मह मेरो नजरमा
प्रकाश सायमी, (काठमाण्डौँ)
'मह' नेपालको प्रसिद्ध हास्य समूहको जीवन्त नाम हो । यसको जन्म नेपाल राष्ट्र व्याँकको स्वर्ण महोत्सवको वेला भयो । यही समयकवि कृष्णभूषण बलले अभिनय गरे, नाटककार विजय मल्लले विज्ञापन नाटक लेखे र गायक रुवी जोशीले महको एकीकरणगरिदिए । अर्का हास्य कलाकार राजाराम पौडेलले नामाकरण गरिदिए 'मह' भनेर । महको जन्म हुँदा पंचायतकालको चरम समयथियो । केही साप्ताहिक पत्रिका सरकार र सत्ताको विरोध गर्थे । टेलिभिजन र रेडियोमा यस किसिमको कामको स्वागत हुँदैनथियो ।तर हास्य कलाकारका लागि गाइजात्रा महोत्सव बाहेक अन्यत्र विरोध गर्ने छुट वा अवसर थिएन । केही सामाजिक संघसंस्था रव्यापारिक संस्थाले आयोजना गर्ने साङ्गीतिक कार्यक्रममा महको उपस्थितिले त्यो छुट पाउँदै गएको समय नेपाली जनस्थानमाहास्यव्यँग्यको करामत देखिँदै गयो । र यिनले आफ्नो वैभवलाई ऊर्जाशील बनाए । मह नेपालको पहिलो हास्य जोडी नभए पनियसले अघिल्ला पुस्ता पालहाडा- राजपाल थापा र ध्रुब हाडा अनि गुप्त सेन र मास्टर केशवको जोडीको गरिमालाई छुँदै गयो ।
तीस दशकको पूर्वाद्धमा गायकका रुपमा मंचस्थ हुन आएका मदनकृष्णको सङ्गतले पछि हरिवंश आचार्य पनि गायक भए । यिनकैप्रभावमा यिनले पचासको दशकमा केही गीत पनि गाए चलचित्रका लागि एल्बमका लागि । तर गायन यिनको 'कप अफ टी' बन्नसकेन । गायन बाहेक यी जोडीले संस्था चलाउन संयोजक, पटकथा, लेखक, संवादकार, कथाकार, गीतकार आदिका भूमिका पनिनिर्वाह गरे । निर्देशकका रुपमा महले धेरै नयाँ कलाकारलाई मन्चमा पनि ल्याए । सूर्यमाला शर्मा, मङ्गला प्रधान-अमात्य, किरणकेसी, राजाराम पौडेल, प्रवेश मूल, प्रवेशमान शाक्य आदि ।
महले एक सचेत नागरिकको रुपमा २०४६ साल चैत्र ३ गतेको कालोपट्टी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे भने ६२/६३ कोआन्दोलनमा पत्रकार र नागरिक समाजको दबाबपछि यो जोडी ढिलै पनि सडकमा उत्रिए । यसले यिनको राजनीति चेतना रशक्तिको पहिचानलाई बलशाली त बनायो नै त्यसबाहेक यसको पहिचानलाई परिवर्तित नेपालमा सुरक्षित राख्न सफल नै देखियो।
महले नेपाली समाजमा सफलता संघर्ष र स्थायित्वको सार्थक सङ्केत दिँदै आएको उदाहरण नेपाली समाजको पूँजी हो ।सांस्कृतिक संस्थानबाट नारायणगोपाल गुरुवाचार्यको महाप्रबन्धक कालमा दसैँको मुखमा जागिर खोसिएका हरिवंश आचार्यलेजीवनयापनको लागि राष्ट्र व्याँकमा समेत ग श्रेणीमा काम गर्नु पर्यो भने त्यो जागिरबाट पनि उनले असमयमै हात धुनु पर्यो ।अध्ययनलाई बिचैमा रोकेर जीवनसंघर्षमा उत्रेका हरिवंशले मदनकृष्णको साथ पाएपछि सहजतापूर्वक आफ्नो यात्रा तय गरे भनेकर्मचारी संचय कोष, कृषि सूचना शाखा हुँदै मह संचारसम्म पुगेका मदनकृष्णले पनि हरिवंशको साथ पाएपछि जीवनलाई सेफल्यान्डिङ्ग गरॆको भन्न मिल्छ ।
स्मरणीय कुरा के छ भने जसरी सामाजिक संचेतना भएका मदनले नेवार जातिको भइकन पनि ब्राम्हण परिवारको यशोदासितविवाह गर्ने क्रान्तिकारी चेतना ल्यायो त्यसरी नै ब्राम्हण परिवारमा जन्मेका हरिले नेवारमूलका मदनसित जोडी बनाएपछिनेवारभाषा सिकेर नेवारी नाटक 'किसी न्याइम्ह मदनमान' मा सफलतापूर्वक अभिनय गरेर एउटा सन्देश दिइदिए यसको एउटाकारण के पनि हुन सक्छ भने महको जोडीमा सुरुमा साथ दिने प्रायः व्यक्ति नेवारमूलका थिए - विजय मल्ल, पद्मरत्न तुलाधर, दुर्गालाल श्रेष्ठ, नवीन चित्रकार, नगेन्द्र हाडा, पुष्करलाल श्रेष्ठ, भृगुराम श्रेष्ठ, नारायणगोपाल गुरुवाचार्य आदि । यो जोडीलाईसफल बनाउन असंख्य नेपालीको देन अवश्य छ तर फुटाउन पनि केही नेपालीले महत्वपूर्ण कदम खेलेका थिए । विशाल बजारलेआयोजना गरेको चलचित्र महोत्वसवमा प्रस्तुत गरेको प्रहशन 'ऐना' प्रस्तुत गर्दा झन्डै फुट्ने अवस्थामा पुगिसकेको थियो भनेदोस्रोपटक 'तँ त साह्रै नै बिग्रिस नि बद्रि' बाट पनि त्यो शीत सम्झौता देखिएको थियो तर दुवै अवस्थामा यिनको धैर्यता र यिनकाअग्रजको आशिर्वादले यिनलाई बचायो । यसलाई नेपालको राजनीतिमा देखिने दलबदलु राजनीतिक छविले सिक्नुपर्ने पाठ यहीहो । यसरी यिनले आफ्नो स्थायित्व कायम राख्न सकेकोमा राजनीतिक पार्टीले कम सिके पनि धेरै सुनेको हुनुपर्छ ।
सफलता र स्थायित्वपछि यो जोडीको रुपकथामा आएको दुइटा विवाद सदैव कायम रह्यो । ६२-६३को जनआन्दोलनमा ढिलोउपस्थिति र त्यस आन्दोलनको मध्यमा निर्वाह गरेको चन्दा संकलन जुन इतिहास बन्न पुग्यो भने एनेकपाको पाँचदिने बन्दमाबसन्तपुरको भेलामा यिनको सम्बोधनले ल्याएको माओवादी भर्सेस सुकिलामुकिला शान्ति यात्रा । जसपछि माओवादी नेतादाहालले क्षमा शृङ्खलाको इतिहास बनाए ।
जनतालाई सडकमा उतार्न होस् वा भूकम्प बाढी पीडितलाई सहयोग गर्न महको योगदान महत्वपूर्ण मात्र नभइ अत्यावश्यक थियो। तर यिनको प्रयोग कहिलेकाहिँ अनर्थमा पनि भएको मदनकृष्ण बताउँछन् । नयाँ प्राद्योगिकरण र प्रविधिसित साक्षात्करण गर्नसक्ने यो जोडीले चलचित्र निर्देशन पनि गरेका छन् 'फिलिम' । फिल्मजस्तो गुणगम्भिर विधामा एक चुनौतिका साथ आफ्नो नाउँकोव्यापकताई खुम्च्याउन खोजेकोजस्तो देखिए पनि साठीवर्षे नेपाली फिल्म इतिहासले महलाई पनि ठूला पर्दाका दिग्दर्शककारुपमा पाए ।
आफ्ना गुरु हरिहर शर्माबाट प्रशिक्षित हरिवंश आचार्यलाई हरिप्रसाद रिमालको नाटक 'मसान'मा पण्डितको भूमिकामा र आफ्ना गुरुनगेन्द्र हाडाबाट प्रभावित मदनकृष्णलाई पनि हरिप्रसाद रिमालको 'क्रशमा टाँगिएको जिन्दगी'बाट नयाँ परिचय मिलेको थियो ।यो एउटा दुवैको जिन्दगीको रमाइलो संयोग मान्न सकिन्छ ।
एउटा अर्को संयोग नै मान्नुपर्छ आज नेपाली रंगमंचको इतिहासमा यो अद्धितीय जोडीलाई हास्य व्यँग्य जगतको एउटा माननीयव्यक्तिको नाउँमा स्थापित पुरस्कारबाट सम्मानित गरिँदा नेपाली समाज फेरि एकपटक गौरवान्वित हुनपुगेको छ । जय होस् सकलसमाजको ।