेत्री विणा बस्नेत बुढाथोकीसित उनले एउटा म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् ।
यसपछि उनले आफ्ना गायक साथी विष्णु श्रेष्ठ, निर्मल श्रेष्ठ, अभिनेता प्रकाश अधिकारी आदिसित मिलेर नेपाल थिएटरमा अभिनय पनि सिक्न थाले ।

अभिनयका सोखिन रमेश ताम्रकारले गायनमा जस्तो अभिनयमा निरन्तरता दिन सकेनन् । यही समय उनी सांस्कृतिक संस्थानमा महाप्रबन्धक भए । पञ्चायतकालमा गायक नारायणगोपाल गुरुवाचार्य महाप्रबन्धक भएर उचाइमा पुर्याएको सांस्कृतिक संस्थानमा पछि गायक गणेश रसिक महाप्रबन्धक हुँदै रमेश ताम्रकारको पालो आउँदा यो संस्थान अलिअलि लथालिंग भइसकेको थियो, तर ताम्रकारले आफ्नो भूमिका ज्युँका त्युँ धाने पनि यो संस्थान त्यति उकासिन सकेन ।
रमेश ताम्रकारको महाप्रबन्धकत्व काल त्यति यादगार रहेन । उनले आफ्नो सांगीतिक यात्राका क्रममा धेरै गीत आफ्नै भाषा, भाव र सौम्यताका आधारमा गाएका छन् । तीमध्ये नेपालभाषामा गाएका उनका गीत सदा स्मरणीय छन् ।
नेपालभाषाको उनको अजरअमर गीतमध्ये एक यस्तो छ–
लाय्कुली दरबार दु
हलवाई पसलय् प्यारामरी दु
असनय् आजु दु वँगलय् आजु दु
मखनये सःस दु
नखःत्यावना वैगु जिलाथौँ
सिक्क हे धे धे चु ।
भक्तपुरका प्रसिद्ध गायक संगीतकार नगेन्द्र हाडाको शब्द–संगीतमा रमेश ताम्रकारले गाएको यो गीत एउटा उत्कृष्ट सांस्कृतिकमध्ये हो । उनै रमेश ताम्रकारले गणेश रसिकको शब्द संगीतमा गाएको गीत हो–
बाँच्न जन्मेको नेपाली म मृत्यु देखेर तर्सिन्नँ,
पुग्नु छ मैले धेरै पर आँधी हुरीमा रोकिन्नँ,
पहराले छेकेर छेकिन्न बाँच्न जन्मेको नेपाली म...
रमेश ताम्रकार यस प्रकारका गीतका निम्ति सदैव लोकप्रिय रहे ।

यो वर्ष उनको जीवनका निम्ति असाध्य दुःखद घटना रह्यो, तर यसै वर्ष उनलाई नातिकाजी संगीत स्मृति पुरस्कार दिइएको थियो, पुरस्कार ग्रहण नगरी रमेश ताम्रकार आफ्नो महायात्रामा हिँडे ।
सबैका सामु भाव शालीनता, सक्रिय जीवन, हार्दिक सम्बन्ध रहेका रमेश ताम्रकारको जीवनमा त्यो समय पूर्णविराम लाग्यो, जब उनी आफ्नो सांगीतिक जीवनका निम्ति केही नयाँ काम गर्ने तयारीमा थिए ।

Thursday, 2 August 2018
Writers in Cinema
सिनेमामा लेखकको मृत्यु
प्रकाश सायमी
००
सन्दर्भ १ :
नायक राजेश हमालले पहिलो फिल्म भाग्यरेखा साइन गर्दा उनलाई रु १० हजार दिइएको थियो र नायिका करिश्मा केसीले त्यतिवेला नायकले भन्दा ५ हजार बढी पाए मात्र खेल्ने भन्ने शर्तमा भाग्य रेखा फिल्म छोडेकी थिइन् , पछि कृष्टि केसीले नायिकामा प्रवेश गरिन् । तर सिनेमामा दुवै जना नायक नायिका नरहे पनि सिनेमा बन्यो । तर चलेन ।
यो २०४४ सालको कुरा थियो , यो राजेश हमालले चलचित्रको निम्ति पाएको पहिलो रेट थियो ।
विसं २०५३ सालमा राजेश हमालले पद्मा पिक्चर्सको अवतार नामक् सिनेमामा आएर बल्ल रु एक लाख पाए, नेपाली चलचित्रमा एक लाख लिने उनी पहिलो नायक थिए तर उनलाई रु दशहजार बाट एक लाख सम्म आउन करीब नौवर्ष चानचुन लाग्यो ।
सन्दर्भ २ :
भारतको बलिऊड भनिने सिने उद्योगमा प्रवेश गर्दा अमिताभ बच्चन प्रसिद्ध कवि डा हरिवंश राय वच्चनका पुत्र भनेर चिनिन्थे , उनी कोलकत्ताको बड एन्ड बड इन्टरन्याशनल कम्पनीमा म्यानेजर भएर काम गर्थे । कोलकत्ताबाट उनी पन्ध्र हजार रुपैञाको तलब छोडेर पहिलो फिल्म सात हिन्दुस्तानी खेल्न आए , लेखक ख्वाजा अहमद अब्बासको फिल्ममा । उनलाई अब्बासले रु १० हजार मा साइन गरेका थिए । सन् १९६९ मा यो त्यतिवेलाको धेरै धनराशि थियो । यो उनको पहिलो पारिश्रमिक थियो ।
सात हिन्दुस्तानी पछि अमिताभ बच्चनले धेरै सफल असफल खेल्दै सन् १९७५ मा शोले सम्म आइपुग्दा उनले रु एक लाख पाए ।
सात हिन्दुस्तानी बाट शोले सम्म आइपुग्दा उनको फिल्मी जीवनको छवर्ष वितिसकेको थियो । केवल छ वर्षमा उनको रेट १० हजारबाट १ लाखमा चढिसकेको थियो ।
भारत र नेपाल दुई अलग अलग देश भए पनि बजारतन्त्रले यसमा तात्विक असर पारेको देखिन्छ ।
अमिताभ बच्चन र राजेश हमालको समय फरक भए जस्तै बजार पनि फरक थियो तर यो बजारसँगै यसले तोक्ने अन्य सबै तत्व फरक नै थियो ।
भारतका पहिलो सुपरस्टार राजेश खन्ना पछि सर्वाधिक चर्चामा आएका अमिताभ बच्चनलाई पहिलो फिल्मबाट सातौँ फिल्म सम्म आइपुग्दा दोस्रो सुपरस्टार घोषणा गरिसकेको थियो ।
सन् १९७० जनवरी १ मा भारतको ट्रेड म्यागजिन मा फिल्म पत्रकार तथा पीआरओ शब्दकुमारले राजेश खन्नालाई सुपर स्टार इज बर्न भनेर लेखेका थिए तर यस शब्दको आविष्कार फिल्मपत्रकार देवयानी चौबलले गरेकी थिइन् , राजेश खन्नाका निम्ति ।
सन् १९७१ मा क्वेस्ट पत्रिकामा फिल्मकार एवम् कवि दिलीप चित्रेले सफलतालाई परिभाषित गर्दै लेखेका थिए, यदि भारतमा कुनै यस्तो व्यक्ति होला जसको आकर्षण देशको प्रधानमन्त्री भन्दा बढी ज्यादा छ भने त्यो हो, राजेश खन्ना ।
चित्रेले द करिश्मा अफ राजेश खन्ना मा खन्नाको सुपरस्टारडम, मास हिस्टेरिया अनि बजारतन्त्र र उनको मँहगो पारिश्रमिकका वारे लेखिरहेको वेला भारतमा निर्देशक, लेखक वा अन्य चलचित्रकर्मीको तुलना नै हुँदैन थियो ।
राजेश खन्नाको युगको प्रशंसा जति भइरहेको थियो त्यतिवेला उनको विरोध पनि प्रशस्त भइरहेको थियो ।
एउटा संस्कृतको उपकथाको चर्चा गर्दै लेखक सलीम खानले लेखेका छन् , जब गाउँबाट कुनै दूधको बयलगाडी जाँदै थियो एउटा कुकूर घामबाट बच्न त्यसको छायामा पछि पछि लाग्थ्यो तर धेरै दिनपछि कुकूरलाई यस्तो लाग्न थाल्यो त्यो बयलगाडी मेरै कारणले तानिँदैछ । एक पछि एक फिल्म हिट भएपछि हरेक अभिनेतालाई यस्तै लाग्न सक्छ , सारा फिल्म मेरै कारणले चलेका हुन् ।
राजेश खन्नाको यो युगलाई तोड्न सलीम खानले आफ्ना सहकर्मी जावेद अख्तरसित मिलेर सलीम जावेद नामबाट फिल्म लेख्न शुरु गरिसकेका थिए । स्मरणीय कुरा, सलीम जावेद जोडी जन्माउन सुपरस्टार राजेश खन्नाकै हात थियो ।
राजेश खन्नासित दुई फिल्म आनन्द र नमकहराम खेले पछि यो सुपरस्टारडम् विस्तारै अमिताभ बच्चनतिर हस्तान्तरण हुँदै गयो । सलीम जावेदले जञ्जीर फिल्म मार्फत् अमिताभ बच्चनलाई सन् १९७३ मे ११ का दिन पर्दामा ल्याए । भनिन्छ, प्रकाश मेहरा निर्देशित यो फिल्ममा अमिताभ बच्चनले पारिश्रमिक स्वरुप ६०,००० लिएका थिए । लेखकद्धय सलीमजावेदले पनि यस फिल्मको पटकथाका निम्ति ५५,००० लिएका थिए । त्यतिवेला ५०,००० पनि ठूलो रकम मानिन्थ्यो । यस फिल्ममा एउटा संवाद् पनि यस्तो थियो, शेर खाँलाई इन्सपेक्टर विजय (अमिताभ बच्चन) लाई मार्न रु ५०,००० अफर गर्दा शेर (प्राण) ले भन्छन् , एक इन्सपेक्टर की जान की किम्मत पचास हजार रुपैये । मालूम होता है बडा ही इमान्दार इन्सान है ।
यो संवाद् बाट थाहा हुन्थ्यो त्यो समय पचास हजारको कति मूल्य थियो ।
सलीम जावेदले जञ्जीर का निम्ति लेखकका रुपमा ५५ हजार लिएरै छाडे । त्यति मात्रै होइन यी दुईले पोस्टरमा आफ्नो नाम पनि निर्देशक कै बराबर राख्न लगाए, यो हिन्दी फिल्म इतिहासमा पहिलो र नौलो घटना थियो ।
यसअगि हिन्दी फिल्म इतिहासमा यस्तो घटना घटेको थिएन । यसअगि हिन्दी फिल्ममा लेखकको अवस्था हरिजन बराबर मानिन्थ्यो । चलचित्रको शुटिंग पछि स्टुडिओबाट निर्देशक नायक नायिका कारमा चढेर सररर बाहिर जान्थे , लेखक पियन वा चौकिदार जस्तो गाडीको छेवमा बसेर उनलाई विदा गर्थे ।
भारतमा लेखकलाई कतिपय ठाउँमा लेखनदास पनि भनिन्थ्यो तर त्यस्तो अवस्थामा पनि लेखकका रुपमा आफूले मुन्शी जस्तो पद पाउने पहिलो लेखक त प्रेमचन्द थिए , त्यो पनि उनले साहित्यिक जगत मै त्यो पद पाएका थिए तर सिनेमामा त्यो अझै सम्भव वा साध्य थिएन ।
हिन्दी फिल्ममा लेखकका रुपमा पंडित मुखराम शर्मा, अबरार आल्वी, अमान , कमाल आमरोही, ख्वाजा अहमद अब्बास, गुलजार आदिले केही सम्मान पाउनुको कारण ती व्यक्तिहरु सिनेमाका प्राविधिक पक्षका ज्ञाता पनि थिए ।
बरु यस समय सिनेमामा गीत लेखेर साहिर लुधियानवीले गायक गायिका वा संगीतकारले भन्दा १ रुपैञा बढी लिएर आफ्नो भाउ बढाए पनि फिल्म लेखकले त्यो पहिचान पाएनन् । सलीम जावेदले यसमा खुल्ला वहस शुरु गरे , पाँच मिनटको गीत लेखेर जाने गीतकारको भन्दा कथा, पटकथा संवाद् लेखकको एउटा हिरोको जतिकै मूल्य छ यो फिल्मको लागि ।
यी दुई यही कुरामा अडिग रहे ।
सलीम जावेदले यसअगि अन्दाज, हाथी मेरे साथी, सीता और गीतामा लेखन कार्य गर्दा नाम पनि इज्जतले पाएनन् , बरु तिनको नाउँ स्टोरी बोर्ड नामक् समूहमा देखा पर्यो ।
जञ्जीरको सफलाता पछि यिनले अन्दाज कै निर्देशक रमेश सिप्पीको अर्को फिल्म शोले ( सन् १९७५ ) त्यस चलचित्रका नायक अमिताभ बच्चनले जतिकै पारिश्रमिक लिए । त्यसवाहेक फिल्मको प्रिरिलीजको निमित छापिएको पोस्टरमा फिल्मको नाम बराबर सलीम जावेदको नाम छापेर बधाई दिइएको थियो , निर्माता जीपी सिप्पी र निर्देशक रमेश सिप्पीको तर्फबाट ।
सिप्पी बन्धुकै सन् १९७१ मा प्रदर्शित फिल्म अन्दाज मा यी दुई लेखकको नाउँ सिप्पी फिल्म्स् स्टोरी डिपार्टमेन्टमा अतिरिक्त लेखकका रुपमा प्रकाशित थियो ।
जञ्जीर पछि अमिताभ बच्चनको पारिश्रमिक बढ्दै गयो , त्यससँगसँगै यी लेखकद्धयले अमिताभ बच्चन अभिनीत हरेक फिल्ममा अमिताभ बराबर नै पारिश्रमिक लिए , त्यसमध्ये १९७४ को मजबूर , सन् १९७५ को दीवार, सन् १९७५ को शोले, सन् १९७७ को इमान धरम, सन् १९७८ को त्रिशुल , सन् १९७८ को डन, सन् १९७९ मा काला पत्थर, १९८० मा दोस्ताना प्रमुख मानिन्छ ।
सन् १९८२ मा सलीम जावेदले दिलीप कुमार र अमिताभ बच्चनका लागि शक्ति नामक् फिल्म लेखे ।
सन् १९७० देखि सन् १९८० सलीम जावेदको अपार युग थियो , सन् १९८० मा निर्माण नियन्त्रक यश जौहर ( फिल्म निर्देशक करण जौहरका पिता) लेख जब दोस्ताना बनाउने निर्णय गरे त्यतिवेला सलीम जावेदले पटकथाका लागि १२ लाख पचास हजार मागे , जतिवेला अमिताभ बच्चनले बाहिरका फिल्ममा प्रति फिल्म १२ लाख लिन थालिसकेका थिए ।
देव आनन्दका फिल्म गाइड, ज्वैल थिफ, प्रेम पुजारीमा निर्माण नियन्त्रक रहीसकेका जौहरले लेखकद्धयलाई १२ लाख पचास हजार नै तिरे ।
यो घटनलाई लिएर लेखक सलीम खानले पुराना लेखक अबरार आलवीलाई भने , अबरार साहब हामीले त्यो गरेरै देखायौँ जुन बलिऊडमा हुन बाँकी थियो ।
एउटा चलचित्रमा लेखकको स्थान तोक्न र बनाउनमा सफल यो जोडी मिस्टर इन्डिया ( सन् १९८७ ) मा गएर अन्त्य भयो त्यो पनि अमिताभ बच्चनले भूमिका अस्वीकार गर्नुको कारणले ।
मिस्टर इन्डिया मा नायकको भूमिकालाई लिएर अमिताभ बच्चनको असहमतिलाई दुई लेखकले अलग अलग इन्टरप्रेट गरे पछि यो जोडी यहीँ गएर टुक्रियो ।
अमिताभ बच्चनलाई क्रुद्ध युवा नायकको छवि दिने यो जोडीले सन् १९५६ मा बेलायती लेखक जोन आस्बर्नद्धारा लिखित लूक ब्याक् इन एँगर बाट एँग्री योंगम्यान् सापटी लिएका हुन् यद्यपि हिन्दी फिल्ममा यो शब्दावली मुझे जीने दो मा सुनील दत्त अनि गंगा जमुना मा दिलीप कुमारले पनि पाइसकेका थिए तर महबूब खानको मदर इन्डिया मा सुनील दत्तले गरेको विरजूको भूमिकालाई त्यो वेला नै एंग्री योँग म्यान्को पदावली दिइएको थियो ।
नेपाली सिनेमामा राजेश हमालले गरेका धेरै भूमिकालाई एँग्री योँगम्यान्का ट्याग लागेको थियो ।
सिनेमामा नायकलाई चरित्र दिने मात्र नभइ चलचित्रमा लेखकको सम्मान र स्थान निक्र्यौल गर्नमा उच्चतम भूमिका निर्वाह गर्ने यी दुवै लेखक मध्ये जावेद अहिले कवि र शायरका रुपमा परिचित छन् भने सलीम खान फिल्म नायक सलमान खानका पिताका रुपमा चिनिन्छन् । जावेद प्रसिद्ध गीतकार जाँ निस्सार अख्तरका छोर थिए भने उनी चलचित्रमा लेखक नै बन्न आएका थिए तर पुलिस इन्सपेक्टरका छोरा सलीम खान भारतको इन्दौरबाट चलचित्रका नायक बन्न आएका थिए ।
आज दुवै लेखकका छोरा चलचित्रमा नायकका रुपमा समर्पित छन् , जावेद अख्तरका छोरा फरहान अख्तर चलचित्र लेखक निर्देशक अनि संगीतकार छन् भने उनकी छोरी जोया अख्तर पनि निर्देशक छिन् ।
सलीम खानका तीनै छोरा सलमान , अरवाज अनि सौहेल खान अभिनयमा सक्रिय छन् ।
सलीम जावेदल अस्सीको दशकमा हिन्दी सिनेमामा बनाएको आफ्नो गर्वशाली युग फेरि बलिऊडमा दोहोरिन सकेन । अहिले फेरि हिन्दी सिनेमामा लेखकको उपस्थिति शून्य बरारब भएको छ , वा मृत अवस्थामै छ । निर्देशकले अँग्रेजी वा कोरियन फिल्मको डिभीडीबाट हुबहु सिनेमा कपी गर्छन् , अनुवाद गर्नका निम्ति एउटा लेखनदासको खाँचो हुन्छ त्यो काम कुनै पनि समय उनका सहायक वा अरु कसैले पनि गरिदिने चलन छ ।
हाल नेपाली फिल्मको अवस्थामा पनि लेखकको हालत त्यही छ ।
नेपाली सिनेमामा शुरुवात देखि लेखकको अवस्था क्षतिपूर्तिको रुपमा लिइन्छ , कतिपय ठाउँमा लेखकको नाउँ सम्म पनि दिइँदैन ।
उदाहरणका लागि आफ्नो दुई दशकको फिल्मी क्यारिअरमा राजेश हमालले साथीको लागि यो हात सलाम हो , दुश्मनको लागि यो हात फलाम हो नाम हो मेरो पृथ्वी भनेर बोलिने सम्वाद् कुन लेखकको हो कसैलाई थाहा छैन वा राजेश हमालले मञ्चमा बोल्दा त्यो जरुरी पनि मानेनन् ।
पृथ्वी फिल्मको यो संवाद् संयोगले यही पंक्तिकारले लेखेका हुन् भन्ने धेरै पाठकलाई ज्ञान नहुन सक्छ ।
राजेश हमाल मात्र होइन, शिव श्रेष्ठ, भुवन केसी , अर्जुनजंग शाही, रवीन्द्र खड्का , विजय लामा, कृष्ण मल्ल, सौगात मल्ल, दयाहाँग राई , अनमोल केसी कसैले पनि बोल्ने संवाद् वा पटकथा कुनै लेखकले लेखेका होलान् तर तिनको चर्चा कहिले कतै भएको पाइँदैन ।
पहिलो नेपाली सिनेमाका लेखक दुर्गाप्रसा श्रेष्ठ देखि लिएर सबैभन्दा बढी पारिश्रमिक पाउने सेतो बाघ का लेखक डायमन शम्सेर राणा सम्म आइपुग्दा धेरै लेखकले नेपाली सिनेमामा लेखकका रुपमा योगदान दिइसकेका छन् , विजय मल्ल, चेतन कार्की, केशवराज पिंडाली, हिराकुमार सिंह, डा ध्रुबचन्द्र गौतम, अविनाश श्रेष्ठ, ब्रजेश खनाल, मोहन निरौला, नयनराज पाण्डे आदि तर तिनको उपस्थितिमा पनि कुनै नायकले हिन्दी फिल्मकै संवाद् हुबहु नेपालीमा अनुवाद गरेर अनमोल केसीकै स्वरमा मेरा दुश्मनहरुले सोचिरहेका होला म फर्केर आउने छैन भनेर । बोल्छन् भने लेखकको उपस्थिति के अर्थ रहला त ?
सलीम जावेदल आफ्नो फिल्म डन, जञ्जीर को रिमेक गर्दा पनि त्यसमा आफ्नो अहम् अस्तित्व खोजे । जब डन २ बनाइयो त्यतिवेला पनि उनीहरुले हामीसित दोस्रो डन को निम्ति स्वीकृति लिइएको थिएन भनेर मुद्दा हालेका छन् , त्यो मुद्दा अहिले मुम्बईको उच्च अदालतमा निर्णयाधीन नै छ ।
लेखक हुनुको अर्थ यो पो हो त ।
एउटा लेखकले सिनेमामा नायकको जति कै महत्व सृजना गर्ने सलीम खान र जावेद अख्तरको जोडी टुट्नु भारतीय सिने इतिहासमा व्यावसायिक युगको अन्त्य त हो नै तर सलीम खान स्वयम्ले भनेका छन् , मारियो पूजोले जस्तै एउटा गडफादर लेखेर मर्न पाउँ ।
उनको यो प्रार्थना जारी छ ।
००
Wednesday, 11 April 2018
Kamala Shrestha
गायिका कमला : ज्योतिको स्वरुप
प्रकाश सायमी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको दुई कृति मुनामदन र म्हेन्दु दार्जीलिँगमा मञ्चन भएपछि यसलाई नेपालमा मञ्चन गर्ने प्राभ्यास धेरैले गरे तर असफल भयो ।
दार्जीलिँगकै कुमुदिनी होम्स्को मुनामदन मञ्चन भएको घटनाबाट प्रभावित भएर काठमान्डूमा यसको मञ्चनका तैयारी गरे , नाट्यकर्मी कोकिल गुरुँगले । कोकिल गुरुँगको यो साहसिक काम पोखरामा गएर विफल भए पछि उनी ऋणपान गरेर पोखराबाट फर्के , यसपछि मुनामदन मा कसैले हात हालेनन् ।
मुनामदन भारतमा कुनै समय बन्दै रोकिएको लब एन्ड गड जस्तै भयो , असफलताको प्रतीक ।
केही समयको अन्तरालमा फेरि सांस्कृतिक संस्थानको प्रयासमा मुनामदन को मञ्चनको तैयारी भयो , यसलाई नेपाल कलाभूषण चन्द्रराज शर्माले संगीत निर्देशन गरे । चन्द्रराज शर्माको महाकवि देवकोटासित अलि परको नाता पनि थियो ।
मुनामदन यसपालि पनि फ्लप खायो ।
विक्रमाब्द २०३७ सालमा फेरि सांस्कृतिक संस्थानकै पहलमा पुनः मुनामदन मञ्चन गर्ने तैयारी गर्यो , यसपालि यसको संगीत निर्देशन सांस्कृतिक संस्थानकै कर्मचारी नारायणगोपालले गर्ने भयो ।
नारायणगोपालका निम्ति यो दुई कारणले चुनौति थियो, यसअगि यो गीति नाटकमा दुई भेट्रानले संगीत गरिसकेका थिए, अम्बर गुरुँग र चन्द्रराज शर्माले । दुवैको सांगीतिक आरेख अरु कुनै संगीतकारको भन्दा कम थिएन ।
नारायणगोपालले गायकका रुपमा धेरै ख्याति कमाएपनि यस्तो मेजरवर्कमा पहिल्यै हात हालेका थिएनन् । यो पहिलो चुनौति थियो ।
दोस्रो चुनौति उनको निम्ति झन् ठूलो थियो , त्यो हो यस गीति नाटकमा मदनकी दिदी को पृष्ठगायनका निम्ति । सांस्कृतिक संस्थानले शुरुवातमा गायिका तारादेवीलाई अस्थायी रुपमा सेवामा नियुक्त गरेको भएपनि सांस्कृतिक संस्थानले अब त्यो क्रम दोहोर्याउने छाँट थिएन ।
नारायणगोपालका निम्ति गायिका छान्नु महाभारत भयो , तारादेवीसित उनको शीतयुद्ध जारी थियो अथवा बोलचालको क्रम नै बन्द थियो । अर्की गायिका अरुणा लामा नेपाल बाहिर भारतको दार्जीलिँगमा बस्थिन् , उनलाई पाश्र्वगायनको निम्ति निम्त्याउनु संस्थानको नीति विरुद्ध थियो । घ श्रेणीको संस्थानसित त्यति बजेट पनि हुँदैन थियो ।
नारायणगोपालले यसको बैतरणी पार गरे, गायिका कमला श्रेष्ठलाई चयन गरेर । कमला श्रेष्ठ त्यतिवेला सांस्कृतिक संस्थानमा काम गर्न थालेको दशवर्ष भइसकेको थियो ।
कमला श्रेष्ठमा भएको प्रचुर सम्भावना नारायणगोपाललाई ज्ञात थियो , नारायणगोपाल र गोपाल योञ्जनको मीतज्यू नाइटमा कमला श्रेष्ठले करामत गरिसकेकी थिइन् ।
मीतज्यू नाइट मा कमलाको गायनलाई लिएर साहित्यकार पारिजातले समेत प्रशंसा गरेर गोरखापत्रमा लेखिसकेकी थिइन् ।
नारायणगोपालको संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना गाउने पाउने भाग्यमानी गायिका कमला श्रेष्ठले कुनै दाग छोडिनन् ,
हे मेरा भाइ, ती तिम्रा मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरुप लिएर तिनी बगैँचा बसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती
नारायणगोपालसित कमला श्रेष्ठको सहगायन गुञ्जिँदा नाचघरभित्र ईश्वर प्रकट भएको महशूश गर्छन्, नारायणगोपालका भाइ मनोहरगोपाल गुरुवाचार्य ।
संगीतका गुरु मनोहरगोपालले नारायणगोपालका सबै गीत राम्रा हुन् तर मुनामदन मा उनलाई ईश्वरीय बरदान मिलेको एक रेडियो कार्यक्रममा जानकारी दिएका छन् ।
सच्चा अर्थमा भन्ने हो भने नारायणगोपालले त्यतिवेलाका एकसेएक नाम चलेका गायिकालाई छोडेर कमला श्रेष्ठलाई चुन्नु एउटा अग्निपरीक्षा नै थियो ।
यो अग्निपरीक्षामा नारायणगोपालले अघिल्लो इतिहास मेटिदिए, असफलतका सारा पाठलाई पल्टाईदिए । यसअगि मुनामदन मा उर्मिलाकुमारी श्रेष्ठ, तारादेवी, अरुणा लामा, निर्मला श्रेष्ठले गाइसकेकको भएपनि कमला श्रेष्ठको आवाज नै अहिलेसम्म सुनिँदैछ , यसको कारण हो गीतिनाटकको सफलता ।
नारायणगोपालसँगै २०१८ को हाराहारिमा रेडियो नेपाल प्रवेश गरेकी कमला श्रेष्ठ संयोगले २०२४ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा नारायणगोपालले सर्वोत्तम गायक को पुरस्कार पाउँदा त्यही साल कमला श्रेष्ठले सर्वोत्तम गायिकाको पुरस्कार पाएकी थिइन् , यादव खरेलको शब्द अनि नातिकाजीको संगीतमा ,
नौगेडीको मेरो माला मेरो कता हरायो...
अज्ञात कारणवश कमला श्रेष्ठ प्रथम भएको यो गीत पछि तारादेवीको स्वरमा रेडियो नेपालमा रेकर्ड भए पछि कमला श्रेष्ठको नाम मेटियो ।
गीतकार यादव खरेलले यस गीतका संगीतकार नातिकाजी वारे यस्तो लेख्नु भएको छ,
नातिकाजी एकजना संगीतकार मात्र नभएर आफैँमा एउटा संस्था र घराना हुनुहुन्छ । उहाँले आधुनिक , लोकगीत, राष्ट्रीय गीत, भजन आदि समेत गरी करीब २ हजार भन्दा बढी गीतहरुका साथै बीस गीति नाटक मा संगीत दिनु भएको छ ।..
तर दुर्भाग्यवश नातिकाजीको त्यो आरेखमा कमला श्रेष्ठको नाउँ पछि समेटिएन , कारण इतिहास मै पुरिए वा निशब्द भइसकेकी कमला श्रेष्ठ मै दवियो कि ?
कमला श्रेष्ठ यसपछि गोपाल योञ्जन क्याम्पकी प्रिय गायिका भइन् , गोपाल योञ्जनको संगीतमा उनले ईश्वरवल्लभको शब्दमा एउटा कालजयी गीत गाइन् ,
कति टाढा खोलाको किनार
कति टाढा सपना मेरा
यो गीत पछि कमलाले आफ्नो परिचयका निम्ति नाम दोहोर्यारहन परेन । भारतको पश्चिम बँगालको दार्जीलिँगबाट गोपाल योञ्जन नेपालीमा एमए गर्न नेपाल आएपछि यहाँ शुरुवातमा उनको प्रिय गायिका कमला नै थिइन् , कमला श्रेष्ठले गोपाल योञ्जनको शब्द संगीतमा प्रस्तुत गीत गाइन् ,
म बाँच्ने उमेरहरु सारा हजुरलाई
मेरा भागका सारा खुशीहरु सारा हजुरलाई
रेडियो नेपाल बाहिर रत्न रेकर्डस् को ईएसआर २९ का निम्ति उनले योञ्जनको संगीतमा दुई गीत रेकर्ड गरिन् , यो त्यतिवेलाका मानक गीत भए ।
पछि कमलाले गोपालकै शब्द संगीतमा म सपनाभरि छु, छातिभित्र मुटु, आकाशबाट जस्ता यादगार गीत गाइन् । यी सबै गीत गाउञ्जेल गोपाल योञ्जनका चमकदार गीत बन्दै थिए । लामो समयपछि (करीब दशवर्ष पछि मात्र) संगीतकार योञ्जनले उनलाई मायाप्रीति फिल्ममा दोहोर्याए, उनले यस चलचित्रमा कल्याण शेरचनको संकलनमा गायिका ज्ञानु राणा र मीरा राणाका साथ रत्यौली गीत गाइन् ।
संगीतकार नातिकाजीसित पनि उनले लामो अन्तराल पछि पच्चीस बसन्त मा एउटा भोजपुरी गीत गाएकी थिइन् , यो नातिकाजीसित उनको कम्पेनशेसन हो वा सुधारको संकेत ? तर यात्रा यसअगि बढ्न सकेन ।
नातिकाजी वाहेक उनले शिवशंकरको संगीतमा पनि गाएकी छिन् , युवराज ज्ञवालीको शब्दमा शिवशंकरको संगीतमा यो उनको यादगार गीत मानिन्छ,
तारे भीरमा बाबियो लसरी
लाको माया छुट्ने कसरी
सल्लै हो जोवन कल्लाई हो
आधुनिक गीत गायनमा वाहेक कमलाको गायनमा लोकगीत, भाषाभाषीका गीतमा अत्यन्त ठूलो उपस्थिति छ , उनले भोजपुरी मैथली र आफ्नै मातृभाषा नेपालभाषा समेत उनले कमालका गीत गाएकी छिन् । त्यसमध्ये ल्याय्म्हम्क दाजु तंचाया ला छु, छितः जिं ला छु है धैगु मदु ( जवान मेरा दाजु रिसाउन भयो कि क्या हो मैले त तपाइँलाई केही भनेकै छैन) लोकप्रिय मानिन्छ । त्यसवाहेक गुलित फसाद बियेत्यना कृष्ण र वाउँगु सिमाचाय् म्हासुम्ह झँगचा ( हरियो रुखको हाँगामा पहेँलो चरी ) पनि लोकप्रिय मानिन्छ ।
यो बाह्रमासे र बसन्त नामक् अल्बम उनका पति तारारत्न स्थापितले नै प्रकाशन गरेका हुन् ।
सांस्कृतिक संस्थानमा उनीसित १८ वर्ष सँगै काम गरेकी गायिका निर्मला श्रेष्ठ उनलाई सम्झिँदै भन्छिन्, कमला म भन्दा अग्रज हुन् । म मोहनसुन्दर श्रेष्ठसित शास्त्रीय गायन सिक्न जाँदा कमला नाचघर मा आएकी थिइनन् तर पछि उनी जागीरे कलाकारको रुपमा आएपछि हाम्रो परिचय बढ्यो । उनी खानपीनमा धेरै शौकिन थिइन् , अहिले उनी वित्यो भन्ने सुन्दा उनले खानाको कुरा गरेको अनि विशेष गरेर बोसो भुटेर खाएको प्रसंग भन्ने गरेको खूब सम्झेँ । उनी साह्रै प्रतिभाशाली तर साह्रै सादा र साधारण महिला हुन् । म त स्तव्ध छु ।
अमेरिकामा बस्दै आएकी निर्मलाले उनको निधनको खबर फेसबुकबाट थाहा पाएको बताइन् ।
सांस्कृतिक संस्थानमा आफ्ना अग्रज नृत्यकार भैरववहादुर थापाको सहयोगमा मासिक रु १५० मा प्रवेश गरेकी कमलालाई अधिकृत कलाकार हुन धेरै समय लाग्यो । विसं २०३३ सालमा गायक नारायणगोपाल सञ्चालक समितिको सदस्य भएर आएपछि उनलाई अधिकृत कलाकार बनाइएको थियो ।
विसं २०३६ सालदेखि विसं २०४० सालमा सांस्कृतिक संस्थानमा कमलाको एक शालीन युग वित्यो , गायनमा, विदेश भ्रमणमा अनि नयाँ नयाँ सृजनामा । यस समय सांस्कृतिक संस्थानमा नारायणगोपाल महाप्रवन्धक भएर आइसकेका थिए ।
आफूभन्दा ८ वर्ष जेठा गायक नारायणगोपालसँगै रेडियो नेपाल प्रवेश गरेकी कमलाले नारायणगोपाल सँगै रेडियो नेपालको प्रतियोगितामा विजयी हुने मौका पाइन् भने नारायणगोपालकै संगीतमा मुनामदनमा गाउने अवसर पाइन् । नारायणगोपाल र कमलाको निकटताको कारण संगीत र सांस्कृतिक संस्थान मात्र नभएर अर्को विशेष कारण पनि छ, त्यो हो फुटबल ।
नारायणगोपाल फुटबलका फ्यान । अनि कमलाका पति तारारत्न स्थापित फुटबलका नामी खेलाडी ।
नारायणगोपालसित यति निकटता भएपनि वा नारायणगोपालसित बीसौँवर्ष सहकार्य गरे पनि गायिका कमलालाई नारायणगोपाल संगीत कोशले कहिल्यै स्वरसम्राट नारायणगोपालस्मृति पुरस्कारले पुरस्कृत गर्न सकेन । वा, नारायणगोपाल संगीत कोशको गल्ति हो वा गायिका कमलाको नम्रता वा अल्पभाषी हुनुको पीडा ?
गीतसंगीतका निम्ति दिइने दुइओटा ठूला पुरस्कार छिन्नलता गीति पुरस्कार र स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार बाट त उनी टाढै रहेन भने अन्य ठुल्ठूला धनराशिका पुरस्कारबाट उनले निकट हुने कुनै मौका नै पाइननन् ? यसवारे उनले आफ्ना सहपाठी एवम् छिमेकी शान्ता सिंहलाई अस्पताल भर्ना हुनु केही दिन अगि भनेकी रहिछिन् , खै कता निवेदन हाल्न, विन्ती गर्न पनि जान सक्दिनँ कसैले सम्झने पनि होइन । पुरस्कारको निम्ति त म कतै धाउन पनि जान सक्दिनँ ।
काठमान्डू चावहिल मैजुबहाल मा उनलाई हिँडिरहेकोे देख्ने टेलिभिजनकर्मी शैलजा सिंह न्यौपाने , संगीतकार शुभवहादुर सुनाम, प्रभा सुनाम अब उनको आवाज मात्र सम्झिन्छन् ।
२०७४ सालको अन्तिम महिनाको पाँचौ दिन गंगालाल अस्पतालमा प्राण त्यागे । ६९ वर्ष अगि कात्तिक नौ गते पिता रामवहादुर श्रेष्ठ र माता इन्द्रमाया श्रेष्ठकी छोरीका रुपमा जन्मेकी कमलाले करीब पन्ध्रवर्ष को उमेरदेखि गायनमा प्रवेश गरेकी हुन् ।
संगीतकार हुतराज शर्मा, सीके रसाइली, गणेश रसिकको संगीतमा गीत गाएकी छिन् , गणेश रसिकको शब्द र संगीतमा सहिदिन्छु कुट बरु बोलीले नकुट , मरिदिन्छु मार बरु वचनले नमार निकै लोकप्रिय मानिन्छ ।
आधुनिक, भजन बाहेक लोकगीतमा कुमार बस्नेतसित गाएका प्रायः लोकगीत चर्चित छन् तर मादलवादक प्रेमदेव गिरीको संकलनका लोकगीत सरर मलेवा घुम्छ बादलमुनि मायालाई
सर्वाधिक चर्चित मानिन्छ , यो गीत पश्चिामाञ्चलको एक प्रतिनिधि लोकगीत मानिन्छ ।
स्वरमा मुलायमपन, गायकीमा सादगीपन भएकी कमला श्रेष्ठ गत केही वर्ष देखि ओझेलमा बस्न थालेकी थिइन् , आफ्ना तीन छोरा उदय, विनय र बबिनका साथ सुखमय परिवारमा रमिरहेकी कमलालाई मुटूको रोगको समस्याले केही समयदेखि आक्रान्त बनाएको थियो । उनीसितको समय र काललाई सम्झिँदै गायक रोविन शर्माले सामाजिक सञ्जालमा लेखेका छ्न, उहाँसित धेरै जसो कार्यक्रममा सँगै मञ्चमा उत्रने मौका पाएको छु । अति सरल सादा जीवन भएकी कमला दिदीसितको मेरो सम्झना आजन्म सँगै रहनेछ ।
गायिका कमलालाई धेरैले गायिकाको रुपमा सम्झे पनि उनी एक कुशल नृत्याँगना पनि हुन् , उनले नेपालीमा बनेको दोस्रो चलचित्र हिजो आज भोलि मा नृत्य पनि गरेकी थिइन् ।
औपचारिक शिक्षामा कक्षा ९ सम्म अध्ययन गरेकी कमलाले इलाहावादको प्रयाग संगीत समितिबाट स्नातक उत्तीर्ण गरेकी थिइन् ।
आफ्ना अग्रज संगीतकार चन्द्रराज शर्मा देखि आफूपछिका गायक द्धारिकालाल जोशी, प्रवीण गुरुँग, लोकवहादुर क्षेत्रीसित सांगीतिक सहकार्य गरेकी गायिका कमलालाई महाकवि देवकोटाको कालजयी रचनाकै शब्दमै समर्पण छ,
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती ...

Wednesday, 13 December 2017
Namheen Patraharuko Namma by Prakash Sayami
नामहीन पात्रहरूको नाममा
#प्रकाश सायमी
रंगमञ्चलाई जीवन र भविष्य ठानेर नाट्यकर्ममा होमिन आउने विभिन्न अनुहार, आवाज र परिचय बोकेका ती नाम र पहिचान अब हराइसकेको छ। समयको गर्तले तिनको नाम निशानलाई पुरिसकेको छ तर अस्तित्वमा एउटा सम्झना अझै बाँकी छ। ती सच्चा सहिद थिए, जसले नेपाली रंगमञ्चलाई यहाँसम्म ल्याउन आफ्नो जिउज्यान र परिवारलाई समपर्ण गरेका थिए।
nepali-patro-june
यदि सहिदको परिभाषालाई समर्पण वा सम्पूर्ण बलिदानको अवस्थालाई व्याख्या गर्ने हो भने ती हराएका, बिलाएका वा देशीय संस्कृतिलाई बचाउन आफ्नो रगतपसिना बगाएर फना हुने महान् कलाकारलाई देशले सम्झनैपर्ने हुन्छ।
तिनीहरूले रंगकर्म गर्दा न मिडिया गिम्मिकको यो अवस्था थियो न नाम, दाम र पपुलारिटी। आजजस्तो दान, अनुदान र सम्मान थिएन। स्पन्सर, विज्ञापन वा ब्यानरको भाषाको भव्यता र वैभवको भविता त टाढाको कुरा।
रंगकर्म त्यस बेला कर्म नभएर धर्म मानिन्थ्यो। नाटक वा कला प्रस्तुति गर्नुअघि सामाखुसी चोकको नाट्येश्वरीको मन्दिरमा गएर बलि चढाएर अनि आफू बलि चढ्थे कलाकारहरू।
यी ती समयका रंगकर्मी हुन्, जसलाई आशा र विश्वास पनि थियो। केही होला भनेर तर हुन सक्ने सम्भावना केही थिएन। ज्यादा प्रसिद्धि भयो भने कुनै पनि समय जेलको बास पनि हुन सक्थ्यो। मञ्चसम्म आउनुअघि विशेष प्रहरी, अञ्चलाधीश कार्यालय, सिडिओ आदिको ढोका–ढोका धाएर आउनुपर्थ्यो।
यी रंगकर्मीहरू तीस र चालीस दशकका हुन्, जसले सच्चा भावले कला, संस्कृति र देशको भाषाको भव्यतापूर्वक सेवा गरे। ताली, ताली अनि केही मिनेट गुन्जिएर अनन्तमा हराउने ताली।
त्यस्तै तालीका माझ आएका थिए, तीस दशकका कलाकारहरू।
दुई फलकमा उभिएको समय थियो। राणाकालको जस्तो बक्सिस र आशीर्वादको समय पनि थिएन वा दरबारका नानीहरूबाट हिरा दान पाएर हिरो बन्ने समय पनि थिएन। कुनै नाद, नारा वा ब्रह्मले कुनै पार्टीको भजन गाएर महान् बन्ने समय पनि थिएन। राष्ट्रियस्तरमा सरकारले नाचघर र प्रज्ञा भवन बनाएर केही कलाकारलाई जागिरे बनाएर ब्याक टु पेविलियन बनाइसकेको थियो भने, नन–जागिरेको कथाकालको समय थियो।
पाउनुको नाममा आश्वासन, सुन्नुको नाममा भाषण र देख्नुको नाममा पञ्चायती कुशासनबाहेक नन–जागिरे कलाकारको अर्को जिन्दगी थिएन।
रंगमञ्चबाट फ्रस्ट्रेट भएर वा समाजले मलाई के दियो म अब अमेरिका जान्छु भनेर आत्मघाती गोल गर्नका लागि कुनै काँचको पर्दा पनि थिएन। वा, त्यस्तो कुरा सुनिदिने, सुनेर सहानभूति राख्ने कुनै च्यारिटेबल द्वार पनि थिएन। कलाकार आजजस्तो सेलिब्रिटी वा आइकन भइसकेको मननीय समय पनि थिएन।
यी सबका बाबजुत जनताको स्याबास पाइरहे, त्यस बेलाका कलाकारले। त्यसैको बलमा समाजमा उच्चाकर्षण बनाए। भनिन्छ, इतिहास जित्नेहरूको घोडा हो।
हेनरी फोन्डाको यो महावाणीको ठिक विपरीत भए, इतिहासका यी विजयी पात्र र त्यो विजीत समय। ती जितेर पनि इतिहास नभएका नामहीन पात्र भए।
तीसको दशक त्यसैको उदाहरण हो। आज इतिहास त्यहीँनेर गएर निशब्द र आकारहीन भइदिन्छ। त्यही समय हो, गाउनेहरू स्टार र अभिनय गर्नेहरू नौटंकी भएको।
समालोचकको दृष्टिमा त्यो कालखण्ड एउटा ब्ल्याक पिरियड नै होला तर आजको ताजमहलको जगमा त्यो समय कालो ढुंगा फलाम भएर गाडिएको सत्य हो।
नेपाली रंगमञ्चको पद, प्रहर र पर्वतलाई बदल्ने त्यो समयका सारथि एउटा जुलुसको रूपमा आउन नसके पनि नेपालका विभिन्न जिल्लाबाट विभिन्न ब्यानरमा आएका थिए भने दार्जीलिङले त्यसलाई बृहत् सम्बोधन गरेको थियो।
दाजिलिङबाट मनबहादुर मुखियाको 'अनि देवराली रुन्छ', प्रताप सुब्बाको 'रातको प्रथम प्रहर'ले काठमान्डूको पर्दालाई च्यातच्युत पारेर खोलिदिएको थियो भने प्रज्ञा प्रतिष्ठानले त्यही पर्दाको टुक्राटुक्रा जोडेर बनाएको थियो अर्को इतिहास– 'फर्केर हेर्दा' र 'जब घाम लाग्छ' नाटकको।
काठमान्डू उपत्यकाको डबली, जो असली रूपमा दबलीको कन्सेप्टमा अवतरित भएको थियो। त्यसले एकसेएक कलाकार दिएका थिए– नगेन्द्र हाडा, मास्टर केशव मानन्धर, गोविन्द चिकमूँ, गणेशप्रसाद श्रेष्ठ, दुर्गालाल ख्वबिलू, दुर्गालाल किशोर, मचाकाजी मानन्धर, गणेश सायमी, श्रीकृष्ण अणु, पद्मरत्न तुलाधर, गुप्त सेन, राजपाल थापा, भोला थापा, सुषमा शाही, हिमालय लोहनी, मनुजबाबु मिश्र, गणेश मुनाल, सुभद्रा अधिकारी, शकुन्तला गुरुङ आदि। जसका पछाडि कैयौं नाम गुम छन्। र, यिनकै औंला समाएर पछि आएका केही नाम मदनदास श्रेष्ठ, रवि शाह, महेश थापा, कृष्ण मल्ल आदि आदि पनि।
हिमालय लोहनीजस्ता शान्त स्थिर पात्रले नेपाली रंगमञ्चलाई नीर शाहजस्ता कलाकार दिए भने भृगुराम श्रेष्ठ वा नगेन्द्र हाडाजस्ता साधकले मदनकृष्ण श्रेष्ठलाई हिँड्ने बाटोमा उभ्याइदिए र भने, 'यो तेरो समय हो।'
मदनकृष्णसित सायद यही कारण हरिवंश आचार्य जोडिँदै गए।
काठमान्डूको रंगमञ्चलाई पारसी थिएटरको मखुण्डोबाट उतारेर नयाँ ढाल र ढाँचाको नाटक दिने क्रममा दार्जिलिङबाट आएको मुखियाको नाटकले नेपाली दर्शकलाई टिकट ब्ल्याक गर्न पनि सिकाए। यो सम्भवतः नेपालकै रंगकर्मको इतिहासमा एउटा अलौकिक कथा हो, जुन कहिले दोहोरिएन।
त्यो समय दर्शक पानीको धारामा लाइन बस्ने समय र डिडिसीको दूधमा लाइन बस्ने समयलाई कटौती गरेर राति तीन बजे महेन्द्र पुलिसको आँगनमा टिकटको लाइन बस्न गएको इतिहास फेरि दोहोरिएन। क्रान्ति यसैलाई भनिन्छ, सायद। र, यो ती नै महान् कलाकारको सहादतले ल्याएको सम्मानित समय थियो।
असमबाट यही समय जुद्धवीर राना र उनका साथमा हरिहर शर्मा देखिए। शर्मालाई पछि नेपाली रंगमञ्चले एक दीपाधारको रूपमा पाए। दुर्गालाल श्रेष्ठको रामबहादुरको संसार नाटकपछि यिनको र दोलखा चरिकोटबाट आएका मदनदास श्रेष्ठको सम्भावना कहिल्यै कम भएन। यिनकै समकालीनका रूपमा नुवाकोट नर्जा गणेस्थानबाट आएका जितेन्द्र महत अभिलाषीलाई रेडियो दर्शकले सुनेर चिन्न थाले, अभिनेत्री सुशीला केसीका साथमा।
त्यति बेला न आजजस्तो अखबार थियो न दान दाताको समय। नेपालमा रहेका भारतीय राजदूतावास, नर्वेजियन, डेनिस, वा अमेरिकन राजदूतावासलाई नेपाली रंगकर्म र यसैको वैधानिकतामाथि चासै थिएन। नेपाली रंगमञ्चको प्रार्थना त केवल दर्शकसित मात्र थियो– नेपालीले लेखेको नाटक हेर। नेपाली भाषा बोल। नेपाली पात्रलाई चिन।
पोखरामा काले भाले, भूपी शेरचन, चेतन कार्की, प्रज्ञारत्न बज्राचार्य, कुलदीप शेरचन, आशा थापा, रत्ना परियार, कर्मा गुरुङ, हिन्दूमाया गुरुङ, नीलशोभा गुरुङ, विष्णु शेरचन, शम्भु कार्की, विश्व शाक्य, सूर्यरत्न शाक्य आदि देखिए भने यिनका पछि भक्त श्रेष्ठ, अर्जुनजंग शाही, दुर्गा शेरचन उपस्थित भए।
पूर्व विराटनगरबाट चतुर्भुज आशावादी, माया पौडेल, माधव सापकोटा, मकुन्द श्रेष्ठ, कामेश्वर झा देखिए भने बद्री अधिकारीहरू पनि देखा परे। बद्रीले पहिल्याएको बाटोमा सुनील पाखरेल, रमेश बुढाथोकी, मीना श्रेष्ठ, मोहन निरौला पनि सामेल भए।
धनकुटाबाट उपेन्द्र दुःखीका नाटक पर्दामा रूपान्तरित हुन थाले। दुःखीको नाटकले नै अशेष मल्ललाई जन्मदियो। अशेष नै पहिलो रंगकर्मी हुन्, जसले नेपाली रंगमञ्चलाई कलेज क्याम्पसको ढोकाभित्र सम्म पुर्यायएर भने, 'नाटक गरून्, नाटक हेरून्, नाटक देखून्।'
अशेषसित उनको यात्रामा नयाँ पुराना सबै कलाकार समयका सेतु बने। उनका साथमा दीपक जंगम, प्रचण्ड मल्ल, हरिहर शर्मा सल्लाहकारका रूपमा थिए भने गगन विरही, किशोर पहारी, रवीन शर्मा, रेणु केसी, सुनील पोखरेल, लक्ष्मी राना, सूर्यमाला शर्मा आदि वरपर नै थिए। सर्वनाम यसको पछिल्लो पहिचान भयो।
अशेष, भक्त श्रेष्ठ, मनहरि खड्का, मनहरि भण्डारीले सही समयमा मनबहादुर मुखियाको शैली अपनाए, लेखन र निर्देशनको बागडोर एकै हातमा। मुखियाको नाटक र कलाकार तयार पार्ने शैलीमा मनहरि खड्काले एक होनहार कलाकार रवीन्द्र खड्कालाई जन्माए भने रवीन्द्रकै सामीप्यमा मुनिन्द्र रिमाल, सपना प्रधान, परीक्षित ढुंगाना, विनीता भट्टराई, ममता रेग्मी देखा परे भने नेपाली भाषाको नाटक लेखनमा विजय मल्ल र गोविन्द गोठाले शिथिल भएको अवस्थामा खड्काले नै मोहनराज शर्मालाई जेमन्त, वैकुण्ठ एक्सप्रेस, यमा लेख्न लगाए। यिनै नाटकले रवीन्द्रको अभिनेता र रंगमञ्चका नेताका रूपमा फरक परिचय बनाए।
मनहरि खड्काले मोहन ढुंगाना, लेखनाथ सापकोटा, शबनम बज्राचार्य, विकास अमात्य आदिलाई स्टेपिङ स्टोन दिए भने मनबहादुर मुखियाको अनुयायीका रूपमा आएका रघु शाहले तीसकै दशकमा 'क्षितिजका सहिदहरू'मार्फत नेपाली राजनीतिका शीर्षस्थ पुरुष बिपी कोइरालालाई श्रद्धाञ्जली अर्पण गदैै केही नयाँ कलाकार ल्याएर त्यसमध्ये उज्ज्वल घिमिरे र अर्जुन केसी स्मरणीय कलाकार बने।
दार्जिलिङबाट ल्याइएको नाटक 'अनि देवराली रुन्छ' र 'रातको प्रथम प्रहर'का धेरै कलाकारमध्ये किरण ठकुरी, मेनुका प्रधान, नीना प्रधान, पी अर्जुनले पनि त्यति बेला नेपाली मञ्चमा प्रभावशाली युग बनाए। पी अर्जुनका नाटक हाँस्दै जल्नुपर्छ र संयोग वियोग अझै धेरै नाम र अनुहार उज्यालोमा ल्याए। पी अर्जुनकै नाटक आग्रहबाट सुनील खरेल, राजु सिलवाल, शोभा सिंह मञ्चमा देखिए र शोभा सिंहले मञ्चमा चन्द्रमाला शर्मा र उनकी दिदी सूर्यमाला शर्मा नआउन्जेलसम्म ठाउँ बनाइरहिन्। शोभा हरेक किसिमका भूमिका चुनौतीपूर्वक निर्वाह गर्न सक्ने नेपाली रंगमञ्चकी एक अद्वितीय कलाकार हुन्। आज उनको नाम निशान छैन।
तीसको दशकको अन्त्यमा प्रभावशाली अभिनेता सुनील खरेलले रंगमञ्चमा नयाँ समूह अड ग्रुप स्थापना गरेर आघातजस्तो नाटक गरे। पार्श्व गायनमा नारायणगोपाल र अरुणा लामाका गीत रेकर्ड गराए। यो नाटकमा यस्तो किसिमको पहिलो घटना थियो। यसपछि यिनले रंगमञ्च त्यागे। र, यही समय अर्का अभिनेता सुनील पोखरेल अध्ययनका लागि दिल्लीतर्फ लागे र लामो समय उनी अनुपस्थित रहे। सुनील राष्ट्रिय नाट्य विद्यालय पढ्न जाँदा त्यसै स्कुलका उत्पादन तीर्थ शेरचन यहाँ रंगमञ्चको पार्श्व भागमा सक्रिय नाम थिए भने सुनीलका अग्रज अभय उपाध्यायले पनि रंगमञ्च छोडिसकेका थिए । यी तीनै जना त्यस समय राष्ट्रिय नाट्य विद्यालयका उत्पादन थिए।
यसै समय नेेपालको रंगमञ्चमा नाटकमार्फत शिव श्रेष्ठ, अर्जुनजंग शाही, विजय लामा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पोखरेल, सुवर्ण क्षेत्री सक्रिय थिए र यिनले विस्तारै फिल्मका निम्ति आफूलाई मञ्चबाट अलग्याए।
नेपाली रंगमञ्चको यो स्वर्णकालमा पद्मरत्न तुलाधर, वासु शशी, अशेष मल्ल, सरुभक्त, प्रकाश सायमी, मोहन निरौला, मनहरि भण्डारी, प्रद्युम्न चालिसे, विकास अमात्य, विकास बम्जन नाटक लेख्थे भने हिन्दीका चलेका नाटककार विजय तेन्डुलकर, अनिल बर्वे, सुशीलकुमार सिंह, रमेश मेहता, बादल सरकार आदिका नाटक अनुवाद हुन्थे।
पहिलोपटक नेपालमा जर्मनेली नाटककार बर्टोल्ट बे्रख्तको नाटक नेपालीमा अनुवाद भएर अरू बाँकी नै के छ र? नामबाट गोयथे इन्स्टिच्युटमा मञ्चन भएको थियो। ब्रेख्त मञ्चन भएको यो नै पहिलो इतिहास थियो भने पछिल्लोपटक होटल बज्रको स्टुडियो सेभेनले ब्रेख्तको थ्री पेनी अपेरा पनि प्रस्तुत गरेको थियो।
काठमान्डूको रंगमञ्चलाई समृद्ध बनाउने परम्परामा त्यति बेला गोदावरी एलुम्नाई एसोसियसनले लघु नाट्य महोत्सवअन्तर्गत ह्याम्स् शिल्ड आयोजना गर्ने गर्थ्यो भने यसै समय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने नाटक महोत्सवले पनि रंगमञ्चलाई पुनर्ताजगीमा ल्याएको थियो।
नेपाली नाट्य परम्परालाई सघाउनमा त्यस बेला नेवारभाषी रंगमञ्चबाट धेरै रंगकर्मी र लेखकले प्रशस्त योगदान पुर्यााएको पाइन्छ। युनाइटेड आर्टिस्ट ग्रुप, रंगकर्मी जमात, रंगस्रष्टा, आरोहण, जेनाप परिवार, डाँफे कला सेन्टर, भानु कला केन्द्र, सहलह, नेपाल थिएटर आदिको महŒवपूर्ण योगदानले नेपाली रंगमञ्च एउटा उकालो चढेको बुझिन्छ।
गायक नारायण गोपालले आफू सांस्कृतिक संस्थानका महाप्रबन्धक भएका बेला मनबहादुर मुखियाको नाटक क्रसमा टाँगिएको जिन्दगीलाई हरिप्रसाद रिमालको निर्देशनमा मञ्चन गराएर निकै ठूलो आर्थिक लाभ गरेका थिए। जसमा महेश थापा, सुषमा शाही, दीपा न्यौपाने, गौतमरत्न तुलाधर, लोकमणि सापकोटा जस्ता सिद्धहस्त कलाकारलाई नयाँ नाम दिएका थिए भने वासु शशिलाई पुनः सबथोक गर्नुपर्छ जस्तो नाटक लेखाएर जगाएका थिए। नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा नाचघर नाटकको वहार ल्याउने संस्थाको रूपमा परिचित भयो भने यस समय रंगकर्मी हरिप्रसाद रिमालले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सुभद्रा अधिकारी, कृष्णा प्रधान, रवि शाहजस्ता कलाकारलाई पुनर्जीवन दिए भन्न सकिन्छ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले नाट्य विभाग गठन गरेर नाट्य योजकका रूपमा हरिहर शर्मालाई नियुक्त गरे पनि प्रज्ञा परिसरभित्र गीति नाटक र नाटक लेख्ने दुई स्रष्टाबीचको द्वन्द्वले नाटक कम मञ्चन हुन्थ्यो। नाटककै मञ्चन गर्ने उद्देश्यले गठित नीर शाह अध्यक्ष रहेको श्री समूहले इतिहासको कालो पाना मञ्चन गर्न नसके पनि बन्दिनुस्नत र अँध्यारो उज्यालोबाट आफ्नो साख बचाएको थियो भने दीपक क्षेत्री, सोमनाथ भट्टराई सम्मिलित युनाइटेड आर्टिस्टले युद्धरत युद्ध र विपीन, ब्रश, इजल र क्यानभासजस्ता नाटक मञ्चन गरेर युग परिवर्तन गरेको थियो।
नाटक मञ्चन भए पनि यसको समीक्षा छाप्ने पत्रिका कम भए पनि रंग समीक्षकमा दुर्गानाथ शर्मा, शरच्चन्द्र वस्ती, सुमित्रा राई, गोपाल चित्रकारको योगदान अविस्मरणीय मान्न सकिन्छ।
नेपाल रंगमञ्चलाई विज्ञापन र फोटोका कारण अलि स्पष्ट पहिचान दिने क्रममा मेकअप म्यान शाम्भा पाटिल, इन्द्रभक्त श्रेष्ठ, कृष्णरत्न कंसाकार, फोटोग्राफर गौरीशंकर धुजू, विनय श्रेष्ठ, अनि रेकर्डिस्ट यादव खरेल, कृष्णराम मुल्मी, प्रकाश परिचालक रामलाल श्रेष्ठको कामयाबी इतिहास यथावत छ।
इतिहासमा २०३० देखि ०४० का बीच मञ्चन भएका कैयौं नाटक र मञ्चीय प्रस्तुतिका कारण ०४६ सालको जनआन्दोलनका बेला कलाकार साहसिक पहिचान बोकेर चैत्र ३ गतेका कालो पट्टीमा सरिक भए। तिनै कलाकारले नारायणहिटी दरबाररित फर्केर मुखमा कालो पट्टी बाँधेर तानाशाही सरकारको वाक स्वतन्त्रताको विरोध गरेका थिए। ०४६ चैत्र ३ को आन्दोलनले शान्त हिमाली राज्यको क्रन्दनलाई अन्तर्राष्ट्रिय समाचारमा पुर्या६एको थियो।
०४६ र ०६३ को आन्दोलनपछि नेपाली राजनीतिको पर्दा र पटांगिनीमा अनेक परिवर्तन भए र स्वतः नेपाली नाट्यकर्म पनि कम दर्शक भएका सानो हलमा खुम्चिँदै गयो। अनि खुल्ला बजार नीतिजस्तै व्यापक रूपमा विदेशी नाटक मञ्चन र प्रदर्शन हुन थाले। मुलुकभित्रैका लेखकले कम लेख्न थाले। वा, नेपालमा नाटककार भन्ने डेजिनेसन एक लुप्तप्रायः प्राणीजस्तै भएर गयो। नाटकमा यत्रो परिवर्तन आए पनि ती दीपाधारलाई नेपाली रंगमञ्चले आज आकर्षित गर्न सकेको छैन। ती नाट्यकर्मी फर्केर मञ्चमा आउन प्रेरित भएका छैनन्।
के यो सत्ता हस्तान्तरणजस्तै चीरहरणको दृश्य नै हो त? के मनबहादुर मुखिया, पी अर्जुन, गणेश सायमी, श्रीकृष्ण अणु, भोला थापा, भृगुराम श्रेष्ठले नेपाली रंगमञ्चलाई कन्ट्र्याक्टमा मात्र काम गरेका हुन् त?

Friday, 8 December 2017
Devkota by Prakash Sayami
देवकोटाः महान वा गरीब ?
प्रकाश सायमी, (सैंबु, ललितपुर)
प्रकाश सायमी, (सैंबु, ललितपुर)
गुरुजी, देवकोटाको तुलना भारतका कुन कविसँग हुन्छ ?
जवाफमा गुरुजीले भने देवकोटाको तुलना भारतका तीन महान् कवि सुमित्रानन्दन पन्त, जयशंकर प्रशाद र निरालासित हुन्छ ।
राहुल सांस्कृत्यायनको यो प्रतिउत्तर सुन्दा भावुकताको चरमजस्तो लाग्छ । तर उनले अत्यन्त सम्मानका साथ यो उत्तर सुधीजनहरुका माझ दिएको प्रख्य इतिहास छ ।
नेपाल र भारतको तुलना गर्दा देवकोटाको तुलना सदैव भारतका तीन महान हस्ती पन्त, निराला र प्रसादसँग गरेको पाइन्छ । भारतका महाकवि सुमित्रानन्दन पन्तले भारतवर्षका महान् एघार नक्षत्रमा नेपालका महाकवि देवकोटाको नाउँ पनि गर्वका साथ जोडेर उनले उत्तर दिएकाछन् । उत्तरका क्रममा उनले नागार्जुन, रमण महर्षि, शंकर, गोरखनाथ, जे कृष्णमूर्ति र बुद्धका समतुल्य देवकोटा मानेकाछन् । तर नेपालीले देवकोटालाई दरिद्र कवि, दुःखी कवि र अव्यवहारिक प्राणी भन्दा अर्को संज्ञाबाट सम्बोधन गरेको कमै पाइन्छ ।
नेपालका महाकवि देवकोटालाई नेपाल र नेपालीले चिन्न नसकेको होइन । चिनेको तर परबाट अस्पष्ट रुपमा चिनेको र देखेको बुझिन्छ । उनले जीवन र जगतलाई आफ्नो दर्शन ज्ञान र आकर्षणले भोगेका छन् । देवकोटालाई कसैले कवि, कसैले दार्शनिक, कसैले उपन्यासकार, कसैले निबन्धकार, कसैले कथाकारका रुपमा पाएकाछन् । तर उनको समग्र स्वरुप एक गुरु वा एक चिन्तकका रुपमा हेरिनु जरुरी छ । उनी त्यससमयमा जन्मिए जतिबेला भारत र नेपालजस्ता मुलुक आफैंभित्र एउटा जटिल लडाइँ लड्दै थिए त्यो लडाइँको पहिलो धार हो जनजनमा आत्मजागरण जगाउनु । अनि राष्ट्र जागरणको भाव स्वतः मन मनमा फैलिन्छ यसको प्रत्यक्ष प्रभाव थियो देवकोटाको सुन्दर, शान्त, विशाल नेपालको परिकल्पना र विश्वकवि रबीन्द्रनाथ ठाकुरको जनगण मन ।
यी दुवै कविका विचार र विश्वासमा एउटा समानता के थियो भने पाठकप्रतिको जिम्मेवारी अनि चेतनशीलताको बोध ।
विश्वकवि रबीन्द्र ठाकुरले अँग्रेजको घनघोर विरोध गरे तापनि उनको अँग्रेजी भाषाको अध्ययन सामान्य मान्छेको भन्दा उच्च् र उम्दा थियो नेपालका महाकवि देवकोटाको क्षमता पनि त्यस्तै थियो उनले पश्चिमाजगतका होनहार कविलाई पानीजस्तै पिएकाथिए र त उनी आफ्नो रचनाको भावभूमिमा विश्वका ठूल्ठूला लेखकलाई पात्र बनाएर माचस्थ गर्थे । विश्वकवि रबीन्द्रनाथ ठाकुरलाई अत्यन्त सम्मान गर्ने महाकवि देवकोटाले आफ्नो अध्ययन कक्षमा रबिबाबुको फोटो कृष्ण भगवानसँगै सजाएर राखेकाथिए । उनी कविलाई भगवानजत्तिकै माया गर्थे भन्ने उनको सम्मान दृष्टिबाट अभिमिाचत हुन्छ ।
देवकोटाले आफ्ना समयका सबै महान् स्रष्टालाई पढ्न बुझ्न र लेख्न भ्याए । यसको कारण हो उनको रुचिसम्पन्न स्वभाव । उनी त्यस समयका महान् महान् स्रष्टासाथ देश विदेशमा सँगै र एउटै आरेखमा उभिएर बोल्न पाएका थिए । त्यो अवसरको उनले भरपूर प्रयोग गरेर समय समाज र संस्कारको विकास गरॆको सत्य हो । उनी राणाशासनका वेला दरबारबाट बोलाइएर ट्यूशन पढाउने पाउने आकर्षक शिक्षक थिए । उनको माग थियो । उनी त्यो समय एक साहित्यकारका रुपमा भारत रुस आदि मुलुक घुम्न पाउने र घुमेर त्यसको लाभ लिन सक्ने एक सम्मानित स्रष्टा थिए । उनी आफ्नो समयका शक्तिशाली लेखक बालकृष्ण सम बीपी कोइरालाजस्ता स्रष्टासित पनि समन्वय राख्न सक्ने र प्रतिस्पर्धा गर्न सक्ने साधक थिए । उनी एक शिक्षित परिवारका सन्तान भएकाले पनि उनलाई कुनै ठाउँ परिस्थिति र प्रवृत्तिमा झुक्न परेन ।
उदाहरणका लागि उनले धनी र कुलीन परिवारका लेखक समले जत्तिकै सम्मान पाए ।
राजनीतिक रुपले शक्तिशाली लेखक बीपी कोइराला र मबीवि शाहजस्ता स्रष्टाका सामु पनि उनको अन्तर्राष्ट्रिय जगतमा सदैव सम्मान भयो । उनलाई पश्चिमका एकेक कविले त्यतिकै अनुभूतिका साथ पढे र चर्चित बनाए ।
महाकवि देवकोटाको रुचिको कुरा गर्दा उनले घुम्न चाहेका सानोभन्दा सानो ठाउँ पनि मन लगाएर घुमेका वा पुगेका छन् । त्यो चाहे उनको बुढो मावली झिल्टुँग होस् वा भारतको पहाडी राज्य दार्जीलिङ । दार्जीलिङको टाइगर हिललाई त उनले माया गरेर बाघचूली नाम नै राखिदिएका छन् यो उनको सौम्यिक चरित्र हो । भ्रमणका शौखिन देवकोटा आफूमात्र होइन आफूलाई मनपरेका मान्छेलाई समेत लिएर भ्रमणमा निस्किन्थे । त्यसको सामान्य उदाहरण हो उनको भारतको आगराको भ्रमण । उनले आगरा जाँदा माधवप्रसाद घिमिरे शङ्कर लामिछाने र श्रीप्रकाश घिमिरेलाई पनि लिएर गएका थिए । आफ्ना अनुज आफ्ना शिष्य आफ्ना पि्रयजनलाई पनि त्यतिकै प्रेम गर्ने महाकवि देवकोटा इतिहास कला र राजनीतिका पारखी थिए उनले त्यही ज्ञानले प्रेरित भएर मित्रहरुलाई ताजमहल देखाउन लगेको इतिहास छ । ताजमहल देखाएका मात्र होइन ताजमहल देखाउन जाँदा उनले ताजमहलमाथि कविता लेखेर चर्चा पाउने कवि एवं शायर साहिर लुधिायनवीका कविता अन्तस्थबाट सुनाएका थिए ।
हिन्दी नेवारी अँग्रेजी भाषाका विज्ञ मानिने देवकोटाले उन्नाइँसौ शताब्दीमा आएका नयाँ नयाँ विधासित परिचित भएर सहकार्य गरेका छन् । उनले त्यतिवेलाको लोकपि्रय विधा मानिने नाटकलाई पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाए र त्यसैको परिणामस्वरुप डिल्लीबजारका युवालाई लिएर नाटकको निर्देशन पनि गरे । त्यही नाटकको निर्देशनका क्रममा उनले त्यतिवेलाका अभिनेता हरिप्रसाद रिमाललाई डिल्लीबजारको हिरो नाम राखिदिएका थिए । र उनी युवालाई आकर्षण दिन फिल्मीभाषामा हिरोको संज्ञा दिन्थे ।
युवाहरुका माझ सदैव लोकपि्रय देवकोटाले युवा पुस्तालाई पुस्तकको संसारतिर सदैव आकर्षित गरे । अर्नेस्ट हेमिङ्वेले पुस्तकजस्तो इमान्दार साथी तिमीले कोही भेट्दैनौ भने जस्तै महाकवि देवकोटाले सदैव पुस्तक र पुस्तकालयप्रति मानवमनलाई खिँचिरहे । जसको उदाहरण हो नेपालमा भारतीय सरकारको लगानीमा नेपाल भारत सांस्कृतिक पुस्तकालय खुल्दा उनले त्यहु लाइब्रेरियन भएका शंकर लामिछानेलाई सदस्यको संख्या बढाउन प्रशस्त सहयोग गरेका थिए । देवकोटाकै सहयोगमा त्यतिवेलाका युवा तेजेश्वरबाबु ग्वँगः जस्ता युवक त्यस पुस्तकालयको सदस्य भएका थिए । र उनले आज पर्यन्त उनको त्यो गुणलाई प्रेरणाको रुपमा लिएका छन् । यही प्रेरणाका कारण उनी सदैव युवामाझ उच्चाकर्षणका पात्र थिए ।
उनले सदैव युवालाई नयाँ नयाँ विधालाई मानवोच्चित सम्मान दिए । उनले युवाजगतलाई भ्रमबाट मुक्त हुन अनि सार्थक स्वप्नको दुनियाबाट विाचत हुन निर्देशन दिए । जब उनलाई युवा लेखक र उनकै विद्यार्थी शङ्कर लामिछानेले मार्ग निर्देशनको निम्ति सल्लाह माग्न गए उनले स्पष्ट भने " रिपिटेशन अन् दि सेम लाइन ह्याज नेा मिनीग । म लागेको बाटोमा तिमी आउने हो भने नआउनू ।"
यसैको परिणाम स्वरुप उनले नेपाली गीत सङ्गीतका निम्ति पनि युवाका चासो निम्ति गीत रचना गरे र युवालाई हौसला पनि दिए । आफ्ना मित्र आशागोपाल गुरुवचार्यका छोरा नारायणगोपाललाई उनले सदैव सुगम सङ्गीतको विकासमा र त्यसको रचनात्मक संरक्षणमा अगि बढ्न सल्लाह र सुझाव दिए ।त्यही प्रेरणाले गायक सङगीतकार नारायणगोपालले कवितका गीत कविका कवितालाई सँगीत गरे गाए । र स्वयम् नारायणगोपालले पनि आफ्नो एक निबन्धमा सो विषयमा लेखेकाछन् यदि देवकोटा बाँचेका भए भनेर । त्यो निबन्धमा स्वरसम्राट नारायणगोपालले रुचिसम्पन्न कवि देवकोटाको विचारको उच्चता र वैभवको उच्चभावले प्रशंसा गरेकाछन् । देवकोटाको व्यक्तित्वबाट प्रभावित भएर नारायणगोपालले महाकविको कालजयी कृति सगरभरि छाति चिरी लाई गीत बनाएर गाए । देवकोटालाई हृदयतः मनन गरे ।
नारायणगोपालले आफू चेतनाले सम्पन्न भइसकेपछि महाकविको गीति नाटक मुनामदन लाई सबभन्दा सुन्दरतापूर्वक सँगीत गरेर सजाए जसका कारण देवकोटा फेरि जन्मे फेरि अर्को आयु पाए । यो देवकोटाको युवाप्रति युवापनको सँगीतप्रतिको परिणाम हो । उनले जीवनलाई चिनेका थिए जानेका थिए ।
नारायणगोपाल मात्र होइन देवकोटा सङ्गीतप्रवीण नरराज ढकाललाई पनि अति माया गर्थे ।
शास्त्रीय सँगीतका ज्ञाता नरराज ढकाललाई उनले सुयोग्य सम्झेर आफ्नी भााजी बधुको रुपमा दिन सहर्ष स्वीकार गरे र उनले सङ्गीतका अनुसेवी ढकालको उत्तरोत्तर भविष्यको सदैव सफलताको कामना गरे । सँगीत प्रवीण नरराज ढकालले सदैव महाकवि देवकोटाको धन दौलत नहेरी व्यक्तिको प्रतिभाबाट प्रभावित भइ महाकविले गरेको यो गुण गाइरहे ।
देवकोटाले नेपाली जनस्थानमा शिक्षाको प्रतिभाको र सामूहिकताको सदैव प्रशंसा गरेकाछन् । उनले साहित्यको अध्ययनमा पाण्डित्याँई नदेखाइ हरेक किसिमको अध्ययनमा जोड दिए त्यो चाहे इलियट होस् वा बैकन । टैगोर होस् वा गालिब । शेक्सपियर होस् वा पल् भेलेरी । उनले सम्मानका साथ पढ्न र पढाउन लगाए । यो नै देवकोटाको बैयक्तिक विशेषताको पहिचान थियो । तर देवकोटाको दुर्भाग्य भनेको समकालिकता हो ।
उनलाई सबभन्दा बढी उनकै समकालीनले चिन्न सकेनन् । उनलाई उनी जन्मेको समाजले गलत व्याख्यातीत गरे । उनी सदैव प्रतिभासम्पन्न भन्दा गरीब र निर्धन भएर बाँचको परिस्थितिकीको चर्चा गरे । यो देवकोटाको जीवनको ठूलो त्रेजेडी मान्न सकिन्छ ।
मनपरेको खान पाउने मनपरेको ठाउँमा घुम्न जाने र त्यस्तो समयमा मनले चाहेजस्तो पढ्न र पढाउन पाउने सौभाग्यशाली व्यक्ति देवकोटालाई बारम्बार नेपाली जनसमाजले सरकारलाई गाली गर्ने बाहना गरीब बनाइरह्यो तर वास्तवमा उनी गरीब चैँ थिएनन् वल्कि उनी त्यससमयका अन्तर्राष्ट्रिय समाजमा समादृत स्रष्टा थिए र विश्वका निम्ति नेपालका सांस्कृतिक राजदूत थिए ।
यो कुरा हाम्रो अर्द्ध बौद्धिक समाजले कहिले र कुनै शर्तमा बुझ्न सकेन ।
विश्वले मानेका र पुजेका महान देवकोटा नेपालका गालिब नेपालका बोर्खेस नेपालका कामू थिए यस कुराको हेक्का हामीलाई सयवर्षपछि पनि भएको छैन ।
सयवर्षपछि पनि हामीले देवकोटालाई उर्दूका महाकवि गालिबलाई जति पनि सम्मान नदिएर क्ष्ाधापूर्वक उनको गरीबी उनको चरुट उनको दयनीयताको व्याख्या गरिरह्यौँ भने सबभन्दा बढी हाम्रो गरीबी झल्किरहनेछ ।
हामी यो गरीबीबाट मुक्त होऔं ।

Wednesday, 11 January 2017
Music and Education by Prakash Sayami
शिक्षामा संगीत र जीवन
प्रकाश सायमी
नयाँ बन्ने चलचित्रमा नायिकाको निम्ति अन्तर्वार्ता दिन आएकी मीनाक्षी आनन्दलाई तत्कालिन शाही नेपाल चलचित्र संस्थानका महाप्रबन्धक उत्तमलाल श्रेष्ठले सँगैको कोठामा रहेका चलचित्रका संवाद लेखक चेतन कार्कीसँग परिचय गराइदिए ।
मीनाक्षीले चेतन कार्कीलाई ‘हाय् !’ भनिन् ।
परिचयको औपचारिकता पछि चेतनले हाँस्दै अंग्रेजीमा सोधे, ‘तिमीले मलाई चिन्यौ मिस आनन्द ? तिमीलाई मैले दश वर्ष अघि सेन्ट मेरिज्मा बायोलोजी पढाएको थिएँ ।’
मीनाक्षीले त्यसपछि जुरुक्क उठेर आफ्ना पुराना गुरुलाई आदरले नमस्ते गरिन् ।
त्यो नमस्तेले मीनाक्षी र चेतन कार्की दुवैलाई गुरु शिष्याको अद्भुत संसारको चक्रमा हुत्याइदियो ।
त्यो भेटघाट पछि मीनाक्षीले शाही नेपाल चलचित्र संस्थानका दुई सफल फिल्म सिंदूर र जीवन रेखा मा अभिनय गरिन् । गुरु शिष्याको त्यो सम्बन्ध पछि चलचित्र निर्माण नियन्त्रक र नायिकाको रूपमा बदलियो र त्यही सम्बन्धमा कायम रह्यो ।
लेखक एवम् चलचित्रकर्मी चेतन कार्की कुनै समय जावलाखेलस्थित सेन्ट मेरिज् स्कूलमा विज्ञान पढाउँथे । उनले मीनाक्षी आनन्द जस्तै अन्य धेरै छात्राहरूलाई बायोलोजी पढाए । पछि ‘फिसरी’का हाकिम भएर पोखरा गए । पोखराबाट उनको साहित्यिक, सांस्कृतिक जीवनको उदय हुँदै आयो ।
आज हामी उनलाई नेपाली चलचित्र विश्वास, भुमरी, पहिलो प्रेम का निर्देशकका रूपमा चिन्छौं भने परिवर्तन, कान्छी, मायाप्रीति जस्ता चलचित्रका लेखक र नारायणगोपाल, प्रकाश श्रेष्ठ, विमला राई आदिका स्वरमा रेकर्ड भएका राम्रा गीतका गीतकारका रूपमा पनि सम्झ्न्छौं ।
चेतन कार्कीले पढाएकै समयमा गोपाल योञ्जन सेन्ट मेरिज् स्कूलमा संगीत पढाउँथे ।
नेपाली भाषा, कला र संस्कृतिमा राम्रो चेतना भएका योञ्जन दार्जीलिङमा हुँदा त्यहाँको आर्ट एकेडेमी अफ म्युजिकसित आवद्ध थिए । त्यहाँ उनी अम्बर गुरुङको नेतृत्वमा कलाकार एवम् वाद्यवादकका रूपमा काम गर्थे । आर्ट एकेडेमीमा उनीबाहेक शरण प्रधान, रञ्जित गजमेर, कर्म योञ्जन, शान्ति ठटाल पनि आवद्ध थिए । सो आर्ट एकेडेमी भङ्ग भएपछि शरण प्रधानले दार्जीलिङकै सेन्ट रोबर्टस्मा गणितको शिक्षक भएर काम गरे भने शान्ति ठटाल सिक्किमको गान्तोकतर्फ हान्निइन् ।
तीमध्ये गोपाल योञ्जन गीतकार नगेन्द्र थापाको निम्तामा उच्च शिक्षा अध्ययन गर्न नेपाल आए । यो बीसको दशकको कुरा थियो । यही समयमा हो गोपालले सेन्ट मेरिजमा संगीत पढाएको ।
योञ्जनले सेन्ट मेरिज पछि पद्म कन्या कलेजमा पनि अध्यापन गरे । योञ्जन जस्तै कैयन् संगीतकार, गीतकार एवम् कलाकार शुरूमा आफ्नो प्रतिभा प्रस्फुटनको अरू बाटो नहुन्जेल स्कूल वा कलेजमै पढाउँथे । तर कोही कोहीले भने जीवनभर नै आफ्नो ज्ञान दान गरेर विताएका छन् । त्यसमध्ये गीतकार एवम् नाटककार मनबहादुर मुखिया, कवि एवम् गीतकार भीमदर्शन रोका, गीतकार दुर्गालाल श्रेष्ठ, नाटककार वासु शशी आदि प्रमुख रहे ।
कवि भीमदर्शन रोका र कवि दुर्गालाल श्रेष्ठले पढाएको स्कूल कन्या मन्दिरकी विद्यार्थी डा. गीता सायमी आफ्ना गुरु भीमदर्शन रोकाको पढाइको तारीफ त गर्छिन् नै रोकासरको हस्तलेखनको उनी विशेष प्रशंसक हुन् । उनी भन्छिन्, “रोका सरले कालोपाटीमा लेखेको ह्यान्डराइटिङ फोटो खिचेर ल्याउन मन लाग्थ्यो, त्यतिबेला अहिले जस्तो मोबाइलको चलन भइदिएको भए दिनदिनै उहाँका ह्यान्डराइटिङ खिचेर ल्याउँथें होला ।” हाल त्रिवि शिक्षण अस्पतालको प्याथोलोजी विभागमा कार्यरत चिकित्सक गीता आफ्ना गुरु रोकाको पढाउने शैली अत्यन्त सम्मोहक मान्छिन् र भन्छिन– “त्यस्ता गुरु अहिले कहाँ ?”
डा. गणेश गुरुङ पोखरामा स्कूल पढ्दा आफूलाई गायक नारायणगोपालले पढाएको सम्झ्ना गर्दै भन्छन््, “तर नारायणगोपाल पढाउनमा साह्रै अल्छी लाग्दो भएकोले हामीले उहाँको नाम नै लद्दू सर राखिदिएका थियौं ।” डा. गुरूङको भनाइमा त्यतिवेला नारायणगोपाल र उनकी पत्नी पेमाला विवाह पछि पोखरामा बसेका थिए र दुवैले अंग्रेजी नै पढाउने गरेको उनी सम्झ्न्छन् ।
गायक संगीतकार नारायणगोपालले पोखराको अमरसिंह उच्च माविमा कहिलेकाहीं इतिहास पनि पढाए । काठमाडौंका रैथाने नारायणगोपालले २०२६ मा दार्जीलिङ सिमानाकी पेमाला लादेनसित अन्तरजातीय विवाह गरेपछि पारिवारिक असहमतिका कारण भागेर पोखरा जानु परेको थियो । केही वर्ष पोखरामा पढाएर फर्केपछि नारायणगोपालले सांस्कृतिक संस्थानमा तबलावादकका रूपमा जागीर खाए ।
साहित्यकार पारिजात ललितपुरस्थित मदन स्मारक स्कूलमा पढाउथिन् । सो स्कूलको प्रार्थना गीत पनि उनले लेखेकी थिइन् जसमा श्री पाण्डेले संगीत दिएकी थिइन् । पछि पारिजात सर्लाहीको मलंगवातिर एउटा स्कूलमा शिक्षक भएर गइन् जुन स्कूलमा केही समय कवि एवम् निबन्धकार ईश्वरवल्लभले पनि पढाए । राजनीतिज्ञ रामहरि जोशीले स्थापना गरेको मलंगवाको सो स्कूलमा पढाउने काम गर्दा गर्दै ईश्वरवल्लभ दार्जीलिङको शारदा माध्यमिक विद्यालयमा पुगेका थिए । ईश्वरवल्लभले दार्जीलिङमा पढाएका धेरै विद्यार्थी अहिले नेपाली संगीत जगतका स्वनामधन्य छन् । शरण प्रधान, रञ्जित गजमेर, पिटर जे कार्थक, दिव्य खालिङ त्यसमध्ये केही स्मरणीय नाम हुन् ।
पहिले पहिले दार्जीलिङमा नेपाली र संस्कृत पढाउने शिक्षक नेपालबाट वा बनारसबाट लैजाने चलन थियो । तर, नेपालमा २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि दार्जीलिङबाट नेपालमा शिक्षक झ्किाउने चलन शुरू भएको कुरा बाल विद्यागृहका पूर्व प्रधानाध्यापक अर्जुन गिरी बताउँछन् । गिरी आफ्ना दाजु बसन्त गिरीले ललितपुरको एकान्तकुनास्थित बैकुण्ठ निवासमा स्थापना गरेको अरनिको बोर्डिङ स्कूलमा दार्जीलिङबाट आएका धेरै शिक्षकशिक्षिकाले पढाएको सम्झ्ना गर्छन् । उनी गर्वका साथ भन्छन्, “अरनिको स्कूल त त्यतिवेला संघर्षरत कलाकारको लागि स्टेपिङ स्टोन नै थियो ।”
संगीतकार गोपाल योञ्जन, गायक नवीनकिशोर राई, गायक भक्तराज आचार्य, नृत्यकार देवदत्त ठटाल आदिसित अरनिको स्कूलमै सहकार्य गरेका गिरीका अनुसार कलाकारले पढाएका राजधानीका प्रख्यात स्कूलहरूमा सेन्ट मेरिज्, कान्ति ईश्वरी माध्यमिक विद्यालय, भानुभक्त उच्च मावि, आदर्श विद्या मन्दिर आदि पर्दछन् ।
दार्जीलिङमा गीतकार अगमसिंह गिरी प्रधानाध्यापक रहेको भानुभक्त उच्च माविको नामबाट प्रभावित भएर दार्जीलिङबाटै आएर डीएन प्रधानले स्थापना गरेको पानीपोखरीको भानुभक्त मेमोरियल स्कूलमा बीस र तीसको दशकमा धेरै लामो समयसम्म कलाकारले संगीत र नृत्यजस्तो अलग्गै विषय नपढाए पनि विषयगत कक्षा पनि लिने गरेको कुरा त्यही स्कूलका पूर्व शिक्षक, गायक एवम् संगीतकार शैलेश सिंह बताउँछन् ।
भानुभक्त स्कूलमा गायक शैलेश सिंह बाहेक संगीत पढाउनका निम्ति संगीतकार दीपचन्द्र मोक्तान, नारद हार्तम्छाली, सिके रसाइली आदि आवद्ध थिए ।
नेपाली संगीत जगतमा धेरै नाम चलेका कलाकार, गायकगायिका पढेको भानुभक्त मेमोरियल स्कूलका एक विद्यार्थी हुन्, संगीत नाटक प्रज्ञा प्रतिष्ठानका वर्तमान उपकुलपति शम्भुजीत बास्कोटा । बास्कोटाले भानुभक्त मेमोरियल स्कूलबाटै एसएलसी उत्तीर्ण गरेका हुन् । उनी भन्छन्, “यो स्कूलमा हामीलाई गायक संगीतकार सीके रसाइलीले म्युजिक पढाउनुहुन्थ्यो । उहाँले नै मलाई रेडियो नेपालमा गीत गाउने मौका पनि दिनुभएको थियो । त्यसैले म उहाँलाई अहिले पनि गुरुबा भन्ने गर्छु ।”
रेडियो नेपालमा वाद्यवादकका रूपमा र विशेष रूपमा गितार र मेन्डोलिन बाजाका निम्ति ख्याति कमाएका सीके रसाइलीले गायनमा शम्भुजित बाहेक आजका चर्चित गायक उदीतनारायण झ, रचना जिसी, शान्ति मानन्धर, रत्ना सिंह, अञ्जु सिंहलाई पनि मौका दिएका हुन् ।
एक जना शिक्षकका हिसाबले अलग्गै छवि बनाएका रसाइलीले नेपाली भाषामा बनेका कयौं राम्रा गीतमा धेरै थरी अरू बाजाको अभावमा मेन्डोलिनबाटै विशिष्ट प्रभाव उत्पन्न गरेका छन् । अरुणा लामाको प्रसिद्ध गीत पोहोर साल खुशी फाट्योमा उनले बजाएको मेन्डोलिनले करामत गरेको छ भने प्रेमध्वज प्रधानले गाएको मलमली घुम्टो भित्र बोलको गीतमा उनको गितारको धुन सजावटले अम्बर गुरुङको संगीत र रत्नशमशेर थापाको शब्दमा सुगन्ध थपेको छ ।
भानुभक्त मेमोरियल स्कूलमा मात्र होइन, रेडियो जगतमै “गुरुजी” नामबाट परिचित संगीतकार सीके रसाइली शिलाङबाट नेपाल आएका हुन् । २०१२ सालमा भारतको इलाहावादबाट संगीतमा स्नातक गरेका रसाइली शिलाङमा पनि स्कूलमै पढाउँथे । नेपाली गीति आकाशमा हरिभक्त कटुवालको पहिलो गीत रेकर्ड गराउने श्रेय पाएका रसाइलीले अल इन्डिया रेडियोबाट कटुवालको रचनामा गाएको गीत यसप्रकार छ,
सपनामा आज मैले देखें उनलाई फेरी
मुस्काउँथिन् घरीघरी मलाई मात्र हेरी
संगीतलाई पाश्र्वभूमिमा राखेर शिक्षण पेशा अपनाएका धेरै गायक कलाकारमध्ये सीके रसाइलीका समकालीनमा संगीतकार, गीतकार शरणकुमार प्रधान पनि एक थिए । नेपाली गौरव गर्छ आफ्नै पनमा घमण्ड त होइन है, मान्छे सबै एउटै रगतको विचार किन बेग्लाबेग्लै जस्तो कालजयी गीतका रचनाकार एवम् संगीतकार शरणकुमार प्रधान संगीतजगतमा शरण प्रधान नामबाट चिनिन्छन् । उनले बीसको दशकमा स्थापना गरेको संगम नामक समूहमा उनी बाहेक रञ्जित गजमेर पनि आवद्ध भएका कारण ‘शरण–रञ्जित’ नामबाट यी संगीत गर्थे ।
२००० सालमा दार्जीलिङमा जन्मेका शरण प्रधानलाई टर्नबुल हाईस्कूलमा कवि ईश्वरवल्लभले समेत पढाएका थिए । पछि उनी आफैं पनि विज्ञान र गणितका राम्रा शिक्षक भए । हाल बनारस हिन्दू विश्वविद्यालयमा नेपाली विभागसित आवद्ध डा. दिवाकर प्रधानले गत वैशाख २० गते शरण प्रधानको ४१औं वार्षिक पुण्यतिथिका दिन उनको सम्झ्नामा फेसबूकमा लेखे्, ‘सेन्ट रोबर्टस्मा हामीलाई गणितका किसिम किसिमका सूत्र सुल्झउन सिकाउने शरण प्रधानका गीतले झ्न् धेरै कुरा सिकायो । शरण गुरुबाका कारण नै उनकी पत्नी गायिका अरुणा लामालाई पनि जीवनभर गुरुआमा नै भनियो । दुवै गुरुबा र गुरुआमामा सततः प्रणाम !’
नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पु¥याउने धेरै कला साधकले शिक्षण पेशालाई ‘पार्ट टाइम जब’ मात्र होइन, आराधनाको एक पक्ष मानेका छन् । रेडियो नेपालकी प्रथम गायिका रानूदेवी अधिकारी जीवनभर नै शिक्षाको बीउ छर्दै हिंडिन् । १९९३ साल मंसीर ११ गते वीरगञ्जमा जन्मेकी अधिकारी २००७ सालको क्रान्तिको समयमा प्रजातान्त्रिक रेडियो नेपालबाट “आज देशको क्रान्तियुद्धमा हाम्रो एक प्रकाश होस्, लड्दा लड्दै मरे मरौंला यो एउटा नारा होस्” गाएर आन्दोलनमा होमिएकी थिइन् ।
जुनेली राज हजुर गम्किन्छ बास हजुर, चरी भुर्र उडी घरमा मेरो जा, मेरो मुटुको माझ्मा जस्ता गीत गाएर ख्याति कमाएकी रानूदेवीले २०२३ सालपछि गायनलाई निरन्तरता दिन नपाए पनि शिक्षण पेशामा उनी जीवनभर लागिन् । तीर्थप्रसाद अधिकारीसित विवाह गरेर विराटनगर गएपछि रानूदेवीले विराटनगरको आदर्श बालिका विद्यालयमा पढाउन थालेकी थिइन् । तारिणीप्रसाद कोइराला, हियालाल मण्डल, कालूरामको प्रेरणाले संगीतमा लागेकी गायिका रानूदेवी आज पनि एक असल गुरुआमाका रूपमा चिनिन्छिन् ।
रानूदेवी प्रजातान्त्रिक रेडियो नेपालमा आवद्ध हुँदा नै रेडियोमा प्रवेश गरेका गायक संगीतकार ज्ञानबहादुर श्रेष्ठ पनि शिक्षण पेशासित जोडिएको एउटा नाउँ हो । हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई गायनमा मौका दिने ज्ञानबहादुर रेडियो नेपालको जागीरे कलाकार भए पनि काठमाडौं उपत्यकाका धेरै स्कूलमा संगीत पढाउँथे ।
गायिका दीपा गहतराजका पिता दलसिंह गहतराजसित पढेका डा. तारानाथ शर्माले गहतराजको जस्तो अंग्रेजी हस्तलेखन अहिलेसम्म कसैको नदेखेको सम्झ्ना गर्छन् । पछि शिक्षण छाडेर प्रहरी सेवामा प्रवेश गरेका दलसिंह गहतराजले शुरूमा संगीत र शिक्षणलाई एक साथ अपनाएका थिए ।
गहतराजकै समयका संगीतकार अम्बर गुरुङले पनि पश्चिम बंगाल सरकारको लोकमनोरञ्जन शाखाको जागीरबाट अलग्गिएपछि कालिम्पोङको डा. ग्राहम्स् होम नामक स्कूलमा संगीत नै पढाएका थिए ।
नेपाली संगीत जगतका धेरै प्रसिद्ध गायक गायिका एवम् संगीतकार अहिले पनि विभिन्न स्कूल कलेजमा अध्यापन गर्ने गर्दछन् । गायिका कुन्ती मोक्तान र उनका पति शिलाबहादुर मोक्तान विवाह गरेर नेपाल आएदेखि स्कूलतिरै पढाउनमा व्यस्त छन् । गायक संगीतकार जंगम लामो समयदेखि पद्मकन्या कलेजमा संगीत नै पढाउँथे । संगीतकार दीपक जंगमकी पत्नी बेनी जंगम रावललाई रत्नराज्य लक्ष्मी कलेजबाट संगीत पढाउने काम शुरु गराएकी थिइन् शास्त्रीय गायिका शकुन्तला प्रधानले ।
पद्मकन्या कलेजमा नेपाली र अमर आदर्श विद्यालयमा अंग्रेजी पढाउँदै आएका मनबहादुर मुखिया दार्जीलिङबाट अनि देउराली रुन्छ नाटक मञ्चन गर्न २०१८ सालमा आफ्नो गुरु अगमसिंह गिरीसँग काठमाडौं आएका थिए । गीत लेखन, संवाद लेखन र अभिनयमा पोख्त मुखियाले अनि देउराली रुन्छ, क्षितिजका शहीदहरू, फेरि इतिहास दोहोरिन्छ जस्ता नाटकको निर्देशन गरेका छन् । एल्मिरा भट्ट अभिनीत क्याक्टस उनको पछिल्लो लेखन र निर्देशनको एउटा सफल नाटक हो, जुन गोदावरी एलुम्नाई एसोसिएसनको ह्याम्स् शिल्ड प्रतियोगितामा सर्वाधिक चर्चित नाटक थियो । अभिनेत्रीका रूपमा रंगमञ्चमा प्रवेश गरेकी मनबहादुर मुखियाकी पत्नी नीना प्रधानले रंगमञ्चपछिको समय अध्यापनमा नै विताइन् ।
नृत्य पढाउन र सिकाउनमा ख्याति कमाएका मृगेन्द्रमान सिंह प्रधानले त पाठ्यपुस्तकका निम्ति नृत्य भन्ने पुस्तक पनि लेखे । मृगेन्द्रमानसिंहकी पत्नी कृष्णा प्रधान पनि एक लोकप्रिय अभिनेत्री एवम् नृत्यांगना हुन् । उनी केही वर्ष अघिसम्म स्कूल र कलेजमा नृत्य नै सिकाउँथिन् । मृगेन्द्रमान जस्तै नृत्य पढाउँदै विद्यालय र कलेजका निम्ति पुस्तक लेख्ने एक अध्येता भैरवबहादुर थापाले पनि धेरै स्कूल कलेजमा नृत्य नै पढाए ।
तीसको दशकपछि नेपालका स्कूल विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विशेष विषय नै शुरू भएपछि कलाकारले गायन, संगीत वा नृत्य पढाउने थप अवसर पाए । त्यसमध्ये गायक भक्तराज, संगीतकार दिव्य खालिङ, गायक ल्हाक्पा शेर्पा, गायिका संगीता प्रधान राना, गायिका शारदा क्षेत्री प्रमुख हुन् । अभिनेत्री मिथिला शर्माले आफ्नी साथी गायिका विमला राईसित विभिन्न स्कूलमा गएर नृत्य सिकाइन् । पूर्ण नेपाली र जयनन्द लामा पनि विभिन्न स्कूलमा संगीत र नृत्य सिकाउँथे ।
संगीतलाई विधिवत् सिकाउनुपर्छ र यो स्कूल तहदेखि नै अध्यापनको विषय हुनुपर्छ भन्ने धारणा राख्ने गीतकार एवम् संगीतकार दिव्य खालिङ महेन्द्र भवन, ज्ञानोदय माविमा संगीत शिक्षण गर्दथे । संगीतकार खालिङले संगीत शिक्षालाई थप आकर्षक तुल्याउन महŒवपूर्ण योगदान पु¥याएका छन् । उनले स्कूलमा बाहेक आफ्ना सहकर्मी चलचित्रकर्मी प्रताप सुब्बासित मिलेर काठमाडौंको बिजुलीबजारमा संगीत, अभिनय र नृत्यको स्कूल डायमन्ड एकेडेमी अफ् पर्फर्मिङ आर्टस् नै खोले ।
दिव्य खालिङ भन्दा एकदशक अघि; २०२१ सालमा नौजनाको डफ्फामा नेपाल पसेका पिटर जे कार्थक दार्जीलिङमा अम्बर गुरुङको टोलीमा गितार बजाउँथे । उनीसित नेपाल पसेका लई ब्यांक्स् र रञ्जित गजमेर भारतको मुम्बई पसे भने अनुराधा कोइराला र उनी मात्र यहाँ टिकेको सम्झ्ना गर्छन् पिटर ।
पिटरले सन् १९७१ देखि पाटन बहुमुखी क्याम्पसमा अंग्रेजी पढाउन थाले । एक शिक्षकका रूपमा आफ्नो नयाँ जीवन नेपालमा शुरू गरेका ती दिन सम्झ्ँदै पिटर भन्छन्, “शुरूमा पाटन क्याम्पसमा अंग्रेजी पढाएँ । र, मैले नै त्यहाँ अंग्रेजी विभाग शुरू गरें । त्यही वर्षको अन्त्यमा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पढाउन शुरू गरें ।” उनी आफूले इन्जिनियरिङ कलेजमा पढाएका केही विद्यार्थीमध्ये साहित्यकार किशोर पहाडी, सञ्चारकर्मी विजयकुमार आदिलाई सम्झ्न्छन् ।
अध्यापनका हिसाबले पढाउन दार्जीलिङबाट नेपाल आउने कवि कलाकार बाहेक नृत्य निर्देशक देवदत्त ठटाल पनि एक प्रमुख पात्र हुन् । नेपालका स्कूलमा विधिवत् रूपमा नृत्य सिकाउने र स्कूलले नृत्य प्रतियोगितामा भाग लिने परम्परा नहुँदा नै देवदत्त ठटाल नेपालमा आएका थिए । उनले लिटिल एञ्जल्स, अमर शिशु माध्यमिक विद्यालयमा नृत्य सिकाए । स्कूलमा नृत्य सिकाउनु अघि उनी परालको आगो नामक चलचित्रमा कोरियोग्राफरका रूपमा आवद्ध थिए । परालको आगो को धेरै चुलबुल नगर बहिनी बोलको गीत स्व. ठटालको विशिष्ट प्रस्तुति मानिन्छ ।
ठटाल नेपाल आउनुभन्दा अघि यहाँका स्कूलमा हास्यकलाकार राजपाल थापा, ध्रुव हाडा, बसन्त श्रेष्ठ आदिले नृत्य सिकाउँथे । राजपाल थापा र हास्यकलाकार ध्रुव हाडा ‘पाल–हाडा’ नामबाट हास्य जोडीका रूपमा विख्यात थिए । ‘पाल–हाडा’कै समयमा मास्टर केशव र गुप्त सेनको जोडी पनि रंगमञ्चमा प्रख्यात थिए । केशव मानन्धर नामबाट कुमारी, जीवनरेखा, जुनी चलचित्रमा अभिनय गर्ने केशवले लामो समय ल्याबोरेटरी स्कूलमा अभिनय र संगीत सिकाए । उनलाई ल्याबोरेटरी स्कूलका पूर्व विद्यार्थीहरू अहिले पनि ‘मास्टर केशव’ नामबाट सम्झ्न्छिन् । मास्टर केशव वाहेक रंगमञ्चमा सक्रिय अन्य कलाकारमा रीताराज गुरुङ, तीर्थ शेरचन, नारायणी प्रधान आदि पनि विद्यालयहरूमा पढाउँथे । भारतको दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयबाट डिप्लोमा गरेर आएका प्रथम विद्यार्थी तीर्थ शेरचनले स्कूलमा नृत्य, अभिनय बाहेक भेषभूषा आदि पढाए । पछि उनी नेपाल प्रज्ञा प्रतिष्ठानको भेषभूषा शाखामा आवद्ध भए । त्यस पछिका प्रवेशीहरू वान्तवा, राजेन गुरुङ, कमल राई आदिले पनि स्कूलमा नृत्य सिकाए भने राजकपूर रनपहेली, श्रीकृष्ण श्रेष्ठ पनि विद्यालय जगतमा ‘डान्सर मास्टर’का रूपमा चर्चित थिए ।
अध्ययन र अध्यापनका दृष्टिले प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, रेडियो नेपालका कलाकार शिक्षकका रूपमा वैतनिक रूपमा आवद्ध हुने चलन भए पनि कैयन् कलाकारले मोफसलमै हुँदा शिक्षण पेशालाई अपनाएर आएको देखिन्छ । त्यसमध्ये गायिका एवम् कथाकार माया ठकुरीले पोखराको गण्डकी बोर्डिङ स्कूलमा अंग्रेजी पढाइन् भने कवि भीमदर्शन रोका पनि पोखरामा ‘रोका सर’का नामबाट प्रसिद्ध थिए । पछि उनले बालाजुको सिद्धार्थ वनस्थलीमा पढाए । पश्चिमाञ्चलमै बसेर संगीत सिकाइरहेका लोक गायक प्रेमदेव गिरी एक चर्चित मादलवादक पनि हुन् । उनले नारायणगोपालका धेरै राम्रा गीतमा वाद्यवादन गरेका छन् भने लोक संगीतको अध्येताको रूपमा उनका आफ्नै योगदान छ ।
पूर्वाञ्चलमा लोक गायक एलपी जोशी, कामेश्वर झ, केवल सुब्बा शिक्षण पेशामा आवद्ध थिए । विराटनगरमा भानु कला केन्द्र स्थापना गर्नमा अतुलनीय योगदान पु¥याउने स्वर्गीय चतुर्भुज आशावादीलाई धेरैले गुरुबाका रूपमा सम्झ्ना गर्छन् ।
नृत्य, संगीत, अभिनय वा गायनका माध्यमबाट नेपालभित्र मात्र होइन नेपालबाहिर पनि अहिले धेरै कलाकारहरू प्रभाव विस्तार गरिरहेका छन् । त्यसमध्ये, चर्चित गायिका सरला गुरुङ, संगीतकार दिनेश सुब्बा र संगीतज्ञ आमोद राई हङकङमा भएका नेपालीका छोराछोरीलाई संगीत पढाउन उतै समर्पित छन् ।
अहिलेका चर्चित संगीतकार राजु सिंह विद्यालयमा संगीत पढाउन व्यस्त छन् भने गायिका लासिमित राई पनि संगीत अध्यापनमै सक्रिय देखिन्छिन् । नयाँ पुस्तामा संगीत सिक्ने र सिकाउने क्रम झ्नै बढ्दो छ । यसलाई अभिमुखीकरण गर्नमा सक्रिय शास्त्रीय गायिका शारदा क्षेत्री र जीवनकुमार राई अहिलेका चर्चित संगीत शिक्षक मानिन्छन् । गायिका संगीता प्रधान राना, प्रदीप बम्जन आदि पनि संगीत अध्यापनमा सक्रिय छन् ।
संगीता राना केही समयदेखि ललितकला क्याम्पसमा संगीत अध्यापन गर्दै आएकी छन् । धनबहादुर गोपाली कलानिधि संगीत विद्यालयमा नयाँ पुस्ता तयार पार्नमा व्यस्त छन् । भारतको भोपालबाट ध्रुपद्को विस्तृत अध्ययन गरेर आएका दुई युवा विशाल भट्टराई र इनोय सान पनि प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकालाई शास्त्रीय संगीत सिकाउन व्यस्त छन् । किराँतेश्वर विद्यालयमार्फत संगीतलाई शिक्षा पद्धतिमा जोड्ने तबला वादक सरिता मिश्र पनि संगीतलाई जीवन र शिक्षासित जोड्नमै लागिपरेकी छन् । रविनदास श्रेष्ठ, श्री केसी, चन्दन श्रेष्ठ, तीर्थराज अधिकारी आदि पनि सिक्ने र सिकाउने कार्यमा सक्रिय छन् ।
पोखरामा स्थापना भएको जोजिजू संगीत विद्यालयबाट अहिले आफैं गुरुकुल शुरू गर्न पुगेका तीर्थराज अधिकारी अर्का आदरणीय संगीत शिक्षक हुन् । पोखरामा अधिकारी भन्दा पहिला विष्णु आचार्य, राम राईले संगीतको विधिवत् शिक्षाको थालनी गरेका हुन् ।
अध्यापनकै क्रममा तराईमा आफ्नो गायन यात्रा शुरू गरेर आएका गुरुदेव कामत पनि अध्यापनमा व्यस्त छन् । गुरुदेव कामतका समकालीन मैथिली गायक नसीबलाला गुप्ता मध्य नेपालमा मैथिल संगीत जाटजटिनीको गायन विकास गराउने महŒवपूर्ण व्यक्ति हुन् । रेडियो नेपालको फूलबारी कार्यक्रममार्फत गायनमा चर्चामा आएका गुप्ताले उदीतनारायण झ जस्ता गायकलाई अघि ल्याउने महŒवपूर्ण योगदान पु¥याए ।
यसअघि रामप्रसाद रायले पनि नेपाली संगीतलाई एक विशिष्टता दिनमा अहम् भूमिका निर्वाह गरेका थिए । संगीतकार एवम् गायक दीपक जंगमका गुरु रामप्रसाद रायको जन्म बारामा भएको हुनाले उनले वीरगञ्जमा एउटा संगीत विद्यालय खोल्न अथक् प्रयास गरे । वि.सं. २००९ मा वीरगञ्जको कीर्ति सिनेमा हलमा बृहत् शास्त्रीय संगीत सम्मेलन आयोजना गरेका राय विसं २०३० सम्म रत्नराज्यलक्ष्मी क्याम्पसका संगीत विभाग प्रमुख पनि रहे । रायको जस्तै रंगराव कादम्बरी, पद्मा कादम्बरीको पनि संगीत शिक्षामा अतुलनीय योगदान छ ।
विसं २०१४ सालदेखि पद्मा कादम्बरी श्री ५ को सरकारको अधिकृत स्तरमा पद्म कन्या क्याम्पसमा संगीत प्राध्यापक भइ सेवा गरिन् भने उनका पति रंगराव कादम्बरीले विस २०२० मा कलानिधि विद्यालयमा प्राचार्य अनि पछि २०२२ देखि २०३० सम्म रत्न राज्यलक्ष्मी क्याम्पसमा त्यसपछि पद्म कन्या क्याम्पसमा संगीत शिक्षक रहे ।
संगीतमा मिथिला संस्कृति र यसको जगेर्ना महत्वपूर्ण पाटोको रुपमा जनकपुर पनि रही आएको छ । जनकपुर मिथिला संस्कृतिको राजधानी भएको हुनाले त्यहाँ हुने विविध किसिमका नाटक, रंगमञ्च गतिविधिमा सरिक हुने कलाकर्मी सुनिल मिश्र, रामनाथ चुहा, मदन ठाकुर आदिलाई प्रशिक्षित गर्ने महेन्द्र मलंगिया र राजेन्द्र विमल दुवै शिक्षकको भूमिकामा लोकप्रिय छन् । जगदम्बाश्रीबाट सम्मानित डा. विमल मिथिलाञ्चलका एक मानिएका गुरु हुन् ।
जनकपुरको जटजटिनी गायन जस्तै पश्चिमाञ्चलको देउडालाई व्यापकता दिनमा धेरैको योगदान छ । नेपाली संगीतमा पश्चिमेली नेपाली लोक संगीतलाई एक विशेष परिशिष्टका रूपमा अघि बढाउन पश्चिमाञ्चलमा प्रेमदेव गिरीको योगदान अपार छ भने देउडा गायक नन्दकृष्ण जोशीको आफ्नै भूमिका छ ।
संगीत र शिक्षाको अन्योन्याश्रित सम्बन्धलाई एक जिम्मेवारीका रूपमा स्वीकार गर्दै अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, संगीत नोटेशन मात्र होइन, नोटेशन मात्र भइदिएको भए यो रुखो विषय हुने थियो । यो जीवनसित जोडिएको उत्साहप्रद विषय हो शिक्षासित संगीतलाई जोड्ने हो भने यो बोझिलो हुने छैन ।
00
Subscribe to:
Posts (Atom)